
चितवन, ८ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फेसवुकमा गाली गरेको आरोपमा चितवनमा एक जना पक्राउ परेका छन् । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका होटल व्यवसायी सुवोध श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रचण्डलाई गाली गलौज गर्ने हिसावले प्रधानले स्टाटस लेखेको भन्ने उजुरीको आधारमा प्रधानलाई आइतबार पक्राउ गरिएको चितवनका प्रहरी प्रमुख एसपी सुशिलसिंह राठौरले बताए । प्रधानले अति नै गालीगलौज गरेर स्टाटसहरु लेख्ने गरेको गुनासो पहिल्यैबाट आउने गरेको एसपी राठौरले बताए । पक्राउ परेका प्रधानसँग आवश्यक सोधपुछ गर्न बाँकी नै रहेको जानकारी एसपी रौठारले दिए ।
अनुसन्धान हुँदै छ , आरोप पुष्टि भएमा मुद्दा दर्ता गरी कार्वाही प्रक्रियालाई अगाडि बढाउने एसपी रौठारले बताए । यस्तै एसपी राठौरले सामाजिक सञ्जालको दुरुपयोग नगर्न सबैमा आग्रह गरेका छन् । सामाजिक सञ्जालको दुरुपयोग गरे साइबर क्राइम अन्तर्गत मुद्दा चल्ने र त्यसो भएमा भविष्यमा समेत नकारात्मक असर पर्ने भन्दै उनले त्यसतर्फ सचेत रहन र दुरुपयोग भएको पाइए तुरुन्तै प्रहरीलाई खबर दिएर सहयोग गर्न समेत उनले सबैमा आग्रह गरेका छन् ।
प्रचण्डको बारे प्रधानले राखेको पोष्टको स्क्रिन सट कपी समेत उजुरीमा राखिएको छ । पक्राउ परेका प्रधान होटल सेन्ट्रल पाम र साराङ वाइल्डलाइफ रिसोर्टका प्रमुख एवं तरुण दलका पूर्वकेन्द्रीय सदस्य समेत हुन् ।



















प्रतिक्रिया दिनुहोस्