
काठमाडौं, १० फागुन । माघ २४ गते सवारी दुर्घटनामा परेका प्रदेश नम्बर ५ का सांसद उत्तरकुमार ओलीको उपचारको क्रममा निधन भएको छ । ओलीको काठमाडौंमा उपचार भइरहेको थियो । उनी दाङ क्षेत्र नं. ३ (२) बाट निर्वाचित भएका थिए ।
नेकपाका नेता तथा सांसद ओली चढेको गाडी दाङमा दुर्घटना भएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका ओलीलाई कोहलपुर मेडिकल कलेजमा उपचारको लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याईएको थियो । दुर्घटना भएको १६ दिनसम्म कोमामा रहेका सांसद ओलीलाई शुक्रबार बिहानै मृत घोषणा गरिएको छ ।
यसैबीच दिवंगत प्रदेशसभा सदस्य ओलीलाई अन्तिम श्रद्धान्जली दिनका लागि अहिले बिहान ९ बजेदेखि १० बजेसम्म पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने भएको छ । कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार १० बजेपछि उनको शव आजै गृहजिल्ला दाङ लैजाने तयारी छ ।


















प्रतिक्रिया दिनुहोस्