ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दाङमा तोकिएको स्थायी राजधानी बुटवलतिर सरेपछि..


admin

घोराही, ३ माघ ।  प्रदेश नं ५ को राजधानी बन्ने आसमा जिल्लामा ठुलो लगानीमा धेरै होटेल खुले तर अहिले अस्थायी राजधानी समेत दाङमा नभए पछि यहाँ खुलेका ठुला होटेल मारमा परेका छन ।

दाङमा तोकिने भनिएको स्थायी राजधानी बुटवलतिर सरेपछि यहाँका होटलमा हुने सामान्य चहलपहल पनि अहिले घटेको छ ।
चार बर्ष पहिले भाडामा घर लिएर करिव रु दुई करोडको लगानीमा घोराहीको ‘मेनरोड’मा होटेल सिटी प्लाजा प्रालि सञ्चालनमा आएको थियो ।

घोराहीको मुख्य बजारमा रहेको सिटी प्लाजा हेर्दा आर्कषक र सेवा सुविधा राम्रो भए पनि भित्र चहलपहल कम छ ।
होटेल सञ्चालक कुलदीप न्यौपाने अहिले दाङमा ठुला होटेल चलाउन हम्मेहम्मे परिरहेको बताउनुहुन्छ ।

सरकारी तथा गैरसरकारी संस्थाले कहिलेकाहीँ गर्ने सभा, गोष्ठीले होटल जेनतेन चलिरहेको उहाँको भनाइ छ । “हामीले दाङ राजधानी हुन्छ भन्ने ठानेर ठुलो लगानीमा होटल खोल्यौँ, अहिले चलाउनै गाह्रो भएको छ”, उहाँले भन्नुभयोे, “यति धेरै लगानी गरेर आम्दानी गर्नु त परको कुरा, कर्मचारी पाल्नै मुस्किल छ ।

” पहिलेभन्दा पनि अहिले होटेलको आम्दानी खस्किँदै गएको उहाँको अनुभव छ । दाङमा पर्यटकीय स्थल धेरै भए पनि ती स्थानको प्रचारप्रसार नहुँदा सोचे जस्तो पर्यटक आउन सकेका छैनन् ।

प्रदेशको राजधानी नहुनु र भने जस्तो पर्यटक पनि जिल्लामा नआउँदा दाङका होटेल व्यवसायीहरूले लगानी अनुसार प्रतिफल प्राप्त गर्न नसकेको गुनासो गरिरहेका छन ।

दाङमा सबैभन्दा ठुलो लगानीमा खुलेको भनिएको माला इन प्रालिका सञ्चालक समितिका अध्यक्ष ओविन्द्र महरा होटलको आम्दानीबाट बैङ्कको ब्याज तिर्न पनि मुस्किल भइरहेको बताउनुहुन्छ । बैङ्कबाट कर्जा लिएर सुरु गरिएको होटलबाट कर्मचारी पाल्न र बैङ्कको ब्याज तिर्न पनि नसकिएको गुनासो उहाँको छ । मासिक रु १६ लाख खर्च हुने होटेलमा आम्दानी निकै न्युन रहेको उहाँ बताउनुहुन्छ ।

“राजधानी बन्ने आसमा होटलमा लगानी ग¥यौँ, राजधानी पनि आएन, आम्दानी पनि गर्न सकिएको छैन”, उहाँले भन्नुभयो, “अहिले हामीले मासिक खर्च पनि आफ्नो गोजीबाट हालिरहेका छौँ ।”

होटल व्यवसायीहरुले आफ्नो व्यवसायमा करोडौँ लगानी गरिरहेको अवस्थामा सरकारले त्यसलाई प्रवद्र्धन गर्न नसकेको उहाँ बताउनुहुन्छ । पछि केही हुन्छ की भन्ने आशमा आफुहरुले जेनतेन होटल सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

दाङ देउखुरी होटेल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगी पनि सरकारले वेवास्ता गर्दा होटेलमा गरेको लगानी डुब्ने अवस्थामा व्यवसायी पुगेको बताउनुहुन्छ ।

दाङ पर्यटनका हिसाबले सम्भावना बोकेको जिल्ला भए पनि सरकारको गतिलो नीति नहुँदा सबै क्षेत्र धरासायी बन्ने अवस्थामा पुगेको उहाँको भनाइ छ । “दाङमा पर्यटक भित्र्याउने थुप्रै क्षेत्रहरु छन्”, उहाँले भन्नुभयो, “तर ती क्षेत्रको पुर्वाधार विकासमा समेत राज्यले चासो दिन सकेको छैन ।”

घोराहीमा करोड बढी लगानीका अन्य होटेलमा होटेल भिङ्ग्रेली भिलेज, थ्री स्टार, राप्ती सुपरलज, होटल माउन्ट भ्यू, होटेल ग्रीन भ्याली लगायका छन् । त्यस्तै तुलसीपुरको होटल एकान्त पनि करोड बढीको लगानीमा बनेको अनुमान गर्न सकिन्छ ।

लमहीमा देउखुरी दरबार होटल पनि ठूलो धनराशीमा बनेको होटल हो । यी होटलहरुमा विशेषगरी ‘भिआइपी’ (अति विशिष्ट पाहुना)लाई हुने सुविधाहरुको व्यवस्था गरिएको छ । तिनमा एसी, एटेच बाथरुम, प्याकेज सहितको खानाको व्यवस्था गरिएको पाइन्छ ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अनुसार भिआइपी सुविधासहित अहिले घोराहीमा मात्रै एकै दिनमा एक हजार मान्छे राख्न सक्ने ठुला होटेलहरु सञ्चालनमा आइसकेका छन् । त्यस्तै तुलसीपुर र लमहीसहित जोडेर थप ५०० मानिस राख्नसक्ने क्षमता दाङका होटेलहरुमा छ ।

होटेल व्यवसायी समितिका अध्यक्ष डाँगीका अनुसार अहिले जिल्लाका होटेलहरुले सरकारलाई अन्तःशुल्क, घरेलु, व्यवसायिक, सरसफाइ र मदिरा कर लगायतका विभिन्न प्रकारका करहरु तिरिरहेका छन् । व्यवसायीले जति धेरै कर तिरे पनि सरकारको तर्फबाट कुनै पनि सेवा सुविधा आफुहरुले नपाएको अध्यक्ष डाँगीले बताउनुभयो ।

“विभिन्न वहानामा व्यवसायीहरुबाट कर असुली गरे पनि उनीहरुलाई भने जस्तो सेवा सुविधा दिइएको छैन”, उहाँले गुनासो गर्नुभयो । दाङमा अहिले ११ सय जति साना ठुला होटेलहरु दर्ता भएका छन । त्यसबाहेक सयौँ होटेलहरु बिना दर्ता सञ्चालन भएको बताइन्छ ।

सरकारी निकायले नियमित अनुगमन नगर्नु र कर छलीको उद्देश्यले साना होटेलहरु दर्ता बिना सञ्चालन भैरहेको स्वयं होटल व्यवसायीहरु बताउँछन ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

जेन–जी आन्दोलन लोकतन्त्रलाई शून्य बनाउने षड्यन्त्र थियो : ओली

सल्लाघारीमा एमालेको एघारौं महाधिवेशन उद्घाटन (प्रत्यक्ष प्रशारण)

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com