ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचारी भाग्दै छन्, तर भागेपनि छोडदिन – प्रधानमन्त्री ओली (भिडियोसहित)


एबीसी न्यूज

केपी शर्मा ओली, प्रधानमन्त्री

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को झण्डै दुईतिहाई प्राप्त सरकार बनेको एक वर्ष पूरा भएको छ । यो एक वर्षलाई सरकारले समृद्धिको आधार वर्षका रुपमा चित्रण गरेको छ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले यसका बारेमा धेरै लामो सम्बोधन गर्नुभएको छ र सम्बोधन हामी सवैको हातमा छ । नेपाली जनताले त्यो सम्बोधन सुनिसक्नु भएको छ, विभिन्न टेलिभिजनबाट, पत्रपत्रिकाबाट । जसका बारेमा टिकाटिप्णीहरु पनि सुरु हुन थालेका छन् । प्रधानमन्त्रीकै मुखबाट वा रोष्टममा उभिएर, पत्रकार सम्मेलनमा एउटा लेखिएको कुरा बताउने भन्दा यसरी गरिएको छलफलका माध्यमबाट अझ नेपाली साच्चैको हाम्रो देशको प्रधानमन्त्रीले, यो स्थिर सरकारले । बहुमतको सरकारले र झण्डै दुईतिहाइको सरकारले एक वर्षमा के के काम गर्यो ? किन यसलाई आधार वर्ष भन्यो ? आगामी बाटो के तय गरेको छ भन्ने प्रधानमन्त्रीको मुखबाट छलफलको माध्यमबाट सुन्न अझ बढी रुचाउनु हुन्छ होला भन्ने उद्देश्यले आज हामी यो अन्तवार्ता गर्दै छौं ।(प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रवार एवीसी न्यूजका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलले लिनुभएको अन्तर्वार्ता जस्ताको तस्तै)

 

प्रधानमन्त्रीज्यू यहाँलाई कार्यक्रममा विशेष स्वागत छ !

धन्यवाद !

मैले अघि भनेजस्तै यहाँले यो एक वर्षलाई वर्तमान सरकारको एक वर्ष सङ्घीयता, सुशासनर र समृद्धिको आधार वर्ष भन्नु भयो । के कारणले तपाईंले समृद्धिको आधार वर्ष भनेर पोइन्ट गर्नु भयो ?
यो आधार वर्ष भनिएको–सरकारको, संसदको यस कार्यकालको लागि मात्रै होइन । संविधान बन्यो । संविधान कार्यान्वयनका लागि कानुन थिएन । संविधानले संरचनाको कल्पना गर्र्यो । संरचना थिएनन । निर्वाचन भयो । निर्वाचन भएपनि प्रतिनिधि सभा कता बस्ने, राष्ट्रिय सभा कता बस्नेदेखि लिएर….

प्रदेशसभा कहाँ बस्ने, प्रदेश सरकार कहाँ बस्ने..

केही पनि थिएन । २० वर्षदेखि स्थानीय निकायहरु रिक्त थिए । त्यस अवस्थामा संरचनागत पक्षको तयारी गर्नु आवश्यक थियो । कर्मचारीहरुको संमायोजन गर्नु जरुरी थियो । यो अभ्यास, विल्कुलै नयाँ अभ्यास । यो सङ्घीय शासन प्रणाली नेपालको इतिहासमा पहिलो, पृथक । यो असजिलो प्रणाली हो । अर्कोतिर कुनै अभ्यास नभएको । कुनै दृष्टान्त नभएको । कुनै उदाहरण नभएको । कुनै नजिर नभएको । त्यस्तो व्यवस्था हो । जो आफैले नयाँ अभ्यासद्धारा नजिरहरु अनुभवका आधारमा स्थापित गर्दै जानुपर्छ । अर्कोतिर लोकतन्त्र, मैले भन्ने गर्छु यो वेस्टमिस्टरीयल (पश्चिमा) प्रणाली हो । तर यो संसदीय व्यवस्था ठ्याक्कै त्यस्तो होइन । किन यसमा यो जे कम्पोनेन्ट छ, त्यो पृथक छ ।

समानुपातिक प्रतिनिधित्वको प्रणाली, समावेशीताको प्रणाली । यस्ता कुराहरु यसभित्र छन् । जसले गर्दा यसलाई साधारण संसदीय प्रणाली भन्दा पृथक बनाएको छ । यो आफैमा अभ्यास गर्न सजिलो कुरा होइन् । अर्को हाम्रो जस्तो गरिब र पछौंटे जस्तो देशमा यो अभ्यास अझ जटिल कुरा हो । हामीले गणतन्त्र ल्याएका छौं, जो नेपालको इतिहासमा राज्यहरुको निर्माणपछि गणतन्त्रात्मक राज्य सुरुका कविलातन्त्र राज्यबाट जब रजौटातन्त्रमा गयो–त्यो हजारौं वर्षको इतिहास भयो । हामी किराँत वंशी, लिच्छवी वंशी हुँदैहुँदै र २४० वर्ष राजतन्त्रले शासन गर्र्यो । यत्रो लामो हजारौं वर्षको लामो राजतन्त्रात्मक पृष्ठभूमि, यसलाई हामीले गणतन्त्रमा लग्यौं ।

यस्तो स्थितिमा यो नयाँ अभ्यासका लागि संविधान अनुरुपका कानुन निर्माण, नयाँ परिवेश, परिस्थिति अनुसारको कानुन निर्माण, संरचनाहरुको तयारी । यी सबै कुराहरु यतिबेला नै गर्नु पर्यो, यही वर्षमा नै गर्नु पर्र्यो । र, हामीले गरेका पनि छौं । के के गर्यौं भनेर फेहरिस्त गर्न पनि चाहन्न अहिले, त्यो जरुरी पनि छैन् । अब अर्कोतिर विकासका निम्ति कसरी हाम्रा विकासलाई अगाडि बढाउने ? अब राजनीतिक पक्षहरु एउटा असाधारण ढंगले समाधान गर्यौं । द्धन्द्ध समाधान गर्यौं र द्धन्द्ध समाधान भइसक्यो । व्यवस्थापन भइसक्यो । अब त्यसका केही घाउँखत, असरहरु तिनीहरु बाँकी छन् । तिनीहरुलाई हामीले समाधान गर्नुछ । तर द्धन्द्ध नै छैन अब । अर्कोतिर अब नयाँ ढंगले हामी अगाडि बढ्नु छ ।

हिजो त हामी आन्तरिक समस्यामा पिरोलिएका थियौं । अब आन्तरिक समस्या समाधान गरेर हामी सीमा भन्दा बाहिर पनि सहयोग, सम्बन्ध, सहकार्य, सद्भाव । यी सबैका लागि बाहिरसम्म निस्किएका छौं । र, अबका हाम्रा प्रस्तुतीहरु यदी म हिजो कुनै देशमा जान्थे भने जाँदा २०६५ भन्दा अगाडि म प्रधानमन्त्रीको हैसियतमा कुनै देश जान्थे भने एउटा राजाको रैती, प्रजा, जो कम्पाले प्रधानमन्त्री खाएको छ । त्यस्तो प्रधानमन्त्रीको हैसियतमा हिड्नु पर्ने थियो । त्यो कुनै मसंग स्वाभिमान र तागत छ भन्ने होइन । ईश्वरीय तागत लिएर बसेको छु भन्दा अर्को एउटा भ्रम दिएर बसेको छ । जनताको तागत पनि मसंगै राखेको छु भनेर उसले जनतालाई अरअर्याएर राखेको छ । न जनताबाट मलाई शक्ति चार्ज भएको छ, न कतैबाट । यस्तो अवस्थामा शक्तिहीन, चार्ज सकिएको ब्याट्री–जो पिलपिल गर्छ ।

त्यसप्रकारको स्थितिमा जानु पर्दथ्यो भने आज त जनताले बनाएको, सार्वभौमसत्ता सम्पन्न छन् जनता । तिनले बनाएको संविधान, संविधानले परिकल्पना गरेको प्रणाली र जनताबाट बहुमत प्राप्त सरकार । यो सहीत म जाँदा एउटा रैती होइन् । सार्वभौम जनताको प्रतिनिधि । सार्वभौम राष्ट्रको प्रतिनिधि । स्वाधीन राष्ट्रको, जो स्वाधीन हैसियतलाई सही ढंगले प्रयोग गर्न सक्छ । त्यो प्रधानमन्त्रीको रुपमा समस्याहरुको समाधान गर्न सकेको प्रणाली, व्यवस्था र दलको प्रतिनिधिको रुपमा र अनुभवका साथ, दृष्टिकोणका साथ आज बाहिर जान्छु भने बाहिर जाँदाको बेग्लै हुन्छ त्यो । जो दुनियाँले देखेको छ ।

भ्रष्ट तत्वहरु कारवाहीको डरले राजनीनामा दिएर भाग्ने स्थितिमा छन । कतिपय । कतिपय राजनीनामा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन् । अनुगमनमाथि अनुगमन भइराखेको छ 


देखियो एक वर्षमा पनि….

