
काठमाडौं,२७ मङसिर । संञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले अष्टे«लियाका लागि नेपाली राजदुत लक्की शेर्पामाथि लागेका आरोप प्रमाणित भए कारवाही हुने बताउनुभएको छ ।
गत २४ गतेको मन्त्रीपरिषद् बैठकले गरेका निर्णय सार्वजनिक गर्न विहिबार संञ्चारमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बास्कोटाले राजदुत शेर्पा माथि लागेका आरोप र सार्वजनिक टिप्पणीप्रति सरकार जानकार रहेको भन्दै आरोपहरु प्रमाणित भए कारवाही हुने बताउनुभएको हो ।
उहाँले बाहिर आएका विषयमा सत्यता नभएको बारे सम्बन्धीत व्यक्तिबाट नै जानकारी लिनु राम्रो हुने भएकाले परराष्ट्रमन्त्रालयले राजदुत शेर्पालाई बोलाएको बताउनुभयो ।
फरक प्रसङ्गमा मन्त्री बास्कोटाले द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिबारे बहस गर्नु आवश्यक नभएको टिप्पणी गर्नुभयो ।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बास्कोटाले कुनै विचार, धर्म वा नयाँ परिस्थितिको विश्लेषण नभएकाले आँधीको रुपमा बुझ्नुपर्ने अवस्था नरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो “यो आँधी कहिलेकाँही १२ बजे मध्यान्हमा कुनै सानो ठाउमा यसो अलिकति भ्याकुम भो भने उठ्या तुफान जस्तो मात्रै हो ।
यो कुनै आँधी, सामुद्रिक आँधी, शक्तिशाली आँधी, १०-१२ हेक्टर स्केलको भुकम्पले पैदा गरेको सुनमी जस्तो होइन यो ।”द एसिया प्यासेफिक समिटमा सरकारको उपस्थितिलाई लिएर आलोचना हुदै आएको छ ।



















प्रतिक्रिया दिनुहोस्