ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ६, २०८३ शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जेल सजायविरुद्धको अपिल खारेज


admin
पुस २७, २०७५ शुक्रबार   ५ : ४९   बजे

 एजेन्सी,२७ पुस । रोयटर्स समाचार संस्थाका दुई जना पत्रकारलाई म्यान्मारमा दिइएको सात वर्षको जेल सजाय विरुद्धमा गरिएको अपिललाई म्यान्मारको क्षेत्रीय अदालतका एक न्यायाधीशले खारेज गरेका छन् ।

रोयटर्स समाचार समितिमा कार्यरत ३१ वर्षीय वा लिने र २८ वर्षीय क्याब सोएलाई राज्यको सुरक्षा कानुन उल्लङ्घन गरेको आरोपमा सन् २०१७ डिसेम्बरमा पक्राउ गरिएको थियो ।

राखिन राज्यको सुरक्षामा प्रश्नचिह्न उठ्ने गरी यी पत्रकारहरुले गोप्य सूचना बाहिर लगेको आरोप लागेको छ ।
क्षेत्रीय उच्च अदालतका न्यायाधीश आङ नाइङले शुक्रबार ती दुई पत्रकारले सात वर्षे जेल सजाय विरुद्धको गरेको अपिल खारेज गर्ने अदालतको निर्णय भएको बताएका छन् ।

म्यान्मारको सर्वोच्च अदालतका वकीलहरुले दिएको यस अपिलको प्रक्रिया पूरा हुनका लागि नै छ महिना लाग्ने पनि नाइङ्ले बताएका छन् ।

यी दुई पत्रकारको पक्राउलाई अन्तर्राष्ट्रिय समुदाय र सञ्चार माध्यमले सञ्चार स्वतन्त्रताको हनन गरेको आरोप लगाउँदै आएको भएता पनि म्यान्मार भने यी दुई पत्रकारप्रति अनुदार देखिएको छ ।

तर म्यान्मारको राखिन राज्यमा सन् २०१७ मा भएको सैनिक दमनका कारण ७ लाख २० हजारभन्दा बढी रोहिङ्ग्या मुसलमान समुदाय सीमा इलाकामा पर्ने देश बङ्गलादेश पुगेका थिए ।

उक्त समयमा राखिन राज्यको रोहिङ्ग्या मुसलमानहरुको हत्या, बलात्कार र घरहरुमा आगजनीको घटना भएको थियो । यस्ता दमनहरुका कारण आफ्ना घरहरुमा बस्न नसकेपछि ती मुसलमानहरु छिमेकी बङ्गलादेशको शरणका पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेन समूह जोगाउन रास्वपाले बढायो सभापतिको अधिकार, रविलाई सर्वशक्तिमान बनाउने तयारी

ईभी गाडी प्रकरण: रसुवा भन्सारका तत्कालीन प्रमुखसहित १३ कर्मचारी निलम्बनमा, गाडी

सम्बन्धित

इजरायल र हिज्बुल्लाह समूह ‘युद्धविरामका लागि सहमत’

ट्रम्पले ‘तस्बिर खिच्न बिन्ती गरिन्’ भन्ने अभिव्यक्तिप्रति प्रधानमन्त्री मेलोनीको कडा प्रतिवाद

इजरायल–हिजबुल्लाहबीच पुनः युद्धविराम: दक्षिण लेबनानमा हिंसा चर्किएपछि अमेरिका–इरान वार्ता रद्द

अमेरिका–इरान शान्ति सम्झौता स्थगित : शान्ति प्रक्रिया कि कूटनीतिक अनिश्चितता?

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

महिनौँको युद्धपछि ऐतिहासिक सहमति: ट्रम्प र इरानी राष्ट्रपतिले गरे शान्ति सम्झौता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group