देखिएको छ एक वर्षमा । कि यसको प्रस्तुती नै फरक छ । हामी एउटा स्वाधीन राष्ट्रको हिसाबले । कहिले कहिले अभ्यासवस कुनै देशले नेपालले यसो गर्नु पर्र्यो भन्ने गर्र्यो भने म भन्ने गर्छु नेपाल एउटा स्वाधीन देश हो । सबैभन्दा ठुलो गर्व गर्ने कुरा यही छ कि हाम्रो उहीलेदेखि पुर्खाको पालादेखि दुनियाँ उपनिवेशको चक्रब्युँहमा चकड्दिा पनि यो स्वाधीन रहेको मुलुक र स्वाधीनताका साथ अगाडि बढेको देश । त्यस स्वाधीनताको सगौरव यसले उपयोग गर्दछ । कुनै दवाव पर्दैन र स्वाधीनताको सौदावाजी गर्दैन । कुनै यो लाभ, त्यो लाभसंग स्वाधीनतालाई साट्दैन । यो त्यस्तो देश हो । त्यस देशले आफ्ना आन्तरिक नीति वा बाह्य नीतिहरु स्वतन्त्र ढंगले निर्धारण गर्छ र अगाडि बढ्छ भन्छु ।

आज हामी त्यस विन्दुमा छौं र विकासको अब हामीले एउटा नयाँ संकल्प कृषिको सम्बन्धमा–कृषिको आधुनिकीकरण, उद्योगको–उद्योगको निम्ति आन्तरिक र बाह्य पुँजी परिचालन गर्न आकर्षक ऐन, कानुन बनाउनेदेखि लिएर वातावरण बनाउनेदेखि लिएर, एकद्धार बनाउनेदेखि लिएर, प्रशासनीक उल्झन्, झन्झटहरु समाप्त पार्नेदेखि लिएर यी सब कामहरु गरिएका छन् । र, नीतिहरु तय गरिएको छ अब । कृषि मात्र भनिएको छैन् । कृषिको आधुनिकीकरण कसरी गर्ने ? त्यस सम्बन्धमा हामीले, म जुन देशमा जान्छु त्यहाँ कृषिको, जुन देशमा जान्छु त्यहाँ आधुनिकीकरणको, जुन देशमा जान्छु, त्यहाँ प्रविधिको । ती चिजहरुलाई कसरी हाम्रो विकासमा जोड्न सकिन्छ वा ल्याउन सकिन्छ । ती कुराहरु म गरिराखेको छु ।

यसरी मेरो नेतृत्वको सरकारले, एउटा मान्छेहरुलाई के भ्रम हुनुहँदैन भने कतिपय साथीहरुमा अलिकति असन्तुष्टि पनि छ, स्वाभाविक पनि हो । त्यो असन्तुष्टि आफ्नो ठाउँमा होला । तर, हामी एउटा नयाँ ढंगले, नयाँ तरंग आएको त यसै बुझ्न सकिन्छ । बाहिर जानेको संख्या घटेको छ, कामदारहरुको । रेमिटयान्स बढेको छ । नियमित गरिएको छ । नियमन गरिएको छ । बाहिर जाने आवश्यकता घटेको छ । ठुलो संख्यामा ३९ प्रतिशत संख्या घट्नु भनेको सानो कुरा होइन् । ३१ प्रतिशत आम्दानी बढ्नु, त्यसबाट रेमिट्यान्स बढ्नु यो पनि ….। ३९ प्रतिशत घटेपछि त ३९ प्रतिशत घट्नु पर्ने थियो । ३१ प्रतिशत बृद्धि भएको छ । अर्थार्त नियमन भएको छ र बाहिर जाने आवश्यकता न्यून भएको छ ।

भनेको यहाँले, यसलाई भन्न खोज्दै हुनुहुन्छ कि आर्थिक सुशासनको सबैभन्दा महत्वपूर्ण काम भएको छ ?

भएको छ र भ्रष्ट तत्वहरु कारवाहीको डरले राजनीनामा दिएर भाग्ने स्थितिमा छन । कतिपय । कतिपय राजनीनामा दिएर भाग्दैछन् । कतिपय अरु भाग्छन् । भाग्दैनन् भने कारवाहीमा पर्छन् । म के भन्छु भने सरकार चुप लागेर बसेको छैन् । अनुगमनमाथि अनुगमन भइराखेको छ । हरेक माथि लेन्स लगायर हेरेको छु मैले, अथवा मेरो संयन्त्रले । सरकार यत्त्तिकै चुप्प लागेर बसेको छैन । सरकारी तवरबाट भ्रष्टचार कहाँ हुन्छ भन्दा सरकारी संयन्त्रसंग मिलेर नै भ्रष्टाचार भएको होला । तर संगसंगै त्यहाँ भ्रष्टाचार नियन्त्रक निकायहरु पनि, त्यहाँ फेरि मसिनो गरी माइस्क्रोप्सले हेरिराखेका छन् । दुरबिन लगाएर हेरिराखेका छन् ।

यहाँले शास्त्रार्थको कुरा भन्ने, चाडक्य (कौटिल्य)को नीति भन्ने गरेको कारणले मैले यहाँलाई सम्झाउँ, कि एकठाउँमा कौटिल्य भन्छन्,सागर वा नदीमा मसली कित्ना पानी पिताहे, किसीको पतानाइ, प्रशासनमा कित्ने हदतक भ्रष्टाचार होता य उस्कोवी पता नई । लेकिन विद्यि हे । इसिलिए यैसा गर्न पड्ताए । भनेपछि यहाँले बुझिहाल्नु भयो । त्यो काम इमानका साथ गरेको छुँ भन्न सक्नु हुन्छ आज ?

गजवले ! मज्जाले ! अहिले म तपाईंतिर हेरिरहेको छु र यो टेलिभिनमा प्रसारण हुँदा तपाईंतिर हेरेको जस्तो देखिन्छ । म क्यामेरातिर हेरेर भन्न चाहन्छु, जुन दर्शकतिर हेरेको देखिन्छ–म भ्रष्टाचार गर्दिन, गर्न दिन्न । अरुलाई पनि गर्न दिन्न ।

अहिले भएको छ कि छैन् ?

मैले गरेको छैन । भ्रष्टहरुलाई कारवाही गर्छु ।

भ्रष्टहरुलाई चिन्नित गर्नुभएको छ ?

कारवाही भइराखेको छ त ।

एउटा त्यो भयो, अझ मैले अघि माछाको भने जस्तो गर्दा त्यसको विद्यि छ । त्यसको विद्यि भन्दा यहाँले सम्झिहाल्नु भयो..

मान्छे भागिरहेका छन् । तपाईंले यो अन्तवार्ता प्रशारण गर्दासम्म यसका भनकहरु पाउनु हुनेछ ।
ए !

मान्छेहरु भाग्दै छन् ।

जो करप्शनमा निर्लिप्त थिए,

हो, भाग्दै छन् । अझ भाग्छन् । तर भागेपनि छोडदिन ।

यसका लागि यहाँलाई धेरैधेरै धन्यवाद ! संयन्त्र छ ?

छ ।

मैले चाडक्यको नीति, कौटिल्यको अर्थशास्त्र भित्रको कुरा यहाँलाई स्मरण गराएको त्यस कारणले पनि हो । आर्थिक वर्षमा योसंगसंगै यहाँले अघि भनेजस्तै ३३ ओटा मौलिक हक अधिकार मध्ये १७ ओटा भन्दा बढी कानुनहरु बने । संरचनाहरु निर्माणभए । अन्तर प्रदेश र सङ्घीय स्तरमा परिषद्को बैठक भयो र त्यसले एउटा संयन्त्र निर्माण ग¥र्यो र अनेक काम भए । सबै भन्दा ठुलो तपाईंले यो समृद्धिको वर्ष भनिराखेको बेलामा आर्थिक रुपमा एउटा विचित्रको विरासत लिएर आउनु भएको थियो । यहाँले सम्बोधनका बेलामा पनि पटक पटक भन्नु भयो, कि मान्छेलाई लुटपाट, कहिलेकाहँी मैले यहाँलाई अनौपचारिक रुपमा भन्दा शासन चलाउने, यी सरकार चलाउने भनेजस्तै गर्दा यो जहिले सुकै सरकार चलाइयो । मान्छेलाई लाग्न सक्छ शासन गर्ने र सरकार चलाउने भनेको एउटै जस्तो हो । तर आज चाहि आर्थिक क्षेत्रमा एकथरीहरुले एकदमै उत्पातै पार्दियो, बिगारी दियो, सिध्याइदियो । जुन यहाँले भनेको भाग्दै गरेकाहरुको स्वर होला भन्ने म ठान्छु र आर्थिक रुपमा चाहि हामीले जनतालाई बुझ्ने यो समृद्धिको आधार वर्ष बनाउनको लागि ठ्याक्कै यो यो गर्यौं भनेर के के भन्न सक्नुहुन्छ ?

