ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आपतकाल घोषणा अहिल्यै नगर्ने राष्ट्रपति ट्रम्पको घोषणा


admin
पुस २९, २०७५ आईतबार  १ : ५६ बजे

 एजेन्सी,२९ पुस । संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सङ्घीय कार्यालयहरु आंशिक बन्द भइरहेको सन्दर्भमा त्यसलाई खुलाउन आफूले आपतकालीन स्थितिको घोषणा नगर्ने बताउनुभएको छ ।
बजेट अभावमा धेरैवटा अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएको आइतबारसम्म २३ दिन पुगिसकेको छ । राष्ट्रपति ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल निर्माण गर्न माग गर्नुभएको करिब ६ अर्ब अमेरिकी डलर बजेट संसदले पारित नगरे बजेट नै स्वीकृत नगर्ने अडान राख्दै आउनुभएको छ ।

तर, अमेरिकी तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याट पार्टीले पर्खाल निर्माणका लागि राष्ट्रपतिले माग गर्नुभएको रकम कुनैपनि हालतमा पारित गर्न नसक्ने बताएका छन् । उनीहरुले पर्खाल निर्माणको कार्य “अनुत्पादक र खर्चिलो” भन्दै मेक्सिको सीमाबाट अमेरिका प्रवेश गर्ने आप्रवासीबाट अमेरिकाको आन्तरिक सुरक्षामा कुनै खतरा नरहेको दाबी गरिरहेका छन् ।

राष्ट्रपति ट्रम्पले भने मध्य अमेरिकी मुलुकबाट अमेरिका प्रवेश गरेका आप्रवासीका कारण अमेरिकाको आन्तरिक सुरक्षामा ठूलो खतरा रहेको बताउनुभएको छ । उहाँले मध्य अमेरिकाबाट लागूऔषध भित्रिएको, हत्याहिंसा बढेको, सामाजिक विकृति र विसंगति बढेको आरोप लगाउँदै आउनुभएको छ ।

आपतकालीन स्थिति घोषणा गरी बजेट छुट्याउन किन ढिलाई गरेको भनी फक्स न्यूजले राखेको जिज्ञासामा राष्ट्रपति ट्रम्पले भन्नुभयो, “म विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदलाई अझै केही समय दिन चाहन्छु । मेरो विचारमा उनीहरुले अवश्य जिम्मेवारीका साथ निर्णय लिनेछन् ।”

अमेरिकामा सङ्घीय कार्यालयहरु बजेट अभावमा यति लामो अवधिसम्म बन्द भएको यो पहिलो घटना हो । अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको कार्यकालमा सन् १९९५–९६ मा २१ दिनसम्म अमेरिकी सङ्घीय कार्यालयहरु बन्द भएका थिए ।

राष्ट्रपति ट्रम्पले आफ्नो प्रस्ताव ठीक रहेको भन्दै शनिबार धेरैपटक ट्वीट गर्नुभएको थियो । दक्षिणी सीमामा जारी ठूलो मानवीय सङ्कट अन्त्य गर्न पनि बजेट आवश्यक रहेको उहाँको भनाइ छ ।

“डेमोक्र्याट सांसदहरुले यो समस्या १५ मिनेटमा सुल्झाउन सक्छन्,” उहाँले एउटा ट्वीटमा भन्नुभएको छ । लगत्तै अर्को ट्वीटमा उहाँले भन्नुभयो, “डेमोक्र्याट साथीहरुलाई पर्खेर हामी ह्वाइट हाउसमा बसेका छौं । हामी पनि लामो छुट्टीमा जान चाहन्छौं । म पर्खाल सहितको बजेटमा हस्ताक्षर गर्न ह्वाइट हाउसमा प्रतिक्षारत छु ।”

बजेट स्वीकृत नभएको परिणामस्वरुप आठ लाख कर्मचारी तलबविहीन भएका छन् । बजेट अभावमा सङ्घीय जाँच ब्यूरो, एयर ट्राफिक कन्ट्रोलर र सङ्ग्रहालयमा कार्यरत कर्मचारीले शुक्रबार तलब पाएनन् ।

ह्वाइट हाउसमा शुक्रबार भएको एक बैठकमा राष्ट्रपति ट्रम्पले भन्नुभएको थियो, “यदि डेमोक्र्याटले बजेट पारित नगर्ने हो भने म राष्ट्रिय आपतकाल घोषणा गर्नेछु । मसँग त्यस्तो घोषणा गर्ने पूर्ण अधिकार छ ।”

ट्रम्पले उक्त कदम आफ्नै लागि घातक हुने थाहा पाउनु भएको छ किनभने त्यस्तो कदम विरुद्ध सर्वोच्च अदालतमा मुद्दा पर्ने निश्चित छ । विपक्षी डेमोक्र्याट पार्टीले राष्ट्रपतिबाट बिना आधार आपतकाल घोषणा गरिए त्यो राष्ट्रपतिबाट संविधान उल्लङ्घनको घटना हुने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

जेसीज ‘ककस’ को प्रत्यक्ष प्रसारण एबीसी टेलिभिजनले गर्ने

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com