काठमाडौ, बैशाख १३ । नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्रीले रास्वपा सरकारले आर्थिक कार्यक्रम ल्याउन ढिलाई गरेको बताएका छन । एविसी टेलिभिजनको कार्यक्रम एविसी वाचमा उनले यस्तो बताएका हुन । कार्यक्रममा उनले भने सरकारले तदरुकताका साथ सय बुँदे शासकिय सुधार कार्यक्रम ल्यायो , त्यसरी नै आर्थिक कार्यक्रम ल्याउनुपर्छ । आर्थिक कार्यक्रम ल्याउन ढिलाई नगर्न उनले सरकारलाई सुझाव कार्यक्रम मार्फत दिएका छन । अर्थतन्त्रको यथार्थ बुझेर आर्थिक कार्यक्रममा सरकार ल्याउन सके मुलुकको अर्थतन्त्र जोगिने उनले बताए । नयाँ सरकार स्थिर सरकारले भएकाले देशको अर्थतन्त्रको हितमा काम गर्न उनले आग्रह गरेका छन



















प्रतिक्रिया दिनुहोस्