थुप्रो भन्न सकिन्छ, एउटा हामीले स्वास्थ्य क्षेत्रमा स्वास्थ्य जीवन बीमा । सामाजिक सुरक्षाको प्रबन्ध, योगदानमा आधारित र अनौपचारिक क्षेत्रलाई पनि औपचारिक क्षेत्र सरह व्यवस्थापन गर्ने । यो एउटा युगान्तकारी हो, साच्चै यो नयाँ युगको सुरुवात हो । लोककल्याणकारी राज्यको महत्वपूर्ण पार्ट हो । अर्को हामीले अस्तिका दिन (फागुन १) एउटा कार्यक्रम अगाडि बढायौं, रोजगार सम्बन्धी र अब यति ठुलो ऐतिहासिक मात्रै होइन् महत्वकाँक्षी, असाधारण । बेरोजगार देशमा रोजगार दिन नसके दण्ड तिर्छु, पैसा तिर्छु भन्ने राज्य ..

तयार गर्नुभयो ?

हो, यो त लिसडेभलप, अविकसित देश । बेरोजगार भएको यस्तो देश । यस्ता देशमा यो सानो तिनो आट र हिम्मतले गरिने कुरा होइन् ।

अर्को वर्ष हामीले कुरा गर्दा त्यो गल्ती गरिएछ कि क्या हो भन्ने पर्ला ?

पर्दैन् ।

यो सपना हो कि व्यवहार हो ?

सपना, जसलाई हामी सपना भनिराखेका छौं, त्यो सपना व्यवहारमा रुपान्तरण गर्नका लागि हो । हामी यसलाई आधार वर्षका रुपमा यस कारण भनिराखेका छौं कि यसले एउटा नयाँ चिज । अब रोजगार सम्बन्धी यसका विभिन्न पाटाहरु, अनेक आयामहरु छन् । तीआयामहरु, अवयवहरु सबै परिचालन गछौं । यो एउटा महाअभियान हो । जुन महाअभियान एकाध, एकलिएका प्रयासबाट होइन कि यो महाअभियानका रुपमा जान्छ । अर्को अब हाइड्रो पावर सेक्टरमा लगानीको कुरा । हिजो हामीले सुरुवात गर्यौं जनताको पानी जनताको लगानी । नाम जेहोस् । नाम जेहोस् तर आम जनता सहभागि हुने र आयआर्जनको सबै भन्दा महत्वपूर्ण सुरक्षित…घरघरमा बिजुली हुन्छ र जनताको त्यसमा लगानी हुन्छ, सेयर हुन्छ ।

राज्यले ग्यारेन्टर छ ?

राज्य ग्यारेन्टर छ । यसरी एउटा नयाँ अभियान । हामीसंग स्रोत छ, हामीसंग पुँजी छ । एकै ठाउँमा नहोला तर छ । तर छरिएको पुँजी एकठाउँ गरेर । स–सानो पुँजी पनि छ । एकजुट गरेर एकठाउँ लग्यौं भने हामी देख्छौं केही पनि नभएको ठाउँमा एकजुट गर्दा खेरि करोडौं रुपैया त्यहाँ उठ्छ । ध्यानञ्चल यज्ञ भन्छन् त्यहाँ हजारौंटन धान तयार हुन्छ । त्यो कसरी हुन्छ भन्दा एकै जनाले दिएको हुदैन् । छरिएको चिजलाई जम्मा गरेर हुन्छ । त्यसै गरेर हामी स–सानो पुँजी पनि जनतासंग दिदीबहिनीहरुले थैलीमा राखेको फुली बनाउने, अर्को वर्ष बनाउने । पाँच वर्षपछि बनाउने फुली । अलि ठुलो ढुङ्री बनाउने । त्यो पैसा त्यहाँबाट आउँछ । यो फुली ढुङ्रीको पैसा बोकेर आउँछ । त्यो फुली ठुलो पैसा बोकेर आउँछ ।

त्यसकारण लगानी गर्नु जरुरी छ । त्यसबाट स्वामीत्वबोध, एन्टरपनरसीप भन्छौं नि हामी, लगानीको प्रवृति । यसबाट अनेक कुराहरु आम्दानी हुन्छन् । फाइदा हुन्छन् । यसबाट रोजगारीका अवसरहरु सिर्जना हुन्छन् । त्यसै गरेर हामीले यो मात्रै सेक्टर गरेका छैनौं । कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा थुप्रो कुराहरु अगाडि बढाएका छौं । त्यसको सामुहिक अनेक पक्ष उठाएका छौं । अहिले वैदेशीक मुद्राको संञ्चितिमा कमी आयो भन्ने कुराको हकमा हामीले उत्पादन बृद्धि गर्ने खालका सामाग्रीहरु, औजारहरु बढी खरीद गरेका छौं । जसको परिणाम भोलि देखिन्छ । कि पैसा थुपारेर मात्रै त केही हुने होइन् नि ।

वैदेशीक मुद्राको संञ्चिति अनावश्यक रुपमा संञ्चिति बढी हुनु भनेको त्यो राम्रो लक्षण होइन् । काम लगाइएन त्यसलाई । पैसा भनेको काम लगाउने चिज हो । त्यसकारण हामीले पैसा काममा लगाएका छौं कि छैन् । सात आठ महिनाका लागि मात्र अब डलरको संञ्चिति छ हामीसंग, दश आठ महिना मात्रै धान्ने खालको लागि भनेर । त्यो दश आठ महिनाका लागि धान्ने भनेको अर्थ दश आठ महिना आम्दानी सुखा हुने त्यो त होइन् नि । त्यो त आइरहन्छ । त्यो आठ महिनाका लागि छ भने अर्को आठदश महिनाका लागि हुन्छ ।

अब हामीसंग दश महिनाका लागि मात्रै छ भन्यो भने वर्ष दिनका लागि भइसकेको हुन्छ । त्यो भन्दा बढी अहिले हामी विकासमा भइरहेका हुनाले, विकासको कामहरु टुङ्गिएका, रिसर्चओर्कहरुमा मात्र लगाएका र साधारणतर्फ मात्र खर्च गरिरहेका, विकासका सिमान्त स्थितिमा पुगेका देशहरुका लागि मात्रै संञ्चित रकम गोदामका गोदाम राख्नु एउटा कुरा होला । हामी गोदामका गोदाम पैसा राख्ने अवस्थामा होइनौं । हामी त खर्च गरेर बारीमा हाल्छौं, खेतमा हाल्छौं, खोलामा हाल्छौं औजारमा हाल्छौं ।

संगसंगै यहाँका अर्थमन्त्रीले भनेका कुरा धेरै मलाई महत्वपूर्ण लाग्यो । अघिल्लो वर्षको कुनै आर्थिक सुचाङ्कसंग यो आर्थिक वर्षको सुचाङ्कको तुलना गर्नु सर्वथा अनुचित छ । किनभने एक ठाउँमा उहाँले भन्नुभएको थियो, अघिल्लो वर्ष निर्वाचन थियो । निर्वाचनको लागि अनेक खालको वैदेशिक सहयोग थियो होला । निर्वाचनको पैसा थियो र निर्वाचनको खर्च थियो । तर यो वर्षको खर्च भनेको विकासमा खर्च वा प्रशासनिक खर्च र आगडि यहाँले भनेजस्तै आधार बनाउनको लागि खर्च । त्यसकारण अघिल्ला वर्षका ती हिसाब, गणित । अघिल्लो वर्षको गणित र अहिलेको गणित यहाँकै भाषामा भन्ने हो भने गणित बदलियो भनियो भने सही हुन्छ, होइन् ?

