
काठमाडौँ, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले पृथ्वीनारायण शाहका सेनापति काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गर्नुभएको छ ।
काठमाडौंको दक्षिण पश्चिममा अवस्थित धार्मिक तथा ऐतिहासिक महत्त्वको क्षेत्र दहचोक ईन्द्र दह ,कालुपाँडे समाधिस्थलमा तेस्रो ईन्द्रदह पर्यटन उत्सवको उद्घाटन गर्न पुग्नुभएका प्रधानमन्त्री ओली ले काजी कालु पाँडेको पूर्णकदको शालिक अनावरण गर्नु भएको हो ।
पत्नी राधिकासहित दहचोक पुग्नुभएका प्रधानमन्त्री ओलीले निर्माणाधीन ५ तल्ले भ्यू टावरको समेत अवलोकन गर्नुभएको छ । उहाँले कालु पाँडे समाधिस्थलबाट हिमाल र गोरखा मनकामना क्षेत्रको अवलोकन समेत गर्नुभएको छ ।



















प्रतिक्रिया दिनुहोस्