ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ : मन्त्री बाँस्कोटा


admin
मंसिर २४, २०७५ सोमबार  ७ : २६ बजे

काठमाडौं,२४ मङसिर ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रतिफल आउने गरी काम गर्नेतर्फ सरकार लागि परेको बताउनुभएको छ ।

प्रेस काउन्सिल नेपालद्वारा यहाँ आज आयोजित ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले “जो कोही मान्छे आफ्नो ठाउँमा पुगेपछि मेरो बदनामी नै होस् भनेर कसैले पनि सोच्दैन, गर्दै जाँदा गल्ती पनि हुन्छन्, तर हामी कामको नतीजा आउनेतर्फ सचेत छौँ”, भन्नुभयो ।

सरकारले नौ महीनाको अवधिमा गरेका कामहरुलाई अंश अंशमा हेर्नेभन्दा पनि ठिक्कैमा प्रतिफल खोेजेर केही पनि काम भएन भन्नु दुर्भाग्य हुने सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री बाँस्कोटाको भनाइ छ ।

सरकार आलोचनाबाट डराउने होइन, तर अनुरोध यत्ति हो, वास्तविकता होस्, एक पक्षीय हुनु हुँदैन, मिडियाले आलोचनात्मक चेत राख्नुपर्छ, तर मिडिया आफैँ प्रतिपक्ष हुनुहुँदैन भन्ने मात्रै हो, प्रतिपक्ष त अर्कोको काम हो, मिडियाले त तथ्य पस्किनुपर्छ, त्यसको भागिदार सरकार हुने ठाउँमा सरकार वा अरु हुने ठाउँमा अरु हुन्छन्”, मन्त्री बाँस्कोटाले भन्नुभयो ।

सरकारले सञ्चारको क्षेत्रमा समानुपातिक विज्ञापन, पत्रकारको २५ प्रतिशत तलब वृद्धिलगायतका महत्वपूर्ण काम गरेपछि पत्रकार महासङ्घलगायतका सङ्घसंस्थाले नै कार्यान्वयन गर्ने विषयमा गम्भीर हुनुपर्ने उहाँको भनाइ छ । मन्त्री बाँस्कोटाले सरकार प्रेस स्वतन्त्रताप्रति पूर्ण प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री बाँस्कोटाले काउन्सिलले प्रदान गर्ने यो वर्षको ‘प्रेस काउन्सिल–सानीमा बैंक राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७५’ नयाँ पत्रिका दैनिक र अनलाइन डट कमका सम्पादकद्वय कृष्णज्वाला देवकोटा र अरुण बराललाई प्रदान गर्नुभयो । पुरस्कारको राशि जनही रु दुई लाख ५० हजार रहेको छ ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले काउन्सिलले पत्रकारको क्षमता विकास, योगदानको कदर गर्दै सुखदुःखको साथी रहेको बताउँदै पत्रकार आचारसंहिताप्रति सजग र सचेत भएमा पत्रकारमाथि हुने अवाच्छित आक्रमणलाई ८० प्रतिशत कम गर्न सकिने धारणा राख्नुभयो ।
सो अवसरमा सानीमा बैंकका अध्यक्ष विनयकुमार श्रेष्ठले पत्रकारको योगदानको कदर गर्न पुरस्कारको स्थापना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

आज देशका यी भेगमा वर्षा र हिमपातको सम्भावना

इंग्ल्यान्ड टी–२० विश्वकपको सेमिफाइनलमाः पाकिस्तान २ विकेटले पराजित

देउवा बिना सुदूरपश्चिम: कांग्रेसको ‘अजेय किल्ला’ ढल्ने खतरा ! देशभर कहाँ कहाँ असर पर्दैछ ?

निर्वाचन बिथोल्न सक्रिय १२ समूह, सुरक्षा निकायको निगरानी कडा

सुरक्षाका नाममा निषेधाज्ञा र कर्फ्यु लगाएर डर देखाउन खोजियो– एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com