
काठमाडौं,९ पुस । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्पेषण नगर्न समग्र सञ्चार जगतलाई आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउदै अनुमानका भरमा समाचार नबनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।
निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका बारेमा सञ्चारजगतमा आएका टिप्पणी प्रति इगित गर्दै उहाँले प्रतिशतका आधारमा अनुसन्धानलाई व्याख्या गर्न नसकिने बताउनुभयो ।
उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि प्रहरीको प्रयास जारी रहेको पनि स्पष्ट पार्नुभयो । प्रहरी महानिरीक्षक खनालले प्रहरीसंगको विज्ञता को उच्च प्रयोग गर्दै अनुसन्धान जारी राखेको पनि उल्लेख गर्नुभयो ।
कतिपय घटनाको अनुसन्धानले लामो समय लिन सक्ने भन्दै उहाँले हतारमा नतिजा खोज्दा पन्त हत्याको अनुसन्धानमा कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले अनुसन्धानमा कमजोरी गर्नेलाई कारवाहीको दायरामा ल्याईने प्रतिवद्धता जनाउनुभयो ।
आफुले चढेको सवारी साधनका सम्बन्धमा सञ्चारकर्मीले उठाएको जिज्ञासामा प्रहरी महानिरीक्षक खनालले सवारी साधनप्रतिको विलासिता नभई आवश्यकता भएको प्रतिक्रिया दिनुभयो ।उहाँले अझै पनि प्रहरी प्रशासनमा स्रोतसाधनको अभाव रहेको बताउनुभयो ।



















प्रतिक्रिया दिनुहोस्