ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आयोजना प्रभावकारी बनाउन पर्यटनमन्त्री अधिकारीको निर्देशन


admin

काठमाडौं, ६ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालय अन्र्तगत सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिनुभएको छ ।

सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा आव २०७५-७६ को प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उहाँले आयोजनाको समयावधि तोकेर प्रभावकारी अनुगमन प्रणाली विकास नगरेसम्म परिणाममुखी नतिजा हासिल नहुने भन्दै जिम्मेवार ढङ्गले अघि बढ्न सम्बन्धित निकायका प्रमुखलाई आग्रह गर्नुभएको हो ।

मातहत निकायको कार्यप्रगति सन्तोषजनक नभएकोमा असन्तुष्टि व्यक्त गर्दै मन्त्री अधिकारीले भन्नुभयो, “‘भइहाल्छ, गरिहालिन्छनी’ भनेर अलमलिन्छौँ, परियोजनालगायत सबै काममा योजनाबद्ध कार्यतालिकाको अभावमा अलमलिएको पाएको छु, योजना बनाएर मात्र हुँदैन प्रभावकारी कार्यान्वयन र परिणाम आउनुपर्छ ।

” मन्त्रालय मातहतका राष्ट्रिय गौरबका पाँच आयोजनामध्ये भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल, पशुपति, लुम्बिनी विकास कोषको कार्य प्रगति सन्षोषजनक रहे पनि यसलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

पूँजीगत खर्चको लागि प्रभावकारी योजना र समन्वयकारी भूमिका जरुरी भएको उल्लेख गर्दै फरक प्रसङ्गमा मन्त्री अधिकारीले सन् २०२० को अन्त्यसम्म कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको १० प्रतिशत योगदान पु¥याउने लक्ष्यसाथ काम अघि बढाइएको छ भन्नुभयो ।

पञ्चवर्षीय योजनामा पर्यटनको योगदान १० प्रतिशत पु¥याउने निर्णय गरिसकेको र छिट्टै सञ्चालनमा आउन लागेको ‘टुरिजम स्याटेलाइट एकाउन्ट’ ले पर्यटकीय तथ्याङ्क, रोजगारी सिर्जना र विदेशी मुद्रा आर्जनको एकिन विवरण आउने भएकाले सो लक्ष्य भेट्न कठिनाइ नहुने उहाँको भनाइ थियो ।

अहिले सरकारी तथ्याङ्कअनुसार कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको २.६ प्रतिशत योगदान रहेको बताइन्छ तर पर्यटनसँग सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाले पर्यटन क्षेत्रको योगदान सात प्रतिशत रहेको विवरण सार्वजनिक गरेका छन् ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाएर २० लाख पर्यटक भित्र्याउने घोषणा गरेको छ । उक्त लक्ष्य पूरा हुन्छ कि हुँदैन भन्ने सरोकारवालाको जिज्ञासामा मन्त्री अधिकारीले निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा आउने र राष्ट्रिय ध्वाजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी विमान विभिन्न गन्तव्यमा लैजाने भएकाले २० लाख पर्यटक पुग्न समस्या नहुने जिकिर गर्नुभयो ।

राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले मन्त्रालयअन्तर्गतका आयोजनाको पूँजीगत खर्च कमजोर देखिएको भन्दै सञ्चालित कार्यक्रमलाई राम्रोसँग सम्पन्न गर्नुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो पर्यटक आवागमन सङ्ख्या सन्तोषजनक रहे पनि अबको दुई वर्षपछि २० लाख पर्यटक पु¥याउन चुनौतीपूर्ण रहेको छ भन्नुभयो । “ त्यसका लागि पर्यटकीय पूर्वाधार र प्रवद्र्धनका कार्यक्रम प्रभावकारी बनाइनुपर्छ,” उहाँले भन्नुभयो ।

पर्यटन मन्त्रालयका सहसचिव नीता पोखरेल अर्यालले मन्त्रालयअन्तर्गतका निकायका चालू आवको बजेट, कार्यक्रम तथा आयोजनाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।आव २०७५-७६ को प्रथम चौमासिक बजेटमध्ये पूँजीगततर्फ ९.१७ र वित्तीय ६९.६९ गरी जम्मा कूल खर्च ६९.११ प्रतिशत रहेको छ ।

मन्त्रालयको चालू आवको लागि रु २३ अर्ब ४० करोड ७४ लाख विनियोजन भएकोमा प्रथम चौमासिकका लागि रु छ अर्ब ३४ करोड ६७ लाख छुट्टयाइएको थियो । मन्त्रालयअन्तर्गत विकासका १५ र साधारणतर्फ १४ गरी २९ आयोजना सञ्चालनमा छन् ।

कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम, पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरे, नेपाल वायुसेवा विगमका अध्यक्ष मदन खरेल, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकाल, लुम्बिनी विकास कोषका कार्यकारी दिर्नेशक सरोज भट्टराई, पुरातत्व विभागका महानिर्देशक दामोदर गौतम र विभिन्न निकायका प्रमुखले संस्थाको कार्यप्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com