ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनताको आम्दानी वृद्धि गराउनु गण्डकी प्रदेशको लक्ष्य : मुख्यमन्त्री गुरुङ


admin

म्याग्दी, १३ माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले रोजगारी सिर्जना र आम्दानी वृद्धि गरी जनताको जीवनस्तर सुधारमा प्राथमिकता दिइएको बताउनुभएको छ ।

स्थानीय मुनामा आज धौलागिरि गाउँपालिकाको पाँचौँ गाउँसभाको उद्घाटन समारोहमा मुख्यमन्त्री गुरुङले विकास र जनताको आर्थिक अवस्था सुधार गर्नु नै हाम्रो मुख्य प्राथमिकता रहेको छ भन्नुभयो ।

‘‘पर्यटन, जलविद्युत्, कृषि र उद्यमको विकास गरी जनताको आम्दानी वृद्धि गराउनु गण्डकी प्रदेशको लक्ष्य हो’’ मुख्यमन्त्री गुरुङले भन्नुभयो, “खानेपानी, शिक्षा, स्वास्थ्य, सडक, विद्युत् सेवामा आम नागरिकको पहुँच वृद्धिमा जोड दिएका छौँ ।”

मुख्यमन्त्री गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० र ढोरपाटन शिकार आरक्षको बीचमा रहेको राष्ट्रिय वन क्षेत्रको संरक्षणसँगै पर्यटन विकासका लागि म्याग्दी, मुस्ताङ र बागलुङलाई समेटेर धौलागिरि संरक्षण क्षेत्र आयोजना सञ्चालन गर्ने प्रस्ताव गर्नुभयो ।

सबै गाउँपालिकाको केन्द्रमा सडक, सबै घरमा विद्युत्, स्वच्छ खानेपानी, स्थानीय तहका केन्द्रमा सभाहल र स्वास्थ्यचौकीको भवन निर्माण गरिने मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयो ।

सो अवसरमा उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले स्थानीय तहसँग सहकार्य गरेर वन पैदावारको संरक्षण र उपयोगसँगै आयआर्जन वृद्धि, पर्यटन विकासमा जोड दिएको बताउनुभयो । धौलागिरि गाउँपालिकामा पर्यटन सूचना केन्द्र स्थापना, पदमार्गको विस्तार र पर्यटकीय क्षेत्रमा पूर्वाधार निर्माणमा प्राथमिकता दिने बताउनुभयो ।

गाउँपालिकाका अध्यक्ष थमसरा पुनले संसारको सातौँ अग्लो धौलागिरि, गुर्जालगायत हिमाल, ढोरपाटन शिकार आरक्ष अवस्थित धौलागिरि गाउँपालिकाको सडक, विद्युत्, भवन, शिक्षा, सञ्चारलगायत पूर्वाधारका क्षेत्रमा सघाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रजिअ लीलाधर अधिकारीले भौगोलिक हिसाबले विकट र दुर्गम भए पनि धौलागिरि गाउँपालिका पर्यटन, जलविद्युत्, जडीबुटीका हिसाबले प्रशस्त सम्भावना बोकेको बताउनुभयो । उहाँले विपद् व्यवस्थापनका लागि म्याग्दीमा एक वार्ड एक हेलिप्याड निर्माण अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो ।

उपाध्यक्ष रेशम छन्त्यालले गाउँपालिकामा रहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी विकास र सम्बृद्धीमा रुपान्तरण गराउन आवश्यक ऐन कानून छिटो बनाउन प्रदेश र सङ्घीय सरकारको ध्यानाकर्षण गराउनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले दुर्गम भएकाले कर्मचारी आउनै नमान्ने र आए पनि सरुवा भएर जाने समस्या धौलागिरि गाउँपालिकाको विकास र सार्वजनिक सेवा प्रवाहमा देखिएको चुनौती भएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नागढुङ्गा–मलेखु सडक बुधबारदेखि दैनिक पाँच घण्टा बन्द हुने

ओली–देउवा भेटलगत्तै संसद् पुनर्स्थापनाको मागसहित सर्वोच्चमा कांग्रेस

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com