कास्की, ९ माघ । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा–८ स्थित जनप्रिय माध्यमिक विद्यालयमा रु एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ ।
विद्यालयको स्वर्णजयन्तीको अवसरमा आयोजित कार्यक्रममा अक्षयकोष स्थापना गर्नुहुँदै उहाँले सोबाट विद्यालयमा अध्ययनरत एकल महिलाका छोराछोरीलाई वर्षेनी छात्रवृत्ति प्रदान गर्ने बताउनुभयो ।
बुबाको निधन हुँदा मेरी आमा २३ वर्षको हुनुहुन्थ्यो । आमाले मलाई धेरै दुःखकष्ट गरेर हुर्काउनुभयो, बढाउनुभयोे उहाँले भन्नुभयो,“अक्षयकोषबाट एकल महिलाका छोराछोरीलाई शिक्षामा सहयोग पु¥याउन छात्रवृत्ति प्रदान गर्नेछु ।
पोखरा महानगरपालिकाभित्र १७८ संस्थागत र २११ सामुदायिक विद्यालय रहेको र संस्थागत विद्यालयमा ८५ हजार ७२० तथा सामुदायिकमा ४१ हजार ७०० विद्यार्थी अध्ययनरत रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्