
काठमाडौं,२७ मङसिर। कञ्चनपुरकी १३ वर्षीया बालीका निर्मला पन्त हत्याकाण्डको अनुसन्धानमा नक्कली अभियुक्त खडा गर्ने ३४ जना प्रहरीमाथि कारवाही हुने भएको छ ।
घटना अनुसन्धानमा लापरवाही गरेको, प्रमाण सुरक्षित राख्न नसकेको भन्दै प्रहरीमाथि कारवाही गर्न लागिएको हो ।
निर्मला हत्याकाण्डको अनुसन्धानमा प्रहरी अधिकारीकै कमजोरी पाइएपछि प्रहरी प्रधान कार्यालयले एआईजी बस्न्यातको नेतृत्वमा आन्तरिक छानविन समिति गठन गरेको थियो ।
त्यही समितिले झण्डै ३ महिना लामो गृहकार्यपछि एक–दुई दिनभित्रै आईजीपी सर्वेन्द्र खनाललाई अध्ययन प्रतिवेदन बुुझाउने तयारी गरेको छ ।प्रतिवेदनमा सबै प्रहरीको बयान समेटिएको छ ।
निर्मला हत्याकाण्डको अनुसन्धानमा जोडिएका कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्ट र इन्सपेक्टर जगदीश भट्ट बर्खासीमा परेका छन् भने अन्य ६ जना प्रहरी निलम्बनमा छन् ।
बस्न्यात नेतृत्वको टोलीले प्रतिवेदनमा एसपी विष्टदेखि निलम्बनमा परेका सबै र बाँकी कारबाहीको सिफारिसमा पर्न लागेका २६ जनाको भूमिकाबारे उल्लेख गरेको छ ।
तत्कालीन डिएसपी ज्ञानबहादुर सेठी, केन्द्रीय अनुसन्धान व्युरोका डिएसपी अंगुर जिसी, असई हरसिंह धामी, प्रहरी जवान चाँदनी साउद, इन्सपेक्टर एकेन्द्र खड्का निलम्बनमा छन् ।
गत साउन १० गते साथीको घरमा गएकी निर्मला साउन ११ गते उखुबारीमा बलात्कार गरी हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।



















प्रतिक्रिया दिनुहोस्