ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खेलबाटै राष्ट्रको विशिष्ट पहिचान बनाउन सकिन्छ् : अध्यक्ष तिमिल्सिना


admin

पोखरा, ९ माघ । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले खेलबाट पनि समृद्धि सम्भव हुने बताउनुभएको छ ।

कास्की जिल्ला भलिबल सङ्घ र सिर्जना विकास केन्द्र सिमलचौर पोखराको संयुक्त आयोजनामा आजदेखि शुरु भएको कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय सिर्जना छात्रछात्रा भलिबल प्रतियोगताको उद्घाटन गर्दै उहाँले विश्वका विभिन्न राष्ट्र खेलका माध्यमबाट समृद्धि हासिल गरेको बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले खेलबाटै राष्ट्रको विशिष्ट पहिचानसमेत बनाउन सकिनेमा जोड दिँदै सरकारले व्यावसायिक खेलाडी उत्पादन गर्न यस क्षेत्रमा उचित लगानी गर्नुपर्ने बताउनुभयो ।

खेल पर्यटनको विकासका लागि सरकारले योजना अगाडि बढाइसकेको उल्लेख गर्दै उहाँले यस किसिमका प्रतियोगिताले खेलको समग्र विकासमा टेवा पु¥याउनेमा जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले प्रतियोगिताबाट उत्कृष्ट बनेका खेलाडीलाई प्रोत्साहित गर्नुपर्ने बताउँदै खेलबाटै जीवनयापन गर्नसक्ने वातावरण निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य दीपक कोइरालले पोखरा रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउनुपर्ने बताउँदै ५० हजार दर्शक अट्ने किसिमले निर्माण हुनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले सङ्घीय संरचना अनुसार सङ्घ, प्रदेश र स्थानीय तहको सहकार्यमा खेल क्षेत्रको विकास गर्नुपर्ने बताउनुभयो ।

उक्त अवसरमा खेल क्षेत्रमा विभिन्न तवरबाट योगदान गर्ने सिर्जना विकास केन्द्रका उपाध्यक्ष इन्द्रप्रसाद पौडेल, राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङ, सम्पन्न श्रेष्ठ र श्रीभत्त गुरुङलाई दोसल्ला ओढाइ सम्मानपत्रबाट सम्मान गरिएको थियो ।

यही माघ १२ गतेसम्म हुने प्रतियोगितामा छात्रतर्पm २४ र छात्रातर्पm १० समूहले सहभागिता जनाउने सिर्जना विकास केन्द्रका अध्यक्ष राजकुमार गिरीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भ्रष्टाचार मुद्दा दायर भएसँगै सांसदबाट स्वत:निलम्बित भए बस्नेत

टेरामक्स प्रकरण : पूर्वमन्त्री मोहनबहादुर बस्नेतसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

नेपालको ब्यूरोक्रेसीलाई हामीले नै लोभी बनाएका छौँ – शंकर पोखरेल

प्रधानमन्त्रीसँग चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षको शिष्टाचार भेट

मानवीय जीवन र पृथ्वीको भविष्य जोगाउन मिलेर काम गर्नुपर्नेमा जोड

१४ महिनापछि देउवाजीलाई ‘लौ प्रधानमन्त्री’ भन्दै किस्तीमा राखेर पद हस्तान्तरण गर्छु – प्रधानमन्त्री ओली

कांग्रेस सांसद बस्नेतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएसँगै निलम्बन हुने प्रतिनिधिसभा सदस्य ३ पुगे, एक फरार

अब दुईचार दिनमै नयाँ गभर्नर पाउँछौँ – सञ्चारमन्त्री गुरुङ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com