ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको विकासका लागि सामाजिक संस्थाको भूमिका महत्वपूर्ण : नेता नेपाल


admin
मंसिर २२, २०७५ शनिबार  ८ : १५ बजे

भक्तपुर, २२ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

आज मध्यपुर ठिमीमा रहेको ठिमी जेसिजको ५० वर्षको अवसरमा आयोजित रजत समारोहमा उहाँले समाज र देशको विकासका लागि सामाजिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताउनु भएको हो ।

उहाँले जेसिजको लामो इतिहासमा नेतृत्व विकासका साथसाथै सामाजिक विकासमा ठूलो योगदान रहेको चर्चा गर्दै उहाँले सामाजिक संस्थाले खेल्ने सकारात्मक भूमिकाले देशलाई समृद्धिमा लैजान टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा उहाँले ल्याम्ह पुचः, मध्यपुर युथ एशोसिएशन, मध्यपुर पोष्टका पत्रकार रामकृष्ण शङ्खदेव, डा जीवनकुमार श्रेष्ठ, सहकारीविद् कैलाशभक्त प्रधानाङ्ग, संस्कृतकर्मी गणेशराम लाछी, जेसी विजय श्रेष्ठ, संस्थापक अध्यक्ष ओमप्रकाश श्रेष्ठसहित ठिमी जेसिजका वर्ष १०९३ देखि २०१७ सम्मका अध्यक्षहरुलाई दोसल्ला ओढाई सम्मानपत्र प्रदान गरी सम्मान गर्नुभयो ।

त्यसैगरी ठिमