ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षी मिलेर जानुपर्छ : मन्त्री पुन


admin

 काठमाडौं,७ माघ । लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको ऊर्जामन्त्री वर्षमान पुनले बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज सञ्चारकर्मीसित सङ्क्षिप्त कुराकानी गर्दै उहाँले विधि र प्रक्रिया पूरा गरेपछि कुन निकायले अस्पताल सञ्चालन गर्ने हो यसका बारेमा सरकारले निर्णय लिन्छ भन्नुभयो ।

मन्त्री पुनले प्रमुख प्रतिपक्षी दललाई सदनमा पेलेर जाने नीति सरकारले नलिएको स्पष्ट पार्दै संविधान कार्यान्वयनमा सत्ता र प्रतिपक्षी मिलेर जानुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभा तथा प्रतिनिधि सभाको पहिलो बैठक आज प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आफ्ना स्वर्गीय अग्रणी नेता गिरिजाप्रसाद कोइरालाको स्मृतिमा स्थापित जेपी कोइराला राष्ट्रिय श्वासप्रश्वास तथा उपचार केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा बाँके सञ्चालन गर्ने बारेमा सरकारले कुनै निर्णय नगरेकामा आपत्ति जनाउँदै अवरुद्ध पारेको थियो ।

सरकारले हालै देशका विभिन्न नौ वटा अस्पताल सङ्घअन्तर्गत सञ्चालन गर्ने निर्णय गरेको थियो । तर ती दुई अस्पताल कुन निकायले सञ्चालन गर्ने भन्ने निर्णय नगरिएको बताइन्छ ।

नेकपाका नेता भीम रावले लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका स्मृतिमा स्थापित अस्पताल बन्द हुँदैन, विधि र प्रक्रिया पुरा गरेपछि सञ्चालनको ढाँचा तयार हुन्छ भन्नुभयो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सङ्क्षिप्त कुरा गर्दै सत्तापक्ष र प्रमुख प्रतिपक्ष बीचको सहमति, सहकार्य र एकताले मात्र संविधान कार्यान्वयनमा बल पुग्छ भन्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रवि र छविलाई थुनामा राखेर नै अनुसन्धान गर्नु पर्ने सर्वोच्चको आदेश (पूर्णपाठ)

रवि लामिछानेलाई थुनामा राख्ने आदेश सर्वोच्चबाट सदर

तीनकुने घटनामा १०८ विरूद्ध मुद्दा चलाउनुपर्ने रायसहित प्रहरीले बुझायो प्रतिवेदन

रवि लामिछानेको मुद्दामा सर्वोच्चले आदेश सुनाउने भएपछि रुपन्देही कारागार अगाडि समर्थक भेला

वृद्धभत्ता पाउने न्यूनतम उमेर ७० वर्ष पुर्‍याउने र राष्ट्रिय परिचय पत्र अनिवार्य गरिने

आईएमएफ सर्त अनुसार १० वाणिज्य बैंकको लेखा परीक्षण असारबाट सुरु हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com