ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुनर्निर्माणमा प्राधिकरण र स्थानीय तहबीच सहकार्य


admin
माघ ३, २०७५ बिहीबार  ४ : ४८ बजे

बागलुङ, ३ माघ । भूकम्पपछिको पुनर्निर्माणलाई गति दिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र यहाँका स्थानीय तहबीच सहकार्य अघि बढेका छन् । दुवै पक्षले समन्वय र सहयोग आदानप्रदानका लागि समझदारीपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

यसअघि प्राधिकरणले निजी आवासको पुनर्निर्माणमा स्थानीय तहलाई सहभागी गराउने निर्णय गरेको थियो । सोअनुसार जिल्लाका दश स्थानीय तहले पुनर्निर्माणसम्बन्धी कार्यक्रम र योजना कार्यान्वयनको जिम्मेवारी पाएका छन् ।

पुनर्निर्माणमा चाहिने जनशक्ति र बजेट भने प्राधिकरणले व्यवस्था गर्नेछ । जनशक्तिलाई काममा खटाउने, हाजिरी राख्ने लगायत प्रशासनिक कामको जिम्मा स्थानीय तहलाई छ । कर्मचारीको तलब भत्ता पनि प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइमार्फत उपलब्ध हुनेछ ।
स्थानीय तहमा थप कर्मचारी र विज्ञ आवश्यक परेमा प्राधिकरणले नै पठाउने एकाइका निमित्त प्रमुख इञ्जिनीयर रामाशिष साहले बताउनुभयो । पुनर्निर्माणमा खटिएका जनशक्तिलाई अन्य काममा लगाउन नपाइने प्रावधान छ ।

समझदारीपत्रमा कर्मचारीलाई चाहिने कार्यकक्ष र फर्निचर स्थानीय तहले उपलब्ध गराउनुपर्ने उल्लेख छ । मसलन्द खर्चका लागि आवश्यक बजेट भने शर्तसहित प्राधिकरणले उपलब्ध गराउनेछ ।

स्थानीय तहबाट कार्यान्वयन हुने आयोजना प्राधिकरणले तोकेअनुसार सम्पन्न गरी स्थानीय तहले नै फरफारक गर्नुपर्ने व्यवस्था छ । “लाभग्राहीले पाउने अनुदान प्राधिकरणबाट निकासा जान्छ,” इञ्जिनीयर साहले भन्नुभयो, “योजना कार्यान्वयन गर्ने, सम्पन्न गर्ने जिम्मा स्थानीय तहको हो ।”

पुनर्निर्माणमा खटिएका कर्मचारीले पदीय आचरण विपरीत कार्य गरेमा स्थानीय तहले कारवाहीका लागि जिल्ला आयोजना कार्यान्वयन एकाइमा सिफारिश गर्नेछन् । निजी आवास पुनर्निर्माणसम्बन्धी तथ्याङ्क, अभिलेख, दस्तावेज पनि विस्तारै स्थानीय तहलाई हस्तान्तरण गरिने जनाइएको छ ।

स्थानीय तहको जिम्मामा आएपछि पुनर्निर्माण प्रभावकारी हुने विश्वास गरिएको छ । प्राधिकरणसँग भएको समझदारीअनुसार काम अघि बढेको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले भन्नुभयो । “पुनर्निर्माण हाम्रो साझा दायित्व हो,” उहाँले भन्नुभयो, “सबै पक्षको सहयोग र समन्वयमा काम अघि बढ्छ ।”

जिल्लामा निजी आवासतर्फ कूल दुई हजार ३७५ लाभग्राहीको सूचीमा छन् । तीमध्ये दुई हजार १५६ को हालसम्म सम्झौता भइसकेको छ । रु तीन लाख अनुदानमा पहिलो किस्ता भुक्तानी दुई हजार ७०, दोस्रो किस्ता ७१७ र तेस्रो किस्ता ४०७ जनाले मात्र पाएका छन् । पूर्वाधारतर्फ बुङ्गादोभान–खुङ्गा–बोङ्गादोभान–खुङ्खानी सडक स्तरोन्नतिको काम भइरहेको छ ।

त्यस्तै भूकम्पले भत्काएका विद्यालय भवनको पुनर्निर्माणले पनि गति लिएको छ । यस वर्ष ४० विद्यालयको पुनर्निर्माण शुरु भएको छ । गत आवमा २६ विद्यालयको पुनर्निर्माण सम्पन्न भएको छ । थप दुई विद्यालय भवन क्रमागत योजनाअन्तर्गत निर्माणाधीन छन् भने बहत्तर विद्यालय पुनर्निर्माणको पखाईमा छन् ।

पुनः जाँच र सर्वेक्षण गरेर भए पनि छुटेकालाई अनुदान दिलाइनेछ । भूकम्प गएको दुई वर्षपछि मात्र प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ स्थापना भएकाले पुनर्निर्माणमा ढिलाइ भएको हो । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनावको मुखमा अशान्त रौतहट: रौतहटमा सम्प्रदायिक हिंसाको इतिहास यस्तो छ

इतिहासले पन्छाएकाहरू चुनावबारे भ्रम फैलाइरहेका छन् : प्रचण्ड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

घण्टी बजाउँदै चुनाव प्रचार : आयोगको डण्डा, रास्वपा र राप्रपाबीच आरोप–प्रत्यारोप

नेपाली सेनाद्वारा ४३ जिल्लामा निर्वाचन सामग्री ढुवानी

कांग्रेसले भन्यो – असुरक्षासँगै पार्टीका उम्मेदवारमाथि अपमान र दुर्व्यवहार बढ्यो

बुटवल पुगेर कुलमानले भनेः सहकारी ठगीका दोषीलाई कारबाही हुनुपर्छ

कीर्तिपूरका पूर्वमेयर रमेश मर्हजन नेकपामा प्रवेश

सशस्त्रका २३ एसएसपी निर्वाचन सुरक्षा अनुगमनमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com