काठमाडौं,११ माघ । प्रतिनिधिसभा बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
संघीय संसद् सचिवालयले आज प्रतिनिधिसभा बैठकबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने कार्यसूची बनाएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पुनः प्रतिनिधि सभा बैठक अवरुद्ध गर्ने भएको छ ।
पार्टीका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्रीहरुको नाममा रहेका अस्पताललाई केन्द्र मातहत नराखेको भन्दै कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ ।
सोही विषयमा यसअघि कांग्रेसले दुई पटक प्रतिनिधि सभा अवरुद्ध गरिसकेको छ भने एक पटक राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्