ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा विप्रेषणको विकल्प पर्यटन : मन्त्री अधिकारी


admin
पुस ८, २०७५ आईतबार  ८ : ४३ बजे

पोखरा, ८ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले नेपालमा विप्रेषणको विकल्प पर्यटन भएको बताउनुभएको छ ।
‘बुकवर्म फाउण्डेशन र ¥याण्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित सातौँ नेपाल साहित्य महोत्सव अन्तर्गत ‘किन घुम्ने नेपाल’ विषयक सम्वाद कार्यक्रममा उहाँले मुलुकमा रोजगारी सिर्जना गर्न नसक्दा लाखौँ युवाहरु रोजगारीको खोजीमा विदेशीन बाध्य भएको बताउनुभयो । उहाँले विदेशबाट विप्रेषण प्राप्त भएपनि त्यो देशको समृद्धिको दिगो आधार नभएको बताउनुभयो ।

पर्यटनको विकासबाट स्वदेशमा नै रोजगार सिर्जना गरी विप्रेषणको विकल्पका रुपमा पर्यटनको विकास अपरिहार्य रहेको बताउँदै पर्यटन मन्त्री अधिकारीले त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्दै थप गन्तव्यको खोजीमा मुलुकका तीनै तहका सरकार जिम्मेवार भएर लाग्नु पर्ने बताउनुभयो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई हालको यात्रु क्षमतामा दोब्वर बनाउनुको साथै आगामी नौ महीनाभित्र भैरहवास्थित गौतम वुद्ध विमानस्थल र २०२० सम्ममा पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थल सञ्चालनमा आउने जानकारी दिनुभयो ।

पर्यटनलाई काठमाडाँै, पोखरा र चितवन मात्र सीमित नराखी मुलुकको पूर्वदेखि पश्चिमसम्म विस्तार गर्ने नीति सरकारको रहेको उल्लेख गर्दै मन्त्री अधिकारीले पर्यटन उद्योगमा लगानी बढाउन व्यवसायीलाई आग्रह गर्नुभयो ।

मुलुकमा पर्यटनका लागि आवश्यक पूर्वाधार तयारी गरी पाँच वर्षमा ४० लाख बाह्रय पर्यटक भित्र्याउने योजनासाथ काम भईरहेको बताउँदै उहाँले त्यसबाट २५ प्रतिशत रोजगार सिर्जना हुने जानकारी दिनुभयो ।

मुलुकको आर्थिक विकासको मुख्य आधार पर्यटन भएको बताउँदै उहाँले पाँच वर्षभित्र मुलुकको कूल ग्रायस्थमा पर्यटन विकासको १० प्रतिशत योगदान रहने गरी काम भई रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल भ्रमण वर्ष २०२० का संयोजक सुरज वैद्यले मुलुकमा पर्यटन विकास गर्न आवश्यक भौतिक पूर्वाधार र नयाँ गन्तव्यको उजागर भई रहेको कारण यसै वर्ष तोकिएको सङ्ख्यामा पर्यटक आउने बताउनुभयो ।

पर्यटन विज्ञ आङछिरिङ शेर्पाले नेपालको पर्यटन क्षेत्रको विकास गर्न हिमाल र पदयात्रा गतिविधिलाई बढाउनुपर्नेमा जोड दिनुभयो ।

चारदिने सो महोत्सवमा चर्चित पाकिस्तानी लेखक मोहम्मद हनिफ, नेपाली मूलका भारतीय लेखक प्रज्जवल पराजुली, बेलायती ग्राफिक नोभलिस्ट डा निकोला स्ट्रिटेन र भारतीय पत्रकार हरिश नाम्वियरलगायत आठ देशका १२० लेखक तथा साहित्यकारको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

पार्टीका झण्डा जलाउने लगायतका गतिविधिप्रति कांग्रेसको आपत्ति

उपेन्द्र यादवको तिखो प्रश्न : “मधेस आन्दोलनमा बालेन कहाँ थिए ?”

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विश्वकपः सुपर एटमा आज पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

अमेरिकामा हिमपातले ५ हजारभन्दा बढी उडान रद्द, लाखौं प्रभावित

हाम्रो नेतृत्वमा शैक्षिक र प्रविधिक हब बन्दैछ दाङ– महासचिव पोखरेल

उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना

बैतडीमा एक महिना अवधिमा ३ निर्वाचन प्रहरीको मृत्यु

कांग्रेस सभापति थापाले सार्वजनिक गरे सर्लाही ४ का लागि आफ्नो प्रतिज्ञा पत्र (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com