ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेलम्ची खानेपानी आयोजना,सरकारले सिएमसी कम्पनीसँग ठेक्का सम्झौता तोडने


admin

काठमाडौं,७ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको सूरुङ निर्माणको जिम्मेवारी लिएको इटालियन ठेकेदार कम्पनी सिएमसीसँग ठेक्का सम्झौंता तोड्ने प्रक्रिया अघि बढाएको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माणको काम अन्तिम चरणमा अलपत्र पारेर हिँडेको सिएमसी कम्पनी पुनः सम्पर्कमा नआएपछि सरकारले सम्झौता पत्रमा राखिएको प्रावधान बमोजिम ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरेको हो ।

सो आयोजनाको सुरु निर्माणको ठेक्का सम्झौताको बूँदा नम्बर १५ को २ मा ठेक्का सम्झौंता बमोजिम काम नगरेमा १४ दिने सूचना जारी गरेर ठेक्का सम्झौंता खारेज गर्न सकिने प्रावधान राखिएको छ ।

सोही प्रावधानलाई टेकेर सो कम्पनीसँगको ठेक्का सम्झौंता तोड्न १४ दिने सूचना जारी गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिनु भयो ।

सो आयोजनाको सुरुङ निर्माणको अन्तिम चरणको काम सिएमसी कम्पनीले गत मंसीर २९ गतेबाट अलपत्र छाडेको थियो । त्यसपछि पटक पटक ताकेता गर्दा पनि कम्पनी सम्पर्कमा नआएपछि सरकारले ऊसँगको ठेक्का सम्झौंता खारेज गर्ने प्रक्रिया अघि बढाउनु परेको पनि समितिका प्रवक्ता पन्तले स्पष्ट पार्नु भयो ।

यसैबीच, एशीयाली विकास बैंक (एडीबी)ले मेलम्ची खानेपानी आयोजनाको बाँकि काम पूरा गर्ने जिम्मेवारी सो आयोजनाको पेटी ठेकेदारहरुलाई दिन सरकारलाई सुझाव दिएको छ ।

एडीबी र मेलम्ची खानेपानी आयोजना विकास समितिबीच सोमबार काठमाडौंमा भएको छलफलमा सो आयोजनाको बाँकि काम नेपालकै पेटी ठेकेदारहरुलाई दिएर अघि बढाउन सकिने निष्कर्ष निकालिएको हो ।

आयोजनाको सुरुङ निर्माणमा खटिएका पेटी ठेकेदारहरुलाई नै दिएर सो आयोजनाको बाँकि कामलाई पूर्णता दिन सकिने विषयमा एडीबीसँग छलफल गरिएको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।

सिएमसी कम्पनीले पेटी ठेकेदारलाई नदिएको भुक्तानी कसरी असुली गर्ने भन्ने विषयमा भने समितिले ठोस निर्णय लिन सकेको छैन । त्यस सम्बन्धमा आवश्यक निर्णय लिन बाँकि रहेको पनि समितिका प्रवक्ता पन्तले बताउनु भयो ।

सो आयोजनाको सुरुङ निर्माणको काममा संलग्न पेटी ठेकेदारहरुले डेढ अरवभन्दा बढि भुक्तानी लिन बाँकि रहेको भन्दै सिएमसी कम्पनीबाट असुल गरिदिन सरकारलाई दवाव दिईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

रुकुम २८ साउन, । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी पल्टिँदा दुई प्रहरी नायव उपरीक्षकसहित पाँचजना घाइते भएका छन् । घाइते हुनेमा नेपाल प्रहरीका प्रहरी

मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्छ : राजेन्द्र लिङ्देन

२८ साउन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकलाई काँग्रेस र कम्युनिष्टको चक्रब्यूहबाट बाहिर निकाल्नुपर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

काठमाडौं, २८ साउन । संसदीय मर्यादालाई संसारभर उच्च गरिमाका साथ हेरिन्छ । सासंदहरुले अमर्यादित क्रियाकलाप गर्नुलाई देशकै लज्जाको विषय मानिन्छ । यस्ता क्रियाकलापले संसदीय मर्यादाको

सम्बन्धित

रुकुम पूर्वमा प्रहरीको गाडी दुर्घटना, दुई डीएसपीसहित ५ जना घाइते

भरपुर मनोरञ्जन दिने संसदभित्रका दृश्य (फोटोफिचर)

संघ र प्रदेशसभा निर्वाचनको पत्र दिने जिम्मा देउवालाई

मौसम पूर्वानुमान तथा मौसमजन्य प्राकृतिक प्रकोपको जोखिम कम गर्न ‘डिएचएम’ र ‘एफएमआई’ थप सहकार्य गर्न सहमत

७३ दिनपछि शुरु भएको कोरोनाबाट २८ दिनमा ३२ जनाको मृत्यु : मृत्यु हुने मध्ये ६ जना मात्र खोप लगाएको

राष्ट्रपति भवनअघि आत्मदाह गर्न खोज्ने निहारिका पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2022 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com
 

Loading Comments...