ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काँग्रेस केन्द्रिय समितिमा राजनीतिक प्रतिवेदन पेश गरियो


admin

काठमाडौं,२५ मङसिर । नेपाली काँग्रेसको केन्द्रिय कार्य समितिमा राजनीतिक प्रतिवेदन पेश गरिएको छ ।

नेपाली काँग्रेसको आगामी महासमिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन जारी केन्द्रिय कार्य समितिको मंगलबारको बेठकमा पेश गरिएको हो ।

पार्टीका उपसभापति विमलेन्द्र निधि नेतृत्वको समितिले देशभरका नेता, कार्यकर्ताको सुझाव लिएर तयार पारेको राजनीतिक प्रतिवेदन बैठकमा पेश गरिएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भयो ।

केन्द्रिय कार्य समितिमा पेश गरिएको राजनीतिक प्रतिवेदनमा संविधानको सफल कार्यान्वयनका लागि इमान्दार बन्न सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

त्यसैगरी राष्ट्रको समृद्धि र स्वाभिमानका लागि परिपक्व, जिम्मेवार र गम्भिर भूमिका निर्वाह गर्न पनि प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको अन्तरद्वन्द्वका कारण पनि सरकारले अपेक्षा अनुसार गति लिन नसकेको निष्कर्ष पनि प्रतिवेदनले निकालेको प्रवक्ता शर्माले बताउनु भयो ।

काँग्रेसको प्रस्तावित राजनीतिक प्रतिवेदनमा राम्रो काम गरे समर्थन र नराम्रो काम गरे सरकारको विरोध गर्ने नीति लिने पनि उल्लेख गरिएको छ ।

प्रवक्ता शर्माले राजनीतिक प्रतिवेदनले सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेकोमा स्वागत र सम्मान गर्दै त्यसको प्रभावकारी कार्यान्वयनका लागि रोजगार दाता र श्रमिकसँग व्यापक सहकार्य गर्न पनि सरकारलाई सुझाएको छ ।

काग्रेसले संविधान संशोधन गर्न पनि सरकारलाई दवाव दिएको छ । तराई मधेशमा देखिएको असन्तुष्टि सम्बोधन गर्न पनि सरकारले संविधान संशोधन गर्न ढिलाई गर्न नहुने काँग्रेसको राजनीतिक प्रतिवेदनमा उल्लेख गरिएको छ । काँग्रेस केन्द्रिय कार्य समितिको सोमबारको बैठकले आर्थिक प्रतिवेदन पारित गरेको थियो ।

आगामी शनिबारदेखि काठमाडौंमा आयोजना हुने महासमिति बैठकमा पेश गर्न काँग्रेसले विभिन्न प्रतिवेदनमाथिको छलफललाई तीव्रता दिएको हो । राजनीतिक प्रतिवेदनमाथिको छलफल भोली टुंग्याउने तयारी गरिएको छ ।

प्रवक्ता शर्माले अव बैठकमा सांगठनिक प्रतिवेदन पेश हुने जानकारी पनि दिनु भयो । मंसीर १३ गतेबाट जारी काँग्रेस केन्द्रिय कार्य समितिको बैठकमा विधान संशोधन मस्यौदामाथिको छलफल पनि भईसकेको छ । प्रवक्ता शर्माले महासमिति बैठकको तयारीको व्यवस्थापकीय कामलाई पनि अन्तिम चरणमा पु¥याइएको जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com