ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतको गणतन्त्र दिवस समारोहमा उपराष्ट्रपति पुन


admin

काठमाडौं,१२ माघ । उपराष्ट्रपति नन्दबहादुर पुन भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा आज अपराह्न भारतीय राजदूतावासमा आयोजित विशेष समारोहमा सहभागी हुनुभयो ।

नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह परीले आयोजना गर्नुभएको उक्त समारोहमा मन्त्रिपरिषद्का सदस्य, संवैधानिक अङ्गका प्रमुख, पूर्वप्रधानमन्त्री, पूर्व सभामुख, पूर्वमन्त्री, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी, उद्योगपति, व्यापारी, कलाकार, साहित्यकार, प्राज्ञ, कामका सिलसिलामा राजधानीमा रहेका भारतीय नागरिक तथा वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।

समारोहमा उपराष्ट्रपति पुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई र राजदूत पुरीले नेपाल र भारतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको सात दशक पुगेको अवसरमा दूतावासले प्रकाशन गरेको ‘भारत– नेपाल कूटनीतिक सम्बन्धका ७० वर्ष’ नामक पुस्तक संयुक्तरुपमा लोकार्पण गर्नुभयो ।

यसअघि आजै बिहान दूतावासमा आयोजित एक कार्यक्रममा राजदूत पुरीले भारतको राष्ट्रिय झण्डा फहराउनका साथै भारतका राष्ट्रपतिले गणतन्त्र दिवसका अवसरमा जारी गर्नुभएको शुभकामना सन्देश वाचन गर्नुभएको थियो ।

त्यस अवसरमा केन्द्रीय विद्यालय, मोडर्न इण्डियन स्कूल तथा स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका विद्यार्थीले देशभक्तिका गीत प्रस्तुत गरेका थिएभने नेपाली सेनाको टोलीले विविध मधुर सङ्गीत पस्केको थियो ।

सोही कार्यक्रममा राजदूत पुरीले दुई वीर नारी, नौ एकल महिला र तीन मृतक सैनिकका निकटतम नातेदारलाई रु ७ करोड २६ लाख नगद तथा कम्बल प्रदान गर्नुभयो ।

त्यसैगरी उहाँले नेपालका विभिन्न जिल्लाका अस्पताल, गैरनाफामूलक संस्था तथा शैक्षिक प्रतिष्ठानलाई ३० वटा एम्बुलेन्स तथा छ वटा बसको साँचो हस्तान्तरण गर्नुभयो ।

राजदूतावासले नेपालका दुर्गम भेगका विद्यार्थीका लागि शैक्षिक सामग्रीमा पहुँच बढाउन ५४ वटा शैक्षिक संस्था तथा पुस्तकालयलाई अनुदान स्वरूप पाठ्यपुस्तक प्रदान गर्ने घोषणा गर्नुभयो ।

सन् १९९४ यता भारत सरकारले स्वास्थ्य सेवा तथा शैक्षिक सेवामा पहँुच विस्तार गर्न नेपालका विभिन्न संस्थाहरुलाई ७२२ एम्बुलेन्स र १४२ बस प्रदान गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

काठमाडौं, ३ भदौ ।  नेकपा एमाले नेता डा. राजन भट्टराईले देशको पछिल्लो राजनीतिक परिस्थितीबारे कुरा गर्दै एमाले नीतिमा सही भएको पुष्टि भएको बताएका छन् ।

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

काठमाडौं, ३ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा फिर्ता पठाइएको नागरिकता विधेयकको बारेमा कानूनविद्हरुसँग छलफल गर्नुभएको छ । प्रतिनिधि सभाको बैठकमा फिर्ता पठाइएको नागरिकता विधेयकबारे

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

काठमाडौं, ३ भदौ ।  मानवीय सेवाका विविध गतिविधिमा जुटिरहने रेडक्रसका स्वयंसेवकले काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा पनि हातेमालो गर्न थालेका छन् । यसक्रममा उनीहरुले आज बिहानदेखि

सम्बन्धित

एमाले नीतिमा सही भएको पुष्टि भयो – डा. राजन भट्टराई, नेता, नेकपा एमाले

कानूनविद्हरुसँग राष्ट्रपति भण्डारीको छलफल

फोहर व्यवस्थापनमा हातेमालो गर्दै रेडक्रसका स्वयंसेवक

माओवादी बैठक निर्वाचनमा केन्द्रित, टुंगिएन पदाधिकारी

बाढीले रामेछापमा ५ घर बगायो

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपतिको शुभकामना सन्देश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...