ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वाइकमा यात्रु ओसार्ने ‘टुटल’ र ‘पठाओ’ मोबाइलबाट यसरी हुन्छ कारोबार , तीन वर्षदेखि शुरु भएको सेवा प्रहरीले बल्ल चाल पाए


एबीसी न्यूज


काठमाडौँ, २ माघ । पछिल्लो समयमा काठमाडौँ उपत्यकामा मोटरसाइकलले यात्रु ओसार्ने क्रम यत्रतत्र रहेको पाइएको छ ।

विगत तीन वर्षदेखि शुरु भएको यो सेवा प्रहरीले भने बल्ल चाल पाएको छ । विभिन्न क्षेत्रबाट गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले यसको निगरानी शुरु गरेको छ ।

शुरुमा हेल्लो सरकारमा मोटरसाइकले यात्रु ओसार–पसार गरिरहेकाले यसको वैधानिकता के छ भनेर गुनासो आयो ।हेल्लो सरकारबाट महानगरीय ट्राफिक प्रहरी महाशाखामा आवश्यक छानबिनका लागि निर्देशन भयो । बुझ्दै जाँदा मोबाइल एप्समार्फत मोटरसाइकलको प्रयोग गरेर यात्रु ओसारेको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक जयराज सापकोटाले बताए।

नेपालमा भाडाका सवारीसाधन र ट्याक्सीले यात्रु ओसार्दै आएका छन् । यातायात व्यवस्था ऐनमा भएको प्रावधानमा टेकेर सरकारी अनुमतिमा यस्ता सवारीसाधनले निश्चित शुल्क लिएर यात्रु बोक्छन् । तपाईं हामीले पनि भाडाका गाडी प्रयोग गर्दै आएका छौँ । कुनै पनि सवारीले यात्रु बोक्नलाई यातायात व्यवस्था विभागमा दर्ता गर्नुपर्छ ।

तर यातायात व्यवस्था विभागमा मोटरसाइकलले यात्रु बोक्न पाउने भनेर दर्ता नभएको पाइएपछि गैरकानूनी काम भनेर कारवाही थालिएको प्रवक्ता सापकोटा बताउँछन्। “प्रहरीमा पनि गुनासो आउन थालेको छ, हामीले पाँच वटा मोटरसाइकललाई कारवाही गरेर अब प्रयोग नगर्ने सर्तमा छाडेका छौँ, कानूनी प्रक्रिया नपुर्याएसम्म यस्तो पेशा गर्न कसैलाई छुट छैन,” प्रवक्ता सापकोटाले भने।

उनका अनुसार उनीहरुले ‘टुटल’ र ‘पठाओ’ नामको मोबाइल एप्लिकेसनमार्फत सम्पर्कमा आएका यात्रुलाई शुल्क लिएर एक ठाउँबाट अर्को ठाउँमा पुर्याउने गरेका छन् । “राम्रै काम भए पनि अवैध रुपमा त गर्न पाइएन”, उनले भने, “यसका विषयमा थप अनुसन्धान भइरहेको छ ।” यसरी सेवा दिने मोटरसाइकल टुटलसँग एक हजार र ‘पठाओ’सँग एक हजार बाइक रहेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरु विभिन्न स्थानमा रहने भएकाले जुन ठाउँका यात्रुको माग आउँछ त्यही ठाउँको मोटरसाइकल प्रयोग हुन्छ ।

मोटरसाइकल भएका विद्यार्थी, चिकित्सक, वकील, विदेश गएर फर्किएका, विदेश जाने तयारीमा रहेका, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरु यात्रु बोक्न सहभागी हुने गरेको अनुसन्धानबाट थाहाभएको प्रहरीले जनाएको छ ।

यसरी गर्छ ‘टुटल’ र ‘पठाओ’ले काम

‘टुटल’ र ‘पठाओ’को मोबाइल एप्लिकेसन बनेको छ । त्यही एप्लिकेसन डाउनलोड गरी ग्राहकहरु जोडिन सक्छन् । एप्लिकेसनमार्फत यात्रुले फलानो ठाउँबाट फलानो ठाउँमा जाने भनेर लेखेर पठाउँछन् । त्यसको जवाफ तुरुन्तै आउँछ ।

यति मुल्यमा यति लाग्छ भनेर रुट र नक्सासहित आउँछ । यात्रुले ‘ओके’ भनेपछि एकै छिनमा तोकेको ठाउँमा मोटरसाइकल आइपुग्छ । उनीहरुले न्यूनतम रु ३० रुपैयाँ र प्रतिकिलोमिटर रु १५ का दरले शुल्क लिने गरेका छन् । यो ट्याक्सीको मिटर प्रणाली जस्तै हो । तर यसमा भने ग्राहक आफैँले प्रविधिको प्रयोग गरी सेवा लिन सक्छन् ।

मुख्यगरी नाकाबन्दीका बेलामा सवारीको अभाव हुँदा यो प्रविधिको विकास भएको थियो । टुटलका एक जना सञ्चालक शिशिर भट्टले प्रविधि प्रदायक कम्पनी भएकाले आफूहरुले प्रविधिको विकास मात्रै गरेको बताए। उनले आफूहरु यातायात व्यवस्था विभागसँग सम्बन्धित नै नभएको उल्लेख गरे । तर एप्समार्फत प्रयोग हुने मोटरसाइकललाई प्रहरीले पक्राउ गरेपछि आफ्नो व्यवसाय पनि प्रभावित हुने भट्ट बताउँछन्।प्रहरीका अनुसार यो प्रविधिको प्रयोग गरेबापत ९७ प्रतिशत मोटरसाइकलवालाले र तीन प्रतिशत प्रविधि सञ्चालकले लिने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com