काठमाडौं, ११ माघ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसबीच आज संसदमा मुठभेड हुनसक्ने आँकलन गरिएको छ ।
सरकारले जुनसुकै हालतमा चिकित्सा शिक्षा विधेयक प्रस्तुत गरी पारित गर्ने र कांग्रेसले जुनसुकै हालतमा त्यसलाई प्रस्तुत हुन नदिने अडानका कारण मुठभेड हुनसक्ने आँकलन गरिएको हो ।
सभामुख कृष्णबहादुर महराले बैठक अघि नै सत्ता–प्रतिपक्षीबीच छलफल नगराए त्यस्तो अवस्था आउन सक्ने भएको हो ।
सरकारका प्रवक्ता गोकुल बास्कोटाले सरकार जसरी पनि विधेयक प्रस्तुत गर्ने तयारीमा रहेको बताएका थिए भने विपक्षी कांग्रेसका नेता गगन थापाले जुनसुकै हालतमा रोक्ने चेतावनी दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्