ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अझै प्रभावकारी हुन सकेको छैन परिवार नियोजन कार्यक्रम


admin

 

काठमाडौँ, ३ असोज ।  सरकारले परिवार नियोजनसम्बन्धी कार्यक्रम सञ्चालन गरेपनि अपेक्षाकृतरुपमा प्रभावकारी भएको पाइएको छैन । सरकारी तथ्यांकअनुसार १५ देखि १९ वर्ष उमेर समूहका जम्मा १९ प्रतिशत विवाहित किशोरीले मात्र परिवार नियोजनको साधन प्रयोग गर्ने गरेका छन् ।

विभिन्न जिल्ला, विकटमा रहेका स्वास्थ्य संस्थामा अहिले पनि सहजरुपमा परिवार नियोजनका साधन पाइँदैनन् । पर्याप्त साधन समयमै खरिद गर्न नसक्दा परिवार नियोजनका साधनको अभाव सधँै हँुदै आएको छ भने कार्यक्रमको प्रभावकारितामा समेत असर परेको छ ।

पन्ध्रदेखि ४९ वर्षसम्मका व्यक्तिले जुनसुकै परिवार नियोजनका साधन अपनाएको दर ५० प्रतिशत रहेको र आधुनिक मात्रै प्रयोग गर्नेको ४७ प्रतिशत रहेको छ । कम उमेरमा विवाह गर्ने किशोरकिशोरीले परिवार नियोजनका साधन कम प्रयोग गर्ने गरेको परिवार स्वास्थ्य महाशाखाको भनाइ छ ।

सन् २०१४ को मल्टिपल इन्डिकेटर क्लस्टर सर्वे (एमआइसीएस) को नतिजाअनुसार कम उमेरमा बिहे गरेका किशोरकिशोरीले परिवार नियोजनका साधनको प्रयोगदर निकै कम रहेको पाइएको छ ।
किशोरी अवस्थामा गर्भको कारणले हुने मातृ मृत्युदर २० वर्ष भन्दामाथिका महिलामा भन्दा दोब्बर हुने सम्भावना रहने महाशाखाको तथ्यांक छ ।

नेपालमा अझैपनि १७ जिल्लामा परिवार नियोजनको साधन प्रयोगदर ३० प्रतिशतभन्दा कम रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा १० देखि १८ वर्षसम्मका २५ प्रतिशत अर्थात् ६४ लाख किशोरकिशोरीमध्ये धेरैको १८ वर्षको उमेरमा पहिलोपल्ट शारीरिक सम्पर्क हुने भएपनि गर्भनिरोधक साधनको कम प्रयोग गर्ने गरेका छन् ।

परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा नरेशप्रताप केसीले सरकारले परिवार नियोजनसम्बन्धी पाँच वर्षीय कार्ययोजना ( २०१५—२०२०) मा सन् २०२० सम्ममा कुल प्रजनन दरलाई २.१ मा पु¥याउने र परिवार नियोजन सेवाको आधुनिक साधनको प्रयोग दर ५० प्रतिशतमा पु¥याउने लक्ष्य लिएको जानकारी दिनुभयो । अहिले प्रजनन दर २.३ रहेको छ ।

विभिन्न सर्वेक्षणअनुसार साधनको माग विशेषगरी किशोरी, प्रसूति, दुर्गम र गरिबमा बढी रहेको देखिएको छ । करिब २५ प्रतिशतले साधनको माग गरेको पाइएको भए पनि त्यसको परिपूर्ति गर्न सरकारले सकेको छैन ।

स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाद्वारा ‘चौथो राष्ट्रिय परिवार नियोजन दिवस’ को अवसरमा सोमबार आयोजित कार्यक्रममा स्वास्थ्य सचिव डा किरण रेग्मीले परिवार नियोजनका साधनको अभाव कम गर्न स्थानीय निकाय परिचालन भएपछि सहज हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वास्थ्यका केन्द्रीयस्तरका ठूला कार्यक्रम स्थानीय निकायमा जाँदा प्रभावकारी रुपमा सञ्चालन होला नहोला भन्ने शंका थियो, तर स्थानीय प्रतिनिधिसँगको पटकपटकको छलफलमा त्यो शंका हटेर गएको छ, अब पहिलेको भन्दा अझ प्रभावकारी रुपमा कार्यक्रम सञ्चालित हुन्छन् भन्ने विश्वास जागेको छ ।”

उहाँले परिवार नियोजनलाई तथ्यांकबाट मात्र विश्लेषण गर्न नहुने भन्दै यसले समाजका हरेक पक्षसँग जोडिएको उल्लेख गर्नुभयो । परिवार नियोजनले गुणस्तरीय परिवार, समाज, देश निर्माण गर्ने भएकाले यसको जनचेतना फैलाई समाजका अन्धविश्वास, असमानतालाई पनि सँगसँगै कम गर्नेतर्फ काम गर्नुपर्नेमा जोड दिनुभयो ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा राजेन्द्र पन्तले परिवार नियोजनका साधनको पहुँच हरेक वर्ग, समुदाय र जातिसम्म पु¥याउन नसकिएकाले यसतर्फ पनि पुनरावलोकन आवश्यक भएको बताउनुभयो । सरकारले परिवार नियोजनको महत्व र यसबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विसं २०७१ देखि असोज २ अर्थात सेप्टेम्बर १८ तारिखका दिन परिवार नियोजन दिवस मनाउने निर्णय गरेको थियो ।

कम उमेरमा बच्चा जन्माउनु आमा र बच्चा दुवैका लागि खतरनाक हो । तर त्यसबाट जोगिन कम उमेरमै बिहे गरेका किशोरीले अपनाउनुपर्ने परिवार नियोजनका साधनप्रति भने ध्यान दिएकै छैनन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com