ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कङ्गोको राष्ट्रपतिमा विपक्षी नेता फेलिक्स विजयी


admin
पुस २६, २०७५ बिहीबार  २ : ४६ बजे

 एजेन्सी,२६ पुस ।  प्रजातान्त्रिक गणतन्त्र कङ्गोका विपक्षी नेता फेलिक्स शिकेकेडी राष्ट्रपति पदमा निर्वाचित हुनुभएको छ । गृहयुद्धबाट तहसनहस भएको कङ्गोमा १८ वर्षको अवधिमा यो पहिलो सत्ता हस्तान्तरण हो ।

राष्ट्रपतिको चुनावमा पटकपटक भएका ढिलाईले अफ्रिकाको यो विशाल एवं गरिब देशमा हिंसात्मक घटना हुँदै आएका थिए । निर्वाचित भएलगत्तै नवनिर्वाचित राष्ट्रपति फेलिक्सले राष्ट्रिय एकतालाई सुदृढ तुल्याउन सबैसँग मिलेर काम गर्ने प्रतिज्ञा गर्नुभयो ।

उहाँले हिंसाहत्याको शृङ्खलाबीच मुलुकको नेतृत्व गर्नुभएका राष्ट्रपति जोसेफ काबिलालाई “लोकतान्त्रिक परिवर्तनका साझेदार” का रुपमा हेर्न आमजनता समक्ष आग्रह गर्नुभयो ।

निर्वाचनमा पराजित हुनुभएका मार्टिन फायुलुले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ । फायुलुले करिब ३५ प्रतिशत मत प्राप्त गर्नुभएको थियो । यस पटकको चुनावमा विगत १८ वर्षदेखि राष्ट्रको नेतृत्व गर्नुभएका राष्ट्रपति काबिला उम्मेदवार बन्नुभएको थिएन ।

“चुनावको नतिजा बिल्कुलै भरोसायोग्य छैन,” फायुलुले रेडियो फ्रान्स इन्टरनेसनलसँग भन्नुभयो ।

खनिज पदार्थबाट विश्वकै धनीराष्ट्र कङ्गोमा काबिलाको सत्तारोहणपछिका दुई वर्षसम्म ठूलो सङ्कट देखिएको थियो ।

हिंसात्मक रक्तपातपूर्ण इतिहास रहेको तथा सन् १९६० मा बेल्जियमबाट स्वतन्त्रता पाएको कङ्गोमा कहिल्यै सत्ताको शान्तिपूर्ण हस्तान्तरण हुन सकेको थिएन ।

“कूल खसेको मतको करिब ३९ प्रतिशत मत पाएसँगै फेलिक्स शिशेकेडी कङ्गोको राष्ट्रपतिमा चयन हुनुभएको छ,” स्वतन्त्र राष्ट्रिय चुनाव आयोगका प्रमुख कोर्नेल नान्गाले भन्नुभयो ।

बिहीबार बिहान चुनावको प्रारम्भिक नतिजा सार्वजनिक हुनासाथ सर्वत्र खुशीयाली व्यक्त गर्न थालिएको छ । “म राष्ट्रपति जोसेफ काबिलाप्रति कृतज्ञता व्यक्त गर्न चाहन्छु । आजदेखि हामीले उहाँलाई कहिल्यै बैरीका रुपमा हेर्ने छैनौं । उहाँलाई हामी मुलुकको लोकतान्त्रिक परिर्वतनमा साझेदार ठान्नेछौं,” शिसेकेडीले यूडीपीएस पार्टीको मुख्यालयमा आफ्ना समर्थकलाई सम्बोधन गर्दै भन्नुभयो ।

राष्ट्रपति जोसेफ काबिलाको पनि समर्थन रहेका इम्मानुएल रामाजानी शाडारीले तेस्रो स्थान प्राप्त गर्नुभएको थियो । उहाँले करिब २४ प्रतिशत मत प्राप्त गर्नुभएको थियो ।

चुनाव आयोगका अनुसार अन्तिम नतिजा जनवरी १५ मा घोषणा गरिनेछ । त्यसको तीन दिनपछि नवनिर्वाचित राष्ट्रपतिलाई सपथ गराइनेछ ।

मतगणनामा निकै ढिलाई भएपछि अनेक आशङ्का व्यक्त गरिएका थिए । चुनावी नतिजालाई लिएर हिंसा भड्किने आशंकामा राजधानी किन्सासाका सडकमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

नवनिर्वाचित राष्ट्रपति शिसेकेडी हाल ५५ वर्षका हुनुहुन्छ । उहाँ कङ्गोको सबैभन्दा पुरानो तथा ठूलो विपक्षी पार्टी युनियन फर डेमोक्रेसी एन्ड सोसल प्रग्रेस (युडिपिएस) का प्रमुख हुनुहुन्छ । यो दल उहाँकै बुबा इटीनले स्थापना गर्नुभएको हो । इटीन कङ्गोका महत्वपूर्ण राजनीतिक व्यक्तित्व हुनुहुन्थ्यो ।

चुनावी प्रचार अभियानका क्रममा शिसेकेडीले कङ्गोमा कानुनी शासन पुनस्र्थापित गर्ने, भ्रष्टाचार विरुद्ध लड्ने तथा पूर्वी क्षेत्रमा शान्ति ल्याउने प्रतिज्ञा गर्नुभएको छ । तर आलोचकहरुले उहाँमा राजनीतिक र व्यवस्थापकीय अनुभवको कमी रहेको बताउँदै आएका छन् ।

हालका राष्ट्रपति जोसेफ काबिलाले दुई वर्षअघि नै राजीनामा गर्नुपर्ने थियो, तर त्यसो गर्नु भएन । काबिलाका विरुद्धमा देशव्यापी प्रदर्शन भएका थिए । काबिला सरकारको दमनका कारण सयौंको अकालमा ज्यान गएको थियो ।

सन् २००६ र २०११ मा भएका चुनावमा रक्तपातपूर्ण हिंसात्मक घटना भएका थिए । सन् १९९६ र २००३ को बीचमा भएका दुईवटा युद्धका कारण यहाँ विदेशी सैनिक ल्याउनुपरेको थियो जसका कारण लाखौंको ज्यान गएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

डिस्पोजेबल ओलिगार्कहरू: धनी सम्भ्रान्तहरू किन अधिनायकवादीसँगको सम्झौताप्रति पछुताउँछन्?

जो ट्रम्पको हत्या योजनासहित लस एन्जलसदेखि वासिङ्टन पुगेका थिए

चीनले आफ्नो २+२ कूटनीति मध्य एशियासम्म विस्तार गर्ने सम्भावना

ट्रम्पकालीन अपमानसँग भारतले कसरी जुध्नुपर्छ?

प्यालेस्टाइनको निर्वाचन आयोगले वेस्ट बैंक र गाजामा स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक गर्‍यो

घानाले कृत्रिम बुद्धिमत्ता विकासलाई तिब्रता दिने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com