पहिले पहिले स–साना फुसका छाप्राहरु सयौं बनाइए, हजारौं बनाइए । अहिले कमसेकम एउटा फ्ल्याट्मा चारओटा भाग भएको विशाल फ्ल्याटहरु भएको । बीसांै तले घरको मजबुत जग हालियो । यो मजबुत जग, बलिया खम्बाहरु । अहिले यो भने त्यो सय ओटा फुसका छाप्रामा, त्यो ५० रुपैयाको पराल र १५० रुपैयाको बाँस खर्च भएको छ । त्यस्ता छाप्राको सम्पूर्ण खर्च कति भयो भन्दा सय ओटाको तीन सयका दरले भन्ने हो भने केही खर्च भएको छ । तीन हजार खर्च होला, तीस हजार खर्च होला । तर, यसभित्र चाँहि लगभग तीन अरवको खर्च भइसकेको हुन्छ यो जग हाल्दा खेरी । भन्नेले भन्न सक्छ, पराक्रमीले पोहोर सय ओटा घर बनाएको थियो भनेर ।

अहिले एउटा जग बनाएर समय बर्वाद गरिदियो । खर्च बरवाद गरेको छ, भन्न सक्छन । तर, यो जग हो । मजबुत जग हो । मजबुत पीलर हो । त्यसकारण अहिलेको जुन खर्च गरिराखेका छौं हामीले, यो दीगो विकास । छाप्रा होइन् । हामी दीगो विकासतर्फ । दीगो रोजगारीतर्फ र यथार्थ उत्पादनतर्फ । यथार्थ आम्दानीतर्फ ।

मैले हिजो बोल्दा एउटा कुरा भनेको थिए कि श्रमबिनाको पारिश्रमीक, परिश्रमबिनाको फल । बिनापरिश्रमको पारिश्रमीक र बिनाकामको ज्याला । यस प्रकारको रोजगारबिनाको रोजगारी, परिश्रमबिनाको पारिश्रमीक, काम बीनाको ज्याला । वालाहरु जो छन् कही न कतै यस्तो रोजगारी छ, जो रोजगारी होइन् । जो परिश्रम होइन् तर त्यहाँ पारिश्रमीक छ । जो राष्ट्र निर्माणमा समर्पित छैन् त्यस्तो काम, त्यस्तो धन्दा भइराखेको छ ।

त्यस प्रकारका तत्वहरु यो अभियानलाई यसको अलिकति महत्व घटाउन, यसलाई बदनाम गर्न सक्रिय छन् । मेरो विचारमा कुनै तर्क गर्नुपर्छ जस्तो लाग्दैन् । भिन्नता हेर्नलाई, भिन्नता बुझ्नलाई गत वर्षको सरकार र अहिलेको सरकार, गत वर्षको परिवेश र अहिलेको परिवेश । त्यो त एउटा कलाकार स्टेजमा उभिने बित्तिकै थाहा हुन्छ । कि त्यसको डान्स कत्तिको चल्छ, कत्तिको डान्स गर्छ भनेर ।

अब यो त तुलना गर्न मिल्छ जस्तै लाग्दैन, सरकार संचालनको सन्र्दभमा, केहीमा । त्यसकारण यो आधार वर्ष भविष्यसम्मका लागि जोडिएको छ । र, हामीले रेलका कुरा, पानी जहाजका कुरा मात्र गरिराखेका छैनौं । यी सपना मात्र देखाई राखेका छैनांै । यसका निम्ति कार्यालय खोलेर हामी काम अगाडि बढाइसकेका छौं । र, अब केही समयभित्र त हामी जलमार्गको बाटोबाट, नेपालबाट जलमार्ग हुँदै समुन्द्रमा जान्छौं । यो परिकल्पित कुरा थिएन, पोहोरका सालसम्म ।

पोहोरको साल म भारतजानु भन्दा अगाडि भारतीय पक्षलाई सुचना गरे, जलमार्गबाट, नेपालबाट हामी समुन्द्रसम्म जान चाहन्छौं । त्यसमा भारत सहयोगी हुनुपर्र्यो । त्यो कुरा प्रधानमन्त्रीको भ्रमणमा प्रधानमन्त्रीले गर्नेवाला छ र त्यसको तयारी होस् । मैले त्यो खबर पठाएँ र म जाँदा मैले त्यो पनि गरें, सार्वजनिक पनि गरें । र, अहिलेसम्ममा एक वर्ष भन्दा छोटो अवधिमा यसले खास आकार लिदै छ । मूर्तरुप लिदै छ । यसबाट भारतपनि उत्साहित भएको छ ।

भारतले पनि गण्डकीको त्रिवेणीसम्म पानीजहाज ल्याउने कुरा गरिसक्यो र हामी अबभित्र एउटा हामीलाई त्यो जहाज राख्ने ठाउँ निर्माण गर्दा पुग्छ । किनभने त्यहाँसम्म त आइसक्यो । त्यहाँबाट यता आउनको लागि हामीलाई एउटा सी पोर्ट चाहिने । त्यति गरे देखि पुग्छ र यहाँबाट हामी बे अफबङाल, त्यहाँ गएर ठुलो जहाजमा शिफ्ट गर्नुपर्ला जहाज टु जहाज ।

भनेको यो डेभलपमेन्टको हिस्टोरिकल डिपार्चर हो ?

रेलका सम्बन्धमा हामी त्यही गरेका छौ । पूर्व पश्चिम, बाटोको बिस्तार, बाटोको संजाल, बाटोको बिस्तार, बाटो चौडा गर्ने कुरा र रोजगारीका अवसरहरु श्रृजना गर्ने कुराहरु । तपाई दिनदिनै हेरिरहनु भएको छ, कसरी कृषिलाई आधुनिकीकरण गर्दै छन् हाम्रा युवाहरु, हाम्रा जानकारहरु, प्राबिधिकहरु, कसरी यसलाई काम गर्दै छन् । नयाँ नयाँ इन्नोभेशनहरु कसरी हुदैछन, रिसर्च विभिन्न ठाउँहरुमा कसरी हुदैछ, पशुपालनको सेक्टरमा केके नयाँनयाँ कामहरु हुदैछन, मत्सयपालनको क्षेत्रमा केके कामहरू हुदैछन, पोल्ट्रीको सेक्टरमा केके हुदैछ । अस्तिको दिनमा मात्र मैले एउटा कारखाना उद्घघाटन गरे । अब नेपालमा भ्याक्सिन आफै निर्माण हुन्छ, र १० प्रतिशत हामी यहाँ खपत गर्न सकौला ।

९० प्रतिशत भ्याक्सिन बाहिर एक्स्पोर्ट गर्छौ । अथवा यो बेसिक्ली, एक्स्पोर्ट इन्ड्रस्ट्री भयो । किनकी हामी यति धेरै खपत गर्न सक्दैनौं । त्यसकारण हामीलाई पुगेर अहिले त हामीले पुगेर १० प्रतिशत खपत गरेका छौ, जब यसको भोलुम बढ्छ, उत्पादनको तब, हामीले हाम्रो खपतको मात्रचाँहि घट्दै जान्छ प्रतिशतमा । बिदेशमा निर्यातको प्रतिशत बढ्दै जान्छ, । किनभने त्यो भोलुम बढ्छ, त्यस भोलुममा हामी प्रतिशत चाँहि हामी त्यति खर्च गर्दैनौ । यो एक ठाउँमा मात्र हैन, हामीले हरेक ठाउँमा । यत्तिकै शिक्षाका लागी, विद्यार्थी भर्नाको लागि अथवा एउटा रमाइलोको लागि दुर्गम पुगेका छैनौँ । यो आउँदो वर्षमा हामी टुङ्याउछौ । रास्ट्रपति महिला शसक्तिकरण कार्यक्रमय त्यसमा हामीले २७ वटा जिल्लामा संचालित गरेका छांै ।

जुन जिल्ला पछाडी परेका छ्न, छाउपडी जति कराए पनि महिलाहरु आफैँ बस्न गैरहेका छन् । पाप लाग्छ, हँुदैन, छाउपडी त अलग्गै बस्नुपर्छ भन्ने, छाप्रामा बस्नुपर्छ भन्ने । छाउगोठमा बस्नुपर्छ भन्ने, घरमा बस्न मिल्दैन, छुन मिल्दैन, महिलाहरु आफैँ भन्छन मलाई पाप लाग्छ, म कसरी बस्न सक्छु त्यो, त्यस्तो अवस्था छ त्यहाँ । त्यो बलजफ्ती हामी गर्न सक्दैनौं । त्यसलाई शिक्षाद्वारा, चेतनाबाट निर्मुल पार्नुपर्छ । त्यसकारण हामीले यस्ता कुराहरुको लागि महिला सचेतना तथा शसक्तिकरण कार्यक्रम २७ वटा पछाडी परेका जिल्लाहरुलाई समावेश गरी यस बर्र्ष सुरु गरेका छौं । आगामी बर्र्ष अरु जिल्लाहरु मालिएर जान्छौ ।

यस्ता थुप्रै कार्यक्रमहरु जुन तपाइँको भाषणमा, सम्बोधनमा पनि आएका छन । ठ्याक्कै यो सङै भन्नु पर्दा प्रधानमन्त्रीज्यु, सबै शक्तिको केन्द्र आफूमा ल्याएर प्रधानमन्त्री केपी ओली एउटा डिक्टेटरशिपको रुपमा अगाडि जान चाहन्छ, भन्ने आरोप त तपाईंले सुन्नु भाको होला ? जस्तो राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, जुन अगाडि हामीले गरेका कुराकानीको लागि जरुरी थियो की एउटा प्रधानमन्त्रीको कुर्सीमा बस्ने मान्छेले, आफूभन्दा तल कति ठूलो बद्मासी भएको छ भन्ने अनुगमन गर्नका लागि आवश्यक थियो ? सौद्धान्तिक राजनीतिक रुपमा नै । हिजो विश्रृङ्खलित पारिएर देशलाई खोक्रो बनाइएको थियो । तर तपाईको अभिलाषा समृद्धिको आधारलाई अगाडि बढाउन हो वा, शक्तिको श्रोत सबै ल्याउन र पदमा अजम्बरजीवि बन्नको लागि हो ?

