ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश स्थापना दिवस ३ दिन सम्म, प्रदेश ५ मा ३ गते सार्वजनिक बिदा


sharan sharan


बुटवल, १ फागुन ।
प्रदेश नम्बर ५ स्थापना दिवसलाई प्रदेश नम्बर ५ सरकारले ३ दिन सम्म मनाउने भएको छ । प्रदेश स्थापनालाई विभिन्न रचनात्मक कार्यक्रम गरी मनाईने प्रदेश सरकारका आन्तरिक मामीला मन्त्रालयले जानकारी दिएको छ । आन्तरिक मामीला मन्त्रालयका अनुसार प्रदेश सरकारले फागुन २ गते देखि ४ गते सम्म विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाउने निर्णय गरेको छ ।
फागुन २ गते प्रदेश ५ का ६ वटा मुख्य मुख्य स्थानको राजमार्गमा प्रदेश सरकारका मन्त्रीहरुको उपस्थितीमा सरसफाई कार्यक्रम गरिने आन्तरिक मामिला तथा कानून मन्त्री कुल बहादुर केसीले जानकारी दिनुभयो । प्रदेश सरकारले स्थापना भएको मुख्य दिन फागुन ३ गते सार्वजनिक विदा दिने समेत घोषणा निर्णय छ ।
फागुन २ गते हुने राजमार्ग सरसफाई कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले बुटवलको जितगढीबाट , आन्तरिक मामिला तथा कानुन मन्त्री कुल प्रसाद के सी बांकेको कोहलपुर चोकबाट, भौतिक विकास मन्त्री बैजनाथ चौधरी कपिलवस्तुको चन्द्रौटा चोकबाट, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी बर्दियाको भुरिगाउँबाट, सामाजिक विकास मन्त्री सुदर्शन बराल दाङको लमही चोकबाट र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेल नवलपरासीको बर्दघाट चौकबाट सरसफाई अभियानमा सहभागी हुने छन् ।
सरसफाई कार्यक्रममा राजनीतिकर्मी, कर्मचारी, सुरक्षा निकाय शिक्षण संस्थाहरुलाई समेत आग्रह गरिएको मन्त्री केसीले बताउनुभयो ।
मन्त्री केसीका अनुसार राजमार्गलाई खुला दिशामुक्र क्षेत्र बनाउनका लागि विशेषतः वन जंगल क्षेत्रमा आवश्यक पर्ने स्थानमा पुरुष र महिलाका लागि अलग अलग शौचालय निमार्ण को शिलान्यास गराउने समेत निर्णय गरिरएको छ । सोही दिन नै प्रदेश राजधानी र जिल्ला सदरमुकाममा रक्तदानको कार्यक्रम संचालन गर्ने र सोको व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाउने भएको छ ।
फागुन ३ गते बुटवल मण्डपमा आयोजना हुने मुल समारोहमा प्रदेश सरकारले प्रदेश प्रमुख उमाकान्त झाको उपस्थितीमा प्रदेश सरकारको प्रगति प्रतिवेदन सहितको स्मारिका विमोचन गर्ने समेत कार्यक्रम रहेको छ ।
फागुन ४ गते प्रदेश भित्रका मेडिकल कलेज र सामुदायिक तथा नीजि अस्पतालहरु लगायत सबै स्वास्थ्य संस्थालाई बीचमा उपयुक्त दिन र समयमा सकभर दुर्गम र विकट स्थानमा रहेका जनतालाई लक्षित गरी स्वास्थ्य शिविर संचालन गर्नको लागि सामाजिक विकास मन्त्रालय मार्फत ब्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

जलवायु परिवर्तनको चुनौतीलाई समाधान गर्न प्रतिबद्ध – भारतका वातावरण मन्त्री यादव

सम्बन्धित

मेरो ९ वर्षे कार्यकालमा नेपाल– भारत सम्बन्ध हिट भयो, अब सुपरहिट बनाउन सहमत छौं – मोदी

तुलसीपुर उपमहानगरपालिकाले नक्सापास नगर्नेको सेवा कटौती गर्ने

दुई सय २२ किलो नक्कली मह नष्ट

दाङमा बस दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

भैरहवा : बन्ला त फूलै फूलको सहर ?

चार जनाको ज्यान जाने गरी वनमा आगो लगाउने चार जना पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com