ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठेकेदारले काम अलपत्र छाडेपछि अख्तियारको चासो


admin
पुस ४, २०७५ बुधबार  २ : १३ बजे

लहान, ४ पुस । ठेकेदार कम्पनीले लामो समयदेखि सप्तरीको कुशाहा–बेल्ही सडकको काम अलपत्र छाडेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले चासो देखाएको छ ।

लामो समयदेखि सडक निर्माणलाई अलपत्र छाडेर बेपत्ता भएको र निर्माण भएका सडक र नालासमेत वर्षदिन नबित्दै भत्किन थालेको व्यापक जनगुनासोपछि आयोग इटहरीले पत्र काटेर सम्पूर्ण वितरण माग गरेको हो ।

आयोग इटहरीले गत २०७५ कात्तिक १५ मा जिल्ला प्राविधिक कार्यालय राजविराजको नाममा पत्र काटेर सडकको हालसम्मको अवस्था, सम्पन्न भएको र गर्न बाँकी रहेको कार्य, हालसम्म भुक्तानी भएको, निर्माण कार्य सम्पन्न नहुनुका कारण लगायतको विवरण माग गरेको छ ।

राष्ट्रि«य ग्रामीण यातायात सुदृढीकरण कार्यक्रमअन्तर्गत निर्माणाधीन उक्त सडकको स्तरोन्नतिको काम सम्पन्न गर्ने समयसीमा २०७३ साउन १० गते नै सकिए पनि ठेकेदार कम्पनी काम अलपत्र छाडेर सम्पर्कबिहीन भएपछि हाल करीब ५० प्रतिशत पनि काम हुन नसकेको स्थानीयवासीले बताएका छन् ।

कूल रु ११ करोड एक लाख ७९ हजार ५५२ को लागतमा सञ्चालित उक्त योजनाअन्तर्गत निर्माणाधीन उक्त सडकसँगै सडक छेउमै पानी बहावको लागि निर्माण गरिएको नालासमेत एक÷डेढ वर्ष नबित्दै भत्किन थालेको छ ।

तोकिएको समयसीमाभित्र सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन भने हालसम्म कालोपत्रे गरिएका सडकबाट ठाउँठाउँमा कालोपत्रे उप्किनुको साथै खाल्डाखुल्डी समेत देखिएको छ ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको मिलोमतोमा रु सात करोड ३५ लाख ९४ हजार ३४५ निकासा भएको जनाइएको छ ।

जिल्ला प्राविधिक कार्यालय सप्तरीले पप्पु मृतसञ्जीवनी जेभि खसीबजार काठमाडौँ नामक ठेक्केदार कम्पनीलाई सो निर्माण कार्यको जिम्मा दिएको हो । सम्झौताअनुसार सडक स्तरोन्नति योजनाअन्तर्गत सडक छेउमा वृक्षरोपण समेत गर्ने भनिए पनि त्यसमा पनि चरम लापरवाही भएको स्थानीयवासीले गुनासो गरेका छन् ।

बलानबिहुल गाउँपालिका–५ का वडाअध्यक्ष समेत रहनुभएका मो. हन्सुले भन्नुभयो, “एकातिर नालामा गुणस्तरहीन सामग्रीको प्रयोग भएको छ, भने अर्काेतिर नाला छोप्ने ढक्कन नलगाउँदा दुर्गन्धले समस्या भएको छ ।”
यस्तै कुशहादेखि बेल्हीस्थित भारतीय सीमावर्ती क्षेत्रसम्म करीब साढे १६ किलोमिटरसम्म निर्माण गरिने उक्त सडक निर्माणको काम समयमा पूरा नहुँदा सडकको विभिन्न ठाउँमा खाल्डाखुल्डी हुन थालेकाले सर्वसाधारण जोखिमपूर्ण यात्रा गर्न बाध्य भएको स्थानीयवासीको भनाइ छ ।

ठेकेदार कम्पनीले कमिसनका लागि अन्य साना ठेकेदारमार्फत काम गराउँदा समयमा सडक निर्माणको काम पूरा नभएको र भएका काम पनि गुणस्तरहीन भएको भन्दै स्थानीयवासीले सो निर्माण कार्यको छानबिन हुनुपर्ने माग गरेका छन् ।

यता प्रदेश सरकारअन्तर्गत सिरहामा स्थापना गरिएको जिल्ला पूर्वाधार विकास कार्यालयका प्रमुख राजकुमार गोइतले सडक निर्माणको ठेक्का लिएको ठेकेदार कम्पनीको बैंक ग्यारेन्टी रोक्का गराएपछि शुरुवात गर्ने छाटकाट देखाए पनि पुनः काम रोकेको बताउनुभयो । काम शुरुवात नगरे अब कडा रुपमा प्रस्तुत हुने गोइतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

गैरसरकारी संस्थाले नेपालको प्राथमिकताअनुसार काम गर्नुपर्छ : प्रधानमन्त्री

दुर्गा प्रसाईंलाई छाड्न सर्वोच्चको आदेश

उपचारका लागि पैसा पुग्यो, सहयोगका लागि धन्यवाद : साम्बा

बराहक्षेत्रलाई बाली–मालदिभ्स बनाउँछौं !’ इटहरी सभामा बालेनको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com