यसभित्र दुई वटा पक्ष छन् । एउटा त यो प्रधानमन्त्रीय प्रणालीमा, प्रधानमन्त्रीमा सम्पूर्ण कार्यकारी अधिकारहरु केन्द्रीत हुन्छन् । सबै मन्त्रालय मेरै मातहत छन । कसलाई भ्रम पर्यो । कि यति यति मात्र ल्यायो, अरु छोड्यो भन्ने । सबै मन्त्रालय मेरै मातहतमा छन् । सबै मन्त्रीहरु पनि मेरै मातहतमा हुनुहुन्छ । सबै बिभाग हरु जुनजुन मन्त्रालयका हुन ती कार्यकारी प्रमुख कै मातहत छन । तसर्थ यो शक्तिशाली हुनको लागि ल्यायो । हैन, जस– अपजस दोष अर्काले टाउकोमा छोडिदिएर काम गरे भैहाल्यो नि । तर, प्रश्न जस अपजस्को हैन, अहिले मैले जुन केही दृष्टान्त भने यी सस्थाहरु सतर्कता केन्द्र, राजश्व अनुसन्धान ।

यिनीहरु आफ्नो मातहतमा ल्याएँ । त्यस्को अर्थ हो मैले सोझै भ्रस्ट्राचार नियन्त्रणका लागि, हुन नदिनको लागि, आफैले हेर्ने, आफैले त्य्सको निगरानी गर्ने र नजिकबाट तीव्र र लगातारको निगरानी गर्ने । यस कामका लागि र यसो गरिरहदा शक्ति केन्द्रीत हुने भन्ने कुरा वेतुकको कुरा हो । लोकतन्त्रमा शक्ति पृथकीकरणको सिद्धान्त छ । संसदको आफ्नो अधिकार छ, व्यवस्थापिका छ, कार्यपालिका छ र न्यायपालिका छ । राज्यका तिनता अङ्ग छ र यी स्वतन्त्र छन् आफ्ना आफ्ना ढंगले । फेरि पनि संविधानबाट वाधिएका, एउटा राष्ट्रका, एउटा देशका, एउटा सरकारका अंगहरु हुन । यी सबै नेपाल, नेपाली शासनका, नेपाली राज्य सत्ताका अंगहरु र तिनको कामको निश्पक्षता, प्रभावकारीता, सन्तुलन, नियन्त्रण आदिका लागि शक्ति पृथकीकरण गरिएको हुन्छ । पृथक पृथक अंगलाई पृथक पृथक शक्ति प्रदान गरिएको हुन्छ संविधानबाट । संविधानले संसदबाट या संविधान सभाबाट शक्ति प्राप्त गरेको हुन्छ ।

त्यो शक्ति ती जनप्रतिनिधिले जसले संविधान वनाए वा जसले संविधानको संशोधनको हक राख्दछन् । तिनले जनताबाट अधिकार प्राप्त गरेका हुन्छन् । जनताबाट दिइएको अधिकार प्रयोग गर्न उनीहरुले संविधान निर्माण गर्छन । एउटा पुस्तकमा जनताका सम्पूर्ण अधिकारहरु, आंकाक्षहरु तिनीहरु चाँहि त्यहाँ संगठित गर्या हुन्छ । अनि त्यस कितावले सबै चलाउछ । न्यायलयलाई पनि त्यसैले चलाउँछ, सरकारलाई पनि चलाउँछ र सरकारलाई निदृष्ट गरेर उसले जनताले त्यस पुस्तक मार्फत अधिकार तोकेर दिएको छ, यो यो अधिकार भनेर । यसरी सरकारका आफ्ना काम, कर्तव्य छन् र प्रधानमन्त्रीका आफ्ना काम, कर्तव्य छन् ।

कुन लिएर, कुन छोडेर, कसो गरेर भन्ने कुरा होइन । अहिलेको प्रधानमन्त्री जसले एउटा मन्त्रालय राख्दैन । कुनै मन्त्रालय राख्या छ र ? कसैले रक्षा आफुलाई चाहिन्छ भन्छ । कसैले अर्थ चाहिन्छ भन्छ । कसैले परराष्ट्र चाहिन्छ भन्छ । कसैले के चाहिन्छ भन्छ । अनि पावर केन्द्रीत गर्नको लागि कोही कोही देशमा १० वटा विनाविभागीय मन्त्री प्रधानमन्त्री कार्यालयमा राखिएको हुन्छ । ता कि सम्पूर्ण कुरालाई त्यहाँबाट कन्ट्रोल गरियोस् । तर यहाँ त्यो पनि गरिएको छैन ।

तर यसो केही गर्नु पर्र्दैन । केही नगरे पनि संधिवानले प्रधानमन्त्रीलाई अधिकार दिएको छ । संविधानले दिएको छ र संविधानले दिएको त्यो अधिकार प्रयोग गर्ने जिम्मा प्रधानमन्त्रीको जिम्मा, त्यो चाँहि पार्लियामेन्टले मलाई दिएको छ । संविधानले मलाई दिएको छैन, प्रधानमन्त्रीलाई दिएको छ । प्रधानमन्त्रीको अधिकार प्रयोग गर्न संसदले मलाई जिम्मा दिएको छ । त्यसकारण मैले प्रधानमन्त्रीका अधिकारहरु प्रयोग गर्छु । कर्तव्यहरुको पालना गर्छु । जिम्मेवारीमो पुरा गर्छु । अनि संविधानले भनेका प्रधानमन्त्रीका अधिकारहरु, अत्यन्त खुकुलो ढंगले बिनाविभागीय मन्त्रीहरुको थुप्रो नलगाएर अथवा मन्त्रालयहरु आफुमा नराखेर, कुनै मन्त्रालय नलिएर, कतिवटा हेर्न पर्ने, ती पछि कहिले कहिलेलाई पर्ला थाहा छैन । अहिले संक्रमणकालिन स्थिति नै छ ।

हामी मुलत सक्रमण टुङ्गायौँ । तर गरिब देशलाई धनी वनाउनु छ । अव्यवस्थितलाई व्यवस्थित वनाउनु छ । पछाडि परेकालाई आधुनिक नेपाल वनाउनु छ । ट्याक छोडेकोलाई ट्याकमा ल्याउनु छ । र वेथिति आदि, ईत्यादीलाई बदल्नु छ । यस्तो अवस्थामा चाँहि केही समयका लागि कुन चिज कतिवेला कहाँनेरी राख्नुपर्छ भन्ने कुरा व्यवस्थित गर्नुछ । अव चेस खेल्दा यो यहाँ नेरी चाहिने यो मन्त्री चलाईदियो, घोडा चलाई दिएर मैले हारे । मैले चाँहि यो हात्ति चाँहि चलाई दियो र हारें । यस्तो खालको कुरा चाँहि उचित होइन । यो जतिवेर जुन जसरी चलाउन पर्ने हो, त्यसैगरी चलाउने हो । अहिले भष्ट्राचार रोक्ने हो । नियन्त्रण गर्ने हो । उन्मुलन गर्ने हो । अहिले सुशासन दिने हो । अहिले शान्ती सुरक्षा कायम गर्ने हो । अहिले कहाँ कहाँ के के भैइराखेको छ भन्ने कुरा थाहा पाएर त्यसलाई अनुचित हुन नदिने र रोक्ने हो । त्यस कामको लागि जे जे गर्ने पर्छ त्यो गर्ने हो ।

ठ्याक्कै प्रधानमन्त्रीज्यू अर्को यहाँलाई आरोपका रुपमा के छ भने यो सरकार मिडिया फ्रेन्डिली छैन वा प्रेस स्वतन्त्रता फ्रेन्डिली छैन । त्यसको विरोधी छ भन्ने जस्तो चर्चा परिपर्चा यहाँले विभिन्न एङ्गलबाट सुन्नु भयो होला । ईभन डार्वोसमा यहाँ जादाखेरी पनि त्यहाका विश्वप्रसिद्ध न्यूयोर्क टाईम्सका पब्लिसरले पनि यहाँलाई प्रश्न सोध्नु भो हैन, जुन ईन्टेन्सन्जे सुकै होला । त्यसको बारेमा यहाँको फिलिङ्ग के छ ? यो सरकार वा कम्युनिष्ट पार्टीको सरकार प्रेस विरोधी छ ?

