ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अफ्रिकी युनियनको चुनावी प्रचार शुरु, एएनसीका लागि फलामको च्यूरा


admin

एजेन्सी,२७ पुस ।  दक्षिण अफ्रिकाको सत्तारुढ दल अफ्रिकी नेसनल कङ्ग्रेस (एएनसी)ले चुनावी अभियान शनिबारदेखि शुरु गर्ने भएको छ । दक्षिण अफ्रिकामा आगामी मे महिनामा चुनाव हुँदैछ । पार्टीभित्रको आन्तरिक विभाजन, सुस्त अर्थतन्त्र तथा घट्दो जनमतबीच एएनसीले चुनावी अभियान शुरु गर्न लागेको छ ।

रङ्गभेद नीतिको अन्त्य भएपछि २५ वर्षदेखि एएनसीले दक्षिण अफ्रिकामा एकछत्र शासन गरिरहेको छ । पूर्व राष्ट्रपति ज्याकोब जुमाको राष्ट्रपतीय शासनकालमा भ्रष्टाचार बढेका कारण आमजनतामा एएनसीको लोकप्रियतामा ठूलो ह्रास आएको छ । सत्तामा नौ वर्ष रहेका ज्याकोब जुमालाई गत वर्षको फेब्रुअरीमा एएनसीले पदबाट हटाएको थियो ।

नेल्सन मन्डेलाले नेतृत्व गरिसकेको एएनसीले सन् २०१६ को स्थानीय चुनावमा बहुमत ल्याउन निकै सङ्घर्ष गर्नु परेको थियो । पार्टीले कूल खसेको मतको करिब ५४ प्रतिशत मात्र मत प्राप्त गरेको थियो । मुलुकका दुई ठूला सहरहरु जोहानेसबर्ग र प्रिटोरियामा पार्टीले हार व्यहोर्नु परेको थियो ।

तर पछिल्लो पटक इपसोसले गरेको एक सर्वेक्षणमा मे महिनामा हुने राष्ट्रिय र प्रान्तीय चुनावमा ६१ प्रतिशतसम्म मत प्राप्त गर्ने प्रक्षेपण गरिएको छ ।

बजार सुधारवादी नेता सिरिल रामाफोसा अफ्रिकाको राष्ट्रपति भएपछि एएनसीको छवीमा केही सुधार आएको बताइन्छ । ज्याकोब जुमालाई पार्टीबाट हटाएलगत्तै रामाफोसा अफ्रिकाको राष्ट्रपतिमा चुनिनु भएको थियो ।

“रामाफोसा नभएको भए एएनसीले चुनावमा ठूलो पराजय व्यहोर्ने निश्चित थियो,” राजनीतिशास्त्री झोलानी दुबेले बताउनुभयो । “एएनसीले सबै किसिमका चुनावहरु हार्ने अवस्थामा थियो तर रामाफोसा उद्धारकका रुपमा देखिनुभएको छ ।”

अरु कतिपय विश्लेषकहरु बढी नै सतर्क देखिन्छन् । उनीहरुको भनाईमा रामाफोसा राष्ट्रपति नभए पनि पार्टीले चुनाव जित्ने सम्भावना थियो, तर पार्टीलाई झिनो बहुमत मात्र प्राप्त हुन्थ्यो ।

शनिबार, पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजना हुने समारोहमा डर्बानको रङ्गशालामा ८५ हजारभन्दा बढी पार्टी समर्थक एवं शुभेच्छुक भेला हुने अपेक्षा गरिएको छ । पार्टीका वरिष्ट सदस्यहरु यसै साता क्वाजुलु नाटाल प्रान्तमा चुनावी सभामा सहभागी हुँदैछन् ।

ठूलो जनसंख्या रहेको क्वाजुलु नाटाल प्रान्तबाटै चुनावी घोषणापत्र सार्वजनिक गर्नुको विशेष महत्व रहेको छ । गत वर्षको शक्ति सङ्घर्षपछि एएनसीभित्र एकता रहेको देखाउन पनि नाटाल प्रान्तलाई रोजिएको बताइन्छ ।

रामाफोसाले पार्टीभित्र सम्बन्ध सुधार गर्ने सार्वजनिक रुपमै घोषणा गर्नुभएको छ । पूर्व राष्ट्रपति जुमाप्रति सकारात्मक टिप्पणी गरेर रामाफोसाले पार्टीका सबैको सदभाव बटुल्ने प्रयत्न गर्नुभएको छ ।

“रामाफोसाले ज्याकोब जुमाको प्रतिछायाँलाई सम्बोधन गर्नु आवश्यक छ जुन एएनसीको पार्टी संरचनाभित्र घुमिरहेको छ,” दुबेले भन्नुभयो ।

रामाफोसाले यसै साता भन्नुभयो, “हाम्रो इतिहासमा अर्को महत्वपूर्ण क्षणको सङ्घारमा हामी आइपुगेका छौं, हामीले विगतको अभियानलाई पुनस्र्थापित गर्नु परेको छ ।”

रामाफोसाको एउटा महत्वपूर्ण प्रतिज्ञा नै संविधान शंसोधन पनि हो जसमा अल्पसंख्यक गोरा जातिको स्वामित्वमा रहेको जमिन बिना क्षतिपूर्ति गरिब काला जातिलाई उपलब्ध गराउनु रहेको छ ।

भूमिहीन काला मतदातालाई यो योजनाले आकर्षित गर्नेछ भने धेरै विदेशी लगानीकर्ताहरु यस योजनाबाट त्रसित हुन थालेका छन् ।
पार्टीले ६० प्रतिशतभन्दा बढी मत ल्याएर विजयी भएमा पार्टीको प्रभाव अझ बढ्नेछ ।

अफ्रिकाको आर्थिक वृद्धि गत वर्ष शून्य दशमलब ७ प्रतिशत मात्र रहेको थियो । बेरोजगारी दर २७ प्रतिशतभन्दा बढी पुगेकाले आमजनतामा पार्टीप्रति असन्तुष्टी चुलिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

अमेरिकाको विरोधका बीच जी–ट्वान्टी शिखर सम्मेलन सम्पन्न

मोदी–नीतिश गठबन्धनलाई २०२ सिट, विपक्षी ३५ मै सीमित

फिलिपिन्समा आँधी ‘कलमेगी’ को प्रभाव : दशौँ हजार नागरिकलाई सुरक्षित ठाउँमा सारियो

थाइल्यान्डकी पूर्वमहारानी सिरिकितको ९३ वर्षको उमेरमा निधन

भारतको राजस्थानमा गुडिरहको बसमा आगलागी हुँदा २० जनाको मृत्यु

बन्धक रिहाइका लागि इजरायल जाँदै ट्रम्प, भने– गाजामा युद्ध समाप्त भयो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com