दाङ, ७ पुस । दाङको राम्रीमा भएको बस दुर्घटनामा परि मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालयका अनुसार दाङका ६ जना, जुम्लाका ११ जना, जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुमपूर्बका १-१ जना रहेका छन् ।

दुर्घटनामा दाङका बस चालक घोराही उपमहानगरपालिका ३ का २६ वर्षिय मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८वर्षिय प्रदिप घिमिरे, सहचालक तुलसीपुर उपमहानगरपालिका१८ का २२ वर्षिय गणेश बिक, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षिय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षिय कबिता खत्री,दंगीशरण गाउँपालिका १ घर भएका २० वर्षिय सञ्जीत रत्गैयाँ रहेका छन् ।

त्यस्तै जुम्ला चन्दननाथ नगरपालिका ६ घर भएका १६ वर्षीय कुशुम रावल, जुम्ला चन्दननाथ नगरपालिका ३ घरभएका १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्का सुन्दरी गाउँपालिका ५ घर भएका २० वर्षिय विरेन्द्र कडारा , जुम्ला हिमा गाउँपालिका ५ घर भएका १७ वर्षिय शैलजा शाही, जुम्ला चन्दनथान १० का १८ वर्षीय रुपेश शाही, जुम्ला चन्दननाथ १४ का १७ वर्षीय रितेन्द्र शाही, जुम्ला चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय,जुम्ला तिला गाउँपालिका १ का जंगबहादुर बिक, जुम्ला चन्दननाथ ३ का १८ वर्षका अर्जुन शाही, जुम्ला चन्दननाथ १० का बिपना खत्री , जुम्ला तिला गाउँपालिका ३ का रमेश उपाध्याय रहेका छन् ।
त्यस्तै शिक्षक रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षिय नरेश वली , डोल्पा जग्दुला ७ निवासी १६ वर्षिय गजेन्द्र ऐरी, जाजरकोट भेरीगंगा नगरपालिका ४ घरभएका १७ वर्षिय आतिस नेपाली, कन्चनपुर कृष्णपुर नगरपालिका ५ घर भएका १७ वर्षीय खेमराज भट्ट, बझाङ जयपृथ्वी नगरपालिकाका १७ वर्षीय महेश जोशी, बाजुरा बुढिगंगा १० का लोकेन्द्र रावलको दुर्घटनामा परि मृत्युभएको हो ।

दुर्घटनाका परि १९ पुरुष र ४ महिलाको मृत्युभएको हो । जुम्लालगायत टाढाका जिल्लाको शव लिन शनिबार हेलिकप्टर तुलसीपुर आउने भएको छ । साथै घाइते १४ जनाको नेपालगंज मेडिकल कलेज र नर्सिङ होममा उपचार भईरहेको छ । राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर ३ राम्रीमा बस दुर्घटना हुँदा २३ जनाको मृत्यु भएको हो । २२ जना घटना स्थलमै र एकजना नेपालगन्ज उपचारको क्रममा निधन भएको हो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १७ गैरागाउँ स्थित शहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन बातबरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
बा ४ ख ९७६६ नम्बरको नमस्ते राप्ती यातायात प्रालिको बस रिर्जभ गरेर विद्यार्थी तथा शिक्षकहरु भ्रमणमा गएका थिए । दुर्घटना शुक्रबार करिब ५ बजेतिर दुर्घटनामा परेको हो ।




















प्रतिक्रिया दिनुहोस्