
काठमाडौं,२३ मङसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविनकुमार घिमिरेले भ्रष्टाचार नियन्त्रणका लागि गम्भिर बन्न सरकारलाई आग्रह गर्नु भएको छ । प्रमुख आयुक्त घिमिरेले संक्रमणको नाममा भ्रष्टाचार गर्ने छुट कसैलाई पनि नदिइने पनि स्पष्ट पार्नु भयो ।
भ्रष्टाचारविरुद्धको अन्तराष्ट्रिय दिवसको अवसर पारेर आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भ्रष्टाचार हुन नदिन सरकार, नागरिक समाज र संचार माध्याम सबैको एकीकृत प्रयासको जरुरी रहेको पनि बताउनु भयो ।
प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचार नियन्यणका लागि आयोगले आफ्नो भूमिकालाई अझै प्रभावकारी बनाउने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो ।
प्रमुख आयुक्त घिमिरेले प्रदेश र स्थानीय तहलाई पनि भ्रष्टाचार हुन नदिन विशेष निगरानी राख्न सचेत गराउनु भयो । उहाँले भ्रष्टाचार गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने चेतावनी समेत दिनु भयो ।



















प्रतिक्रिया दिनुहोस्