ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारत र पाकिस्तानको युद्धले नेपाललाई पर्ने आर्थिक, राजनीतिक र सामाजिक असर के ? (भिडियोसहित)


एबीसी न्यूज


काठमाडौँ,१४ फागुन ।  भारत र पाकिस्तानबीच विवादको लामो श्रृङ्खला रहेको छ । जम्मु कास्मिर विवादमा भारत पाकिस्तानबीच तीनपटक भीषण लडाईं भैसकेको छ । पछिल्लो समय यी दुइ मुलुकबीच फेरि विवाद बढेको छ ।

हालै भारतको पुलवामामा भएको आतंकवादी आक्रमणमा ४० भारतीय सुरक्षा फौजको मृत्यु भएपछि भारत र पाकिस्तानबीच युद्ध जस्तै अवस्था सिर्जना भएको छ ।

भारतीय अर्धसैनिक बल सीआरपीएफका जवानहरू चढेको गाडीको लस्करमाथि पाकिस्तानसमर्थित जैश–ए–मोहम्मद नामक समूहले आत्मघाती हमलामा गराएको भारतले आरोप लगाएको छ । भारतले सो घटनाका निम्ति पाकिस्तानलाई जिम्मेदार ठहर गर्दै सबैप्रकारको सैन्य कारावहीका लागि सेनालाई स्वतन्त्र छोडिदिएको छ ।


पाकिस्तानी सेनाले पत्रकार सम्मेलनमार्फत हमलामा पाकिस्तानलाई जवरजस्ती मुछेको भन्दै आफुमाथि आक्रमण भए कडा प्रतिकार गर्ने चेतावनी दिएको छ । सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले पुलवामा हमलाले भारतको आन्तरिक सुरक्षा व्यवस्थामाथि प्रश्न चिन्ह उठेको जिकिर गरेका छन् । पाकिस्तान भन्दा सयौं किलोमिटर भारतीय जमिनमा भएको आक्रमणमा पाकिस्तानको कुनै हात नरहेको बरु भारतले नै आफ्नो आन्तरिक सुरक्षा गर्न नसकेको जनरल गफुरले दाबी गरेका छन् ।

दुई आणविक हतियार शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानका सशस्त्र फौज युद्धको तयारी अवस्थामा देखिन्छन् । भारतले पाकिस्तानमाथि पुलवामा आक्रमण गराएको आरोप लगाएपछि दुई मुलुकबीच पहिल्यैदेखि बिग्रेको सम्बन्ध झन खराब बन्दै गएको हो । जम्मु कास्मिरमा यस्ता कयौं साना ठुला हिंसात्मक घटनाहरु भइरहन्छन् । एकले अर्कोलाई दोषारोपण गर्छन् तर स्वतन्त्र छानविन हुने गरेको छैन । छुट्टै मुलुकको रुपमा उदायसँगै यि दुई मुलुकबीच मनोवैज्ञानिक रुपमै द्वन्द्व देखिएको बताउंछन् त्रिभुवन विश्वविद्यालयको नेपाल र एशियाली अनुसन्धान केन्द्र सिनासका कार्यकारी निर्देशक मृगेन्द्रबहादुर कार्की । एक अर्काको विरोधमा आफ्नो राष्ट्रियता मजबुद बनेको मान्दा बारम्बार हिंसात्मक घटनामा वृद्धिभएको बताउंछन् डाक्टर कार्की ।

कुनै समय एउटै देश रहेका भारत र पाकिस्तान सन् १९४७ मा अलगअलग मुलुक बनेका थिए । ७० वर्ष भन्दा अघिदेखि सीमा क्षेत्रमा उच्च सुरक्षा व्यवस्था कायम गरिएको छ । कास्मिरको विषयलाई लिएर त दुई मुलुकबीच तीन पटक युद्ध भैसकेको छ । भारतको राजधानी दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा भएपनि यी दुइ राष्ट्रबीच सिधा हवाइ उडान छैन । सन् १९४७ को अगस्टमा भारतको विभाजनपछि दुईवटा मुलुक बनेको हो भारत र पाकिस्तान । त्यतिखेर करिब १ करोड २० लाख मानिस शरणार्थी भएका थिए । धार्मिक दंगामा करिब ५ लाखदेखि १० लाखको बीचमा मानिसको मृत्यु भएको थियो ।

दशौं हजार महिला अपहरित भए । सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यस्ता घटनालाई यि दुवै मुलुकले आफ्नो निर्वाचनको लागि फन्डाको रुपमा पनि प्रयोग गर्ने गरेका छन् । भारतमा लोकसभाको निर्वाचन नजिकिएकोले निर्वाचन अवधिसम्म यस्तै विवादको स्थिति कायम हुनसक्ने सिनास निर्देशक कार्की बताउंन् ।

भारत र पाकिस्तानले आ–आफ्नो पारमाणविक हतियार बनाएका छन् । एक अर्काले पारमाणविक हतियारको धम्की दिदैँ आफुहरु एकअर्काको प्रतिरोधमा तयार रहेको बारम्बार बताइरहेका छन् । यसरी पारमाणविक हतियार सम्पन्न मुलुक आपसमा युद्धका स्थितिमा रहिरहंदा नेपाल लगायतका दक्षिण एसियाली मुलुकलाई असर पर्ने देखिन्छ ।
लामो विवाद समाधान गरेर शान्ति र मेलमिलापको बाटोमा हिंड्नु भारत र पाकिस्तानका जनताको लागि अत्यावश्यक छ । पछिल्लो पुस्तासम्म बाँकी राख्नेगरी तुष पाल्नु विश्व भुराजनीतिको हिसाबले पनि राम्रो छैन । भारत र पाकिस्तानको विवाद र युद्धले नेपाललाई पनि आर्थिक, राजनीतिक र सामाजिक रुपमा प्रत्यक्ष असर पर्न सक्छ ।

https://www.youtube.com/watch?v=i8Vs3B0ljHg

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

सम्बन्धित

ट्रम्पोनोमिक्स २.० का तीन वटा शैली(भिडियो विश्लेषणसहित)

के हामी व्यापारीहरु नै विना सेटिंग र घुस व्यवसाय गर्न तयार छौं ? कुशकुमार जोशी(भिडियो वार्ता)

अब पनि एमाले र कांग्रेस सरकार लामो समय टिक्ला भन्न सकिने आधार छैन (भिडियोसहित)

दैनिक तीन हजार युवा विदेसिँदै छन्, सरकार के गर्दैछ ? (भिडियो– अप्रेशनविगन्युज)

को को ठेकेदार र व्यापारी संसदमा पुगे ? उनीहरुको कहाँ कहाँ कस्तो लगानी छ ? विशेष खुलासा (भिडियो)

निकै शक्तिशाली र धेरै पदको ओगटेको काँग्रेसले आइतवार दिउँसो १२ बजेपछि कसरी गुमायो सरकार (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com