काठमाडौं,१२ माघ । प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन । प्रधानमन्त्री ओली शनिबार बिहान स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थल पुगेर रक्षामन्त्री ईश्वर पोखरेल, प्रतिनिधिसभा सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिना लगायतले स्वागत गरेका थिए ।
स्वीट्जरल्याण्डको डाबोस शहरमा आयोजित उक्त बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतबार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्