मैले अघि तपाईसँग भनेको थिए । परिश्रमबिनाको पारिश्रमिक, कामबिनाको रोजगारी, आम्दानी । यस्तोमा सक्रिय रहेका मान्छेहरु सक्रिय छन् । त्यसको प्रभाव त्यहाँसम्म पनि पुर्याइएको रहेछ । त्यो पुर्याईएको मलाई पहिले नै जानकारी थियो । त्यो राम्रै भयो मैले त्यहाँ स्पष्ट गर्ने मौका पाएँ । मैले कुनै कुरा त्यहाँ घुमाई फिराई लुकाएर, या लोकचार पारेर या अलिक ढाक छोप गरेर त्यसरी गर्नु पर्ने पनि थिएन । मैले खुलस्त आफ्ना कुराहरु राखेको छु ।

मैले भने स्वतन्त्रताका हकहरुका लागि, मानव अधिकारका लागि र प्रेसको स्वतन्त्रताका लागि मैले ५० वर्ष भन्दा बढी लडाई लडें । त्यसकारण म लोकतन्त्रका हरेक मुल्य मान्यताहरुको रक्षाको पक्षमा जीवन दिन तयार भएर आएको मान्छे हुँ । म जीवनपर्यन्त त्यस पक्षमा रहन्छु । लोकतन्त्र, लोकतान्त्रिक मुल्य मान्यता जसभित्र वाक, प्रकाशन स्वतन्त्रता पर्छ । प्रेस स्वतन्त्रता पर्छ । त्यसको पक्षमा म हुन्छु नै ।

यस भित्र बट एण्ड इफ –तर र यदि) को कुरै छैन । यसमा कुनै बाहानावाजिको पनि कुरा छैन । फेरि अर्को कुरा, म के भन्न चाहन्छु भने मेरो वोल्ने हक छ, वाक स्वतन्त्रता मसँग छ । तर मैले तपाईलाई अपमान गर्न मिल्छ ? तपाईको आत्मसम्मानको पनि हक छ । त्यो पनि हक छ नि । अनि यो हकको प्रयोग गर्दा त्यो हक थिचोमिचो गर्न हुन्छ कि हुँदैन ? मसँग बोल्ने हक छ, मैले तपाईप्रति झुटा आरोप, लान्छनाहरु लगाउन मिल्छ कि मिल्दैन ? तपाईप्रति अमर्यादित, अश्लिल, स्तरहीन कुराहरु बोल्न हुन्छ कि हँुदैन ? यस्तो हुँदैन है भन्यो भने प्रेस स्वतन्त्रता समाप्त भयो, प्रेस स्वतन्त्रता विरोधी कुरा भो भन्नु कति वान्छनीय हुन्छ ? कतिवटा सामाजिक सञ्जालमा यस्ता कुराहरु आएका हुन्छन ।

ती कुराहरु यति तल्लो स्तरका छन् । यति समाजलाई हानिकारक छन् । यति नयाँ पिँढीलाई विगार्ने खालका छन, हानी गर्ने छन । ती कुराहरु, ती कुराहरुको पक्षपोषण गर्न मिल्छ ? अस्ति मलाई आश्चर्य लाग्यो, सदाचार नीतिको विरोधमा मच्चियो र वक्तव्यबाजी अनेक भए । सदाचार त्यो कही पास भको पनि छैन, कही–केही भको छैन । यस्तो तहल्का कसरी मच्चिएको छ, के भएको हो । नेपाल जस्तो देशमा पनि सदाचारको कुरा गर्ने ? सदाचार भन्ने ? भन्न पाईन्छ ? चलिरहेको धन्दा बन्द गर्दिने ? यस प्रकारको कुरो रहेछ । कुन–कुन देशमा सदाचार भन्न पाईने ? कुन कुन देशमा कानून अन्तरर्गत चल्न पर्ने, कुन कुन देशमा कानून नमाने पनि हुने ? कुन कुन देशमा वेथिति हुनु पर्ने ? कुन कुन देशमा प्रदर्शन स्थल तोकिन पाउने ? कुन कुन देशमा जहाँ पनि प्रदर्शन स्थल हुने ? सद्दे र पागल छुट्टिन नपर्ने ? नाङ्गै मान्छे, एक्लो मान्छे, नाङ्गै के सनकले माग के हो ? थाहा छैन । कहिले कसैलाई केही बताएको छैन । माग केही वताएको छैन ।

अश्लिलतापूर्वक अब मानव समाजमा नाङ्गिनु पनि अश्लिलता होईन ? सार्वजनिक ठाउँमा भने त, होईन भने केही माग मागेको छैन । केही कुरा भनेको छैन । केही कुरा, केमा असन्तुष्टि त्यो पनि थाहा छैन । अचानक मान्छे निश्किन्छ नाङ्गै । के हो भन्दा खेरी मेरो विरोध । के को विरोध ? सरकारको विरोध । किन विरोध ? भन्दा सरकार मन परेन । अव यो कुरालाई पनि यस्तो त राम्रो भएन भन्दा खेरी यहाँ फ्रिडम अलिक एस्कुजिङ्ग भैराख्या छ । स्वाधीनता, स्वतन्त्रताका हकहरु खुम्चिदो छ भन्ने त्यही कुरा पुर्याएका रहेछन् डार्वोसमा पनि । न्यूयोर्क टाईमसका पब्लिसर, सम्पादक जे हुन, त्यस स्तरका मान्छेले त्यस्ता हल्लाबाटै राम्रो कुरा नबुझिकन नेपालको बुझ्न त गाह्रो त छैन नि ।

नेपाल राम्ररी नबुझिकन मण्डलामा नाच्न पाईएन, उफ्रिन पाईएन भनेर भन्छ नि स्वतन्त्रता, प्रजातन्त्र त सकिए छ त नेपालमा त । मण्डलामा उफ्रिन नपाएपछि त खोई प्रजातन्त्र ? यस्तै सुनाएका हुँदा हुन् । तर यो सही कुरा होईन । प्रजातन्त्र मण्डलामा उफ्रिनु र प्रजातन्त्रका बीचको सम्बन्ध कुनै छैन । मण्डला विरोध प्रर्दशनको ठाउँ पनि होईन । पुजनीय ठाउँ हो र त्यो आम सभा गर्ने ठाउँ पनि होईन । विरोध प्रर्दशन गर्ने, उफ्रिने, कट्टु पेटिकोटवाला ठाउँ पनि होईन त्यो । जसलाई जे जे लगाउन मन छ लगाए भयो । तर कुन ठाउँको प्रयोग कसरी गर्ने ? कसलाई प्रसिद्ध हुन मन लाग्छ, कसलाई अखवारमा आउन मन लाग्छ, कसलाई मिडियामा छाउन मन लाग्छ, कसलाई सेलिवे्रटी हुन मन लाग्छ, गरे भो ।

यहाँ त के भर्खरका जवान मात्र होईन । पूर्व प्रधानन्यायाधीश भइसकेकाहरुसम्म पनि सेलिव्रेटी, अच्चम लाग्छ । तमासा, मैले कहिले विद्धताको दावी गर्या छु र ? मैले ईमानको मात्र दावी गर्याछु । ईमान मात्र मसँग पूर्णत छ । मसँग पुर्ण विद्धता छ, पूर्ण ज्ञान छ, भैले भन्या छैन । ज्ञान पूर्ण हुनै सक्दैन् । मैले आफुलाई विद्धान भनेको पनि छैन । पढाई लेखाई नभएको मुर्ख भन्न मण्डला किन पुग्नपर्छ र ? घरैबाट भने पनि हुन्छ, त्यति गरेपनि हुन्छ । फेरि मैले दावी नै गरेको छैन म विद्धान हुँ, होईन । म विद्धान होईन । म ईमानदार मात्रै हो । मैले भनेको छु, म विद्धान होईन । अनि विद्धान होईन भनेर गालि गरिरहनु पर्ने के छ र ?

