
काठमाडौं,१२ पुस । सरकारले बंगलादेश,दक्षिण कोरिया र स्पेनका लागि नेपाली राजदूतलाई फिर्ता बोलाएको छ ।
तात्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले नियुक्ति गरेको बंगलादेशका लागि राजदूत रहेका डा. चोपलाल भुसाल , स्पेनका लागि नेपाली राजदूत भरतबहादुर रायमाझी र दक्षिण कोरियाका लागि नेपाली राजदूत अर्जुन जंगबहादुर सिंहलाई फिर्ता बोलाइएको हो ।
साथै सरकारले थप ५ देशका लागि राजदूतहरुको नियुक्ति सिफारिस पनि गरेको छ । गत पुस ६ गते र ९ गते बसेको मन्त्रिपरिषद बैठकले परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्स, सहसचिवहरु दुर्गाप्रसाद भण्डारीलाई कुवेत, भृगु ढुंगानालाई क्यानडा, सहसचिव मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्रसंघको स्थायी प्रतिनिधि र गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि राजदूत नियुक्तिको सिफारिस गरेको छ ।
यस्तै सरकारले आफ्नै लगानीमा ३ सय विद्युतीय बस खरिद गर्ने निर्णय पनि गरेको छ । मन्त्रिपरिषको बैठकले अमेरिकासँग पर्यटकीय भिषा पारस्परिक गर्ने प्रस्ताव मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको छ ।
सूचना,प्रविधि तथा सञ्चारमन्त्री गोकुल बाँसकोटाले बैठकका निर्णय सार्व्जिनक गर्दै नयाँ व्यवस्थाअनुसार पर्यटक भिषामा नेपाल आउनेहरुलाई ५ वर्षे बहुप्रवेशी भिषा प्रदान गरिने जानकारी दिनु भयो ।
नया व्यवस्था अनुसार पाँच वर्षे भिषाले १८० दिन सम्म नेपालमा बस्न पाइनेछ भने बहुप्रवेशी भिषा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले १६० अमेरिकी डलर बुझाउनु पर्नेछ ।
यो निर्णयअनुसार अब दुई देशबीच भिषा शुल्क बराबरी भएको छ । नयाँ व्यवस्था सन् २०१९ जनवरी १ देखि लागू हुने संचारमन्त्रि बास्कोटाले जानकारी दिनु भयो । यो संगै अन्य महत्वपूर्ण निर्णयहरु पनि भएका छन् जसको भिडियो जस्ताको तस्तै पठाइएको छ ।



















प्रतिक्रिया दिनुहोस्