ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

यमनका वरिष्ट गुप्तचर अधिकारीको मृत्यु


admin

दुबई, २९ पुस । यमनका वरिष्ट गुप्तचर अधिकारी ब्रिगेडियर जनरल सालेह तमाहको हुथी विद्रोही समूहले गरेको ड्रोन आक्रमणबाट मृत्यु भएको छ ।

स्वास्थ्य अधिकारीहरुका अनुसार यमनको सबैभन्दा ठूलो हवाई अखडामा हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणका क्रममा उहाँ गम्भीर घाइते हुनुभएको थियो ।

यमनको अल–अनन्द हवाई अखडामा सैनिक परेड भइरहेका बखत गत बिहीबार हुथी विद्रोहीले गरेको ड्रोन आक्रमणबाट गुप्तचर निकायका ब्रिगेडियर जनरल सालेह तमाहा गम्भीर घाइते हुनुभएको थियो ।

उक्त सरकार नियन्त्रित सैनिक अखडा यमनको दोस्रो ठूलो सहर एडेनबाट करिब ६० किलोमिटर उत्तरको लाहिज प्रान्तमा रहेको छ ।

स्वास्थ्य अधिकारीहरुले सख्त घाइते तमाहालाई एडेनस्थित अस्पतालमा उपचार गरिएको तर आइतबार बिहान मृत्यु भएको जनाएका छन् ।

उक्त आक्रमणबाट तमाहा समेतका सात जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका थिए । संयुक्तराष्ट्र सङ्घको पहलमा भएको युद्धबिरामलाई नै यो आक्रमणले सङ्कटमा पार्ने अनुमान गर्न थालिएको छ ।

आक्रमणमा घाइते भएकाहरुमा यमनका उपसैनिक प्रमुख सालेह अल–जन्दानी, वरिष्ट सैनिक कमान्डर फादेल हसन र लाहिजका गभर्नर अहमद अब्दुल्लाह अल–तुर्की रहनुभएको छ ।

एकजना यमेनी अधिकारीले तुर्की र जन्दानीलाई थप उपचारका लागि साउदी अरेबिया लगिएको बताएका छन् । आक्रमणप्रति राष्ट्रसङ्घले चिन्ता व्यक्त गरेको छ । राष्ट्रसङ्घले युद्धरत दुबै पक्षलाई धैर्य र संयम अपनाउन आग्रह गरेको छ ।

गत महिना स्वीडेनमा भएको वार्तामा इरान समर्थित हुथी विद्रोही र साउदी अरेबियाको गठबन्धन समर्थित यमन सरकारबीच धेरैवटा सम्झौतामा हस्ताक्षर भएको थियो । उक्त सम्झौताले विगत चार वर्षदेखि यमनमा जारी गृहयुद्ध अन्त्य गर्ने विश्वास लिइएको थियो ।

युद्धरत दुबै पक्षले बन्दरगाह सहर होडेडा र तेस्रो ठूलो सहर ताइजबाट आआफ्ना सैनिक फिर्ता गर्ने सहमति जनाएका थिए ।

यमनमा जारी गृहयुद्धबाट १० हजारभन्दा बढी नागरिकको ज्यान गइसकेको छ भने लाखौं मानिस विस्थापित भएका छन् । साथै, यमनमा व्याप्त भोकमरिले मानवीय सङ्कट निम्त्याएको राष्ट्रसङ्घ समेतका विभिन्न निकायले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com