ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली सहसचिवले ३५ हजार नतिरेपछि बाहिर आयो यस्तो रहस्य


एबीसी न्यूज


काठमाडौँ,१४ फागुन । इलामका सन्देश रम्तेल निजी गाडी भाडामा लिएर त्यसमा सेतो प्लेट हाली प्रहरीको स्कर्टिङसमेत लिएर पोखरा आइपुगेका थिए । रम्तेलले बा २ झ १६६३ नम्बर सेतो नम्बर प्लेटको स्कर्पियो प्रयोग गरेका थिए । रातो नम्बर प्लेटको गाडी भाडामा लिएर उनले नक्कली सेतो नम्बर प्लेट टाँसेको पाइएको छ ।

नक्कली सहसचिव घटना भने होेटलको ३५ हजार बिल नतिरेपछि मात्रै सार्वजनिक भयो र उनलाई कास्की प्रहरीले सोमबार पक्राउ गरेको छ । उनी पोखराको लेकसाइडस्थित तेन्जिङ हिलारी होटलमा बसेका थिए ।
सन्देशले राष्ट्रिय बाल अधिकार संरक्षण समिति ‘अध्यक्ष’ को नक्कली कार्ड विभिन्न जिल्लामा सरकारी सुविधा उपभोग गर्दै आएका थिए । होटलको बिल तिर्ने बेलामा पनि रम्तेलले राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयले खातामा हालिदिने भन्दै उम्कन खोजेका थिए । तर, होटल मालिकले प्रहरीलाई खबर गरे र उनी पक्राउ परेका हुन् ।

रम्तेलले आफूलाई राष्ट्रिय बाल अधिकार संरक्षण समिति कार्यालयको ‘अध्यक्ष’ भनेर चिनाउँदै आएका थिए । यो सहसचिवस्तरको पद हो । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार संरक्षण समितिको कार्यालय सिंहदरबार, काठमाडौंको कार्ड भिरेर उनले प्रहरी र जनप्रतिनिधिलाई समेत झुक्याए ।

उनले देखाएको परिचयपत्र पनि नक्कली भएको खुलेको छ । रम्तेलले परिचयपत्र वीरगञ्जमा बनाएका थिए । उनको बयानअनुसार तनहुँमा प्रहरीले स्कर्टिङसमेत गरेको थियो । १०० नम्बरमा फोन हानेर स्कर्टिङको सुविधा लिने गरेको उनले दाबी गरेका छन् । उनी पर्वत, म्याग्दी हुँदै मुस्ताङसम्म पनि पुगेका थिए ।

यतिमात्र होइन, उनले पोखरा महानगरपालिकाबाट १० लिटर इन्धनको कुपनसमेत लिएका थिए । उपमेयर मञ्जुदेवी गुरुङलाई समितिको अध्यक्ष भनेर झुक्याएको र महानगरपालिकाबाट १० लिटर तेलको कुपन लिएर प्रयोग गरेको अनुसन्धानका क्रममा बयान दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

युक्रेन र रुसबीच टर्कीमा वार्ता सम्पन्न, युद्धबन्दी रिहा गर्ने सहमति

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

राष्ट्रपति ट्रम्पको मध्यपूर्व भ्रमण सम्पन्न, भव्य स्वागत र अर्बौं डलरका व्यापारिक सम्झौतामा हस्ताक्षर

काठमाडौंमा तीव्र गतिको हावाहुरी, जनजीवन प्रभावितः तीन जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com