प्रधानमन्त्रीज्यू, अव अन्त–अन्तमा आउँदा खेरि यो जुन १ वर्षको सन्दर्भमा तपाईले आधार वर्ष घोषणा गर्नु भयो, दुईटा पार्टी एउटा वनाउनु भयो, त्यसको एउटा ऐतिहासिक महत्व छ । नेपाल राजनीतिक स्थितरता बाटोमा गएको छ । अर्को चाहि मिडियाको सन्दर्भमा

तपाईले मलाई सोध्नु भएको प्रश्नमा नि, मिडिया, मिडियाको सन्दर्भमा यो मिडिया फे्रन्डिली म छैन भन्ने पनि होईन । मलाई त्यस्तो लाग्दैन । मिडिया मेरो विरुद्धमा छ भन्ने पनि लाग्दैन । मैले मिडियाबाट पुराका पुरा सहयोग पाएको छु । मलाई मेरा साथीहरुले आलोचना गरिराख्या छन् । टिप्पणी पनि गर्छन् । साथ पनि दिन्छन नि त । साथ पनि दिईराख्या छन् । त्यसकाराण हाम्रो लोकतन्त्र, लोकतान्त्रिक प्रणाली कलिलो–कलिलै छ ।

कहाँ आलोचना गर्ने ? कहाँ टिप्पणी गर्ने ? कहाँ नगर्ने ? कहिले कहिले छुटिदैन् । तलमाथि पर्न सक्छ, त्यति मात्र हो । सञ्चार माध्यमले पनि कहिले कहिले अब यो सञ्चार माध्यमले पनि कति भयो । उमेर नै कति भो ? मोटा मोटी १०, १५ वर्ष, २० वर्ष भयो होला । यसबीचमा एक दम परिपक्कता आउनु पर्छ भन्ने केही छैन । यो परिपक्कता लोकतान्त्रिक अभ्यासमा पनि नआएको हुन सक्छ । सञ्चार माध्यममा पनि नआएको हुनसक्छ । यस्ता कुराहरुप्रति, साना तिना कुराहरु, सानातिना चुकहरु प्रति अथवा कहिले कहिले मान्छे हो, कुनै कुनै सम्पादकलाई, कुनै कुनै रिपोर्टरलाई, कुनै कुनै पब्लिसरलाई कसलाई केमा झोक चल्ला, अलिकति केही लेखला । यसको अर्थ मिडिया मेरो विरुद्धमा गयो, सरकारको विरुद्धमा गयो भन्ने होईन । म त्यसरुपमा बुझ्दिन् । यति फ्रेन्डली छ, यति फ्रेन्डली छ अत्यन्तै आत्मिय ।

मेरो मन नपरेको कुरा पनि मिडियाले भनिहाल्छ । मिडियाको मन नपरेको कुरा पनि मैले भनिहाल्छु । यति खुलस्त, यति आत्मिय छ नि । मिडिया पनि मसँग डराउदैन । विश्वास छ म माथि, यो मिडिया फ्रेन्डली छ । यसले दुश्मनी गर्दैन भनेपछि डराउदैन । म पनि मिडियसँग डराउदिन । किनभने मिडिया मेरो आत्मिय छ । त्यसकारण त्यो सम्बन्धलाई पनि कसै कसैले बुझ्दैन् । कहिले कहिले मैले अलिकति टिप्पणी गरे भने लौँ मिडियाको सम्बन्धमा बोल्यो । अब यसलाई मिडियाले थिचथाच, किच काच बनाएर अचार वनाउछन् होला जस्तो ठान्छन् कतिले । अरुलाई भए मिडियाले थिचथाच गर्ला, मलाई गर्दैन । यो जे गरेको छ, यसले अनेस्टली गर्याछ भन्ने थाहा छ सबैलाई ।

यस सम्बन्धमा धन्यावाद दिन्छु र अन्तिममा प्रधानमन्त्रीज्यू यसलाई भन्दा बडा अप्ठ्यारो, अमिल्दो मेरै हिसावले भन्ने हो भने देखि पनि । मेरै जुन छिपपिछे ज्ञानको हिसावले भन्यो भने पनि अमिल्दो लाग्ला । तर, एउटा तपाईको अगाडि एउटा पत्रकारको रुपमा उभिएर भन्दा, यो समृद्धीको आधार वर्ष भनिरहदाँ । यो सरकारका बारेमा तपाईको सन्तुष्टिमा यदि १० नम्वरमा राखियो भने आधार वर्ष वनाउनका लागि १० नम्वर यसको पूर्णाङ्क थियो भने तपाई आफै चिफजजको रुपमा भनौँ न तपाईसँग कुनै मन्त्रालय छैन । तपाईसँग केही विभाग छन् तर हेर्नु पर्ने छ । कुनै मन्त्रालय छैन । मानिसहरुलाई जिम्मेवारी लगाउनु भएको छ । तपाईकै भाषामा लेन्सबाट हेर्नु भएको छ । तिनीहरु माथि जे गर्नुपर्ने तपाईको दायित्व जिम्मेवारी हो, इमानकै साथ गर्नु भएको छ तपाईकै शब्दमा । त्यसरी १० मा राखियो भने यो आधार वर्षलाई, पहिलो वर्षलाई कति नम्वर दिन उचित होला ?

यसका केही पक्षहरु छन् । यदि तपाईले यो नयाँ सङ्घीय लोकतान्त्रिक गणतन्त्रामक प्रणाली र संविधान कार्यान्वयनको र हाम्रो अगाडि बढ्ने बाटोको आधार जग तयार गर्ने र समुचित गर्ने पक्षमा हेर्नु भो भने पूर्णाङ्क १० तर तपाईले दिनुहुन्छ १५ । पूर्णाङ्क भन्दा डेढा बढी..

तर म कन्जुस्याई नगरी तपाईले भनेकै विषयमा डिस्टिङसन दिन्छु 

अझै अझै यसमा के छ भने, यो १ वर्षमा जे भो नयाँ प्रणालीमा अनेक खचपच हुन्छन्, उतार चढाव हुन्छन्, झमेला आउछन्, समस्या हुन्छन्, अनेक चिज हुन्छन् । यस्तो परिस्थितीको यो कच्चापनको फेजायल सिचुयसन हो नि नयाँ । यसलाई प्रयोग गर्न अनेक तत्वहरु पनि सक्रिय पनि भए । त्यो सक्रिय हुँदाखेरी जुन यो १ वर्ष भित्रै सफलताका साथ यी काम सम्पन्न गर्र्यो नि, यो पूर्णाङ्कभित्र दिएर पुग्दैन । त्यो भन्दा बढी दिनुपर्छ, इन्टरनेशनल प्राक्टिस हो एउटा । अर्को डेलिभरीको पाटोमा, सुशासनको पाटोमा प्रोगेस छ । प्रोगेस, पास भन्दा माथि भन्नुपर्छ यसलाई । किनभने यो प्रोगेस छ ।

यसमा सुशासनको पाटोमा र अरु आर्थिक उन्नतीको मार्गचित्र यसले जो प्रस्तुत गर्यो । यो मार्ग चित्रसँग संक्रमणकाल जसरी टुङ्गयार मार्ग चित्र प्रस्तुत गर्यो । त्यससँग दुनिया आश्चर्य चकित छ । त्यसमा पनि राम्रो पर्फमेन्स गरेको छ । अब जनताको जीवनस्तरमा परिवर्तन ल्याउने कुरामा यति छिटो सम्भव हुँदैन थियो पनि । केही केही यो कम्लिकेशन, जटिलताहरु त्यसको बीचमा भन्दा पनि यो प्रदेशको अधिकारभित्र हो कि ? केन्द्रको अधिकार हो कि ? स्थानीय तहको हो कि ? जस्ता अन्योलले केही केही जनतामा इरिटेशन पैदा हुने, केही केही असन्तुष्टि पैदा हुने र डेलिभरी नहुने ।

अर्को केही केही सच्याउनु पर्ने कुराहरु जस्तो सेवा केन्द्र त हामीले तोक्यौँ । तर जिल्लामा भएका कार्यालयहरु अव ४–५ वटा जिल्लाको एक ठाउँ । एउटा जिल्लामा जाँदा त्यसले समस्या पैदा गरेको छ केही । यसलाई पुनर्विचार गर्नु पर्ने हो कि ? यो एउटा चिन्तनीय पक्ष छँदैछ । यी पक्षमा जसले जनतामा ईरिटेशन बढाएको छ, अलिक असन्तुष्टि बढाएको छ । यी पक्षहरुलाई हेर्दाखेरी १० भन्दा अलिकति कम दिनुपर्छ ।

अर्को पार्टीको छ, दुई जना क्याप्टेन हुनुहुन्छ यसमा छुट्टै कुरा गरौँला, अर्को क्याप्टेनसँगै । तपाईलाई नै सबै थोपर्ने, किन थोपर्ने ? तपाई यो सरकारको क्याप्टेनका हिसावले, टिम लिडरका हिसावले, टिम वर्कको पर्फमेन्स, त्यो टिमप्रतिको तपाईको आशालाई तपाईले नम्वरमा वा त्यसको आसयमा, कसरी बताउने, कति, कसरी अभिव्यक्त गर्न चाहनुहुन्छ ?

