
दाङ, ८ पुस । तुलसीपुर ३ राम्रीमा विद्यार्थी बोकेको बस दुर्घटनाको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ ।
५ नम्बर प्रदेश प्रहरी कार्यालय तुलसीपुर एसएसपी नरबहादुर केसीको संयोजकत्वमा छानबिन समिति गठन गरिएको प्रदेश प्रहरी प्रमुख डिआईजी पिताम्बर अधिकारीले बताउनु भयो ।
समितिमा सदस्यहरुमा प्रदेश प्रहरी कार्यालय तुलसीपुरका प्रहरी उपरीक्षक गणेश चन्द, प्रहरी नायव उपरीक्षक पुष्पराज मल्ल, ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाही, जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक मदनबहादुर कुँवर छन ।
समितिले दुर्घटनाको कारण पत्ता लगाई प्रदेश प्रहरी कार्यालयलाई सुझाव दिने समितिका सदस्य डिएपी पुष्पराज मल्लले बताउनुभयो ।
दाङमा यस आर्थिक बर्षको पौष महिनाको पहिलो हप्ता सम्म १८९ वटा सवारी दुर्घटना भएका छन भने ६१ जनाको मृत्यु छन भने ४१६ जना सडक दुर्घटनाको कारण सडक र चालकको लापरवाहीका कारण हुने गरेको बताउनु भयो ।
त्यस्तै दुर्घटना रोक्न प्रदेश प्रहरीले गाडि चालकहरुलाई मोवाइल प्रयोग गर्ने नदिने ब्यवस्था गर्न लागेको समेत बताउनु भयो । तुलसीपुर–३ राम्रीमा शुक्रबार कृष्णसेन ईच्छुक स्मृति बहुप्राविधिक शिक्षालयका विद्यार्थी तथा शिक्षक चढेको नमस्ते राप्ती यातायात प्रालिको बा४ख ९७६६ नम्बरको बस दुर्घटना हुँदा २३ जनाको मृत्यु र १४ जना घाइते भएका थिए ।



















प्रतिक्रिया दिनुहोस्