तपाई भने जस्तो यदि पूर्णाङ्क १० नै राख्ने हो भने, एउटा त यो नयाँ प्रणाली, अर्को नयाँ मान्छे । अहिलेको प्रणाली र परिस्थितिले माग गरेको विलकुल रचनात्मक नयाँ सोच र नयाँ तरिका । मन्त्री भैसकेका भए पनि पहिलेको मन्त्री जस्तो होईन । अहिले फरक मन्त्री नभैसकेका लागि नयाँ मन्त्री हुनुको अनुभव नयाँ अभ्यास । अर्को अझ नयाँ तरिकाले काम गर्नुपर्ने परिस्थिति । यस परिस्थितिलाई अलिकति म्याच गर्न नसकेको हो कि ।

यसमा म नियतको खोट देख्दिन । तर यो म्याच गर्ने कुरामा अभ्यासको कमी, राम्रै नियत भएको मान्छेलाई १० किलोमिटर दौडायो भने कोही कोही नसकेर छोड्दिने, कोही कोही चाहिने अलिक पर पुगेपछि धेरै स्लो मात्रै दौड्न सक्ने त्यस्तो हुनसक्छ । कसैले जान्न सक्दैन । त्यो ईमानले मात्रै हुँदैन नि । त्यहाँ फोक्सोको पनि कुरा चाहियो, त्यहाँ मसलको पनि कुरा चाहियो, त्यहाँ ब्रेन पनि त्यतिकै चल्न पर्यो । यो सबै चिज मिल्दाखेरी मसल, मुटु, फोक्सो सन्तुलन । त्यो चाँहि कसैको अब मुटु अलि राम्ररी काम नगरेको । कसैको फोक्सोले अलि साथ नदिएको स्वाँ–स्वाँ बढी भएको, कसैको मसल थाकेको यस्ता कुराहरु हुन्छन् । जसले अलिकति अपेक्षा अनुसारको काम कतिपय ठाउँमा नभएको जस्तो देखिन्छ ।

अन्तिममा प्रधानमन्त्रीज्यू, एक वर्ष पूरा भयो । पार्लाइमेन्टको बारेमा मैले बताउनु परेन । यसका नम्सका, तत्वका बारेमा यहाँलाई पनि राम्रो सँग थाहाँ छ । जे बजारमा सुनिदै छ वा क्याबिनेट तपार्इंका टिमका बारेमा, त्यसलाई म कारवाही पनि भन्दिन वा हटाउने पनि भन्दिन । यसको हेरफेर अघि भन्नु भयो नि मुटु, फोक्सो, कलेजा,े त्यसको मृगौला, त्यसका हात, त्यसको खुट्टा तिनीहरु ठिक ठिक ठाँउमा परे वा परेनन भनेर रिभियू गर्ने बेला भयो ? अथवा गर्न थाल्नु भयो ? गर्न थाल्नु हुन्छ यसपटक ?

होइन, यो त मैले जतिबेला मन्त्री नियुक्त गर्नुपर्ने हो, नियुक्तिको सिफारिस गर्छु र नियुक्ति भएर काममा आईसकेपछि काम मैले हेरिरहेको हुन्छु । कामको इभ्याल्युएसन गरिरहेको हुन्छु । इभाल्युएसन त मैले हरदम गर्ने हो, गरिरहेको छु । त्यसकारण मैले भनेको अलिकति जनताको अपेक्षाअनुसार, समयको मागअनुसार कतिपय साथीहरुले अलि गर्न नसकेको हो कि जस्तो खालको सुनिन्छ । त्यसमा केही सत्यता पनि छ ।

त्यसको अर्थ कतै इमानमा खोट इत्यादी म देख्दिन । मैले अघि नै भनें । मुल्याकन भइरहने कुरा हो र भइरहको छ । जतिबेला सरकारलाई प्रभावकारी बनाउन कुनै कदम चाल्नु पर्छ, नीतिगत वा व्यवहारिक । ती त चाल्नै पर्छ । तर अहिले मैले त्यस्तो खालको केही नीतिगत त हामी विभिन्न चालिरहेका छांै । व्यवहारिक रुपमा अरु थप कदम त्यस्तोको आवश्यकता त्यति महशुस गरेको छैन ।

त्यति धेरै गर्नुभएको छैन ?

त्यस्तो अहिले मैले आवश्यकता महसुस गरेको छैन । यसकारण कि हामी भर्खर भर्खर यो संघीयतामा प्रवेश गरेका छांै । हिजोको मन्त्रालय जस्तो होईन । मन्त्रालयहरु अधिकारहरु सीमित छन् । अब प्रदेशसंग कति मिलेर काम गर्ने ? कति कति प्रेदशका कुरा सुन्ने ? कति आँफुले लिने, कति तल पठाउने, कति स्थानीयमा पठाउने आदि कुराहरुको सन्र्दभमा अझै स्पष्टता नभएको अवस्थामा बजेट कँहानेर उता पठाइयो भनेको छ, उता भएन भनेको छ ।

उसले नबुझेर आफ्नै योजना बनाएको छ । चालु योजनाहरु अलपत्र परेका छन् । जस्ता खालका कुराहरु त्यो अस्पष्टताले भएका कुराहरु हुन् । त्यसलाई व्यक्तिलाई दोषी बनाउनु पनि हुँदैन् । यस्ता खालका पक्षहरु पनि छन् । त्यसकारण यो अहिले संक्रमणकालीन अवस्थामा नै त्यति धेरै निश्र्कष निकाल्नु हुन्छ जस्तो मलाई लाग्दैन् ।

ठ्याक्कै यहाँले भनेकै कुरालाई भन्दा खेरी एकलाईनमा नै । यसका डाउन पmल्ट त देख्न सकिन्छ । दुईओटा पार्टी एक भएको यसको इन्टर पार्टीका तल देखि माथि सम्मका सेट तयार नभएको । त्यसमा पनि धेरै समय अल्झिनु परेको इन्टरनर रिफ्ले पनि तपाईंले पछिल्लो पटक भन्नु भयो त्यसमा असर पारेको छ ?

त्यसमा असर त पार्छ नै । किनभने कतिपय मान्छेहरु सरकारको पक्षमा, पार्टीको पक्षमा बोलेको नसुनिनु, सरकारको पक्षमा बोलेको नसुनिनु, बरु बिपक्षमा बोलेको सुनिनु जस्ता खालका कुराहरुले अलिकति जनतामा अन्यौल पार्ने र कार्यकर्ताको विश्वासमा कम ल्याउने । त्यसमा पनि पार्टी एकीकरण भयो तर एकीकृत पार्टीका संगठनात्मक एकतामा बिलम्ब हुनु जस्ता कुराले संगठित गतिविधी हुन नसक्नु, त्यसले संगठित गतिविधि त हुने भएन । यस्ता खालका कुराहरुका असरहरु स्वभाविक रुपमा केही पर्छन र आलोचना, विरोधका, असयोगका पक्षहरु जुनसुकै कारणले जसरी प्रकट भएका छन । त्यसका केही नकारात्मक असरहरु त भइ हाल्छन ।

अन्तिम पश्न सोधे प्रधानमन्त्रीज्यू, इमान्दारिका साथ इमान मात्र भनेको हुनाले मैले भने । यो एक वर्षमा जानेर त तपाईबाट हुने कुरा भएन अन्जानवस् आँफैबाट ठ्याक्कै यही नभने पनि यही पक्षमा मेरो पक्षवाट पनि चुक भयोकि भन्ने यहाँलाई केही लागेको छ। ?

एउटा अलिकति लागेको छ । मैले समयलाई अधिकतम प्रयोग गरेको छु । अधिकतम काम गर्छु । तर, त्यसको व्यवस्थापन अलि उचित हुन सकेन कि । जसले गर्दा सम्पर्क गरिनु पर्ने व्यक्तिहरुसँग सम्र्पक गरिनुपर्ने तहमा कमी रह्यो कि । त्यसले पनि असन्तुष्टि बढेको हो कि । त्यो चाँहि मलाई लागेको छ । सायद त्यसमा चाँहि अलिकति ध्यान दिनु र सच्याउनु जरुरी छ कि । त्यो मैले महसुश गरेको कुरा हो ।

हस् यहाँलाई धेरै धेरै धन्यवाद!

हस् !

https://www.youtube.com/watch?v=cKte2-Lqzd4&t=44s

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवीन्द्र मिश्रलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

सि जिनपिङबाट ल्याटिन अमेरिकी नेताहरुलाई बेइजिंगमा सम्वोधन, लगानी बढाउने प्रतिवद्धता

सम्बन्धित

नवउदारवादी चंगुलको माक्र्सेली नयाँ भाष्य

ज्ञानेन्द्रलाई पशुपतिनाथकै जिम्मा छाडौं, नेताहरुलाई विचौलियाबाट जोगाऔं

अमेरिकी भन्सार आक्रमण चीनविरुद्ध केन्द्रित

पुस्तक समीक्षा: आर्थिक असमानता र महाशक्ति प्रतिस्पर्धाको सम्बन्ध के छ?

२०२५ को योजना चिनियाँ र ट्रम्पको ‘ट्रेडवार’ एकैसमयमा उद्घाटित

ट्रम्पको रेकर्ड लामो सम्वोधनः उनी झन कठोर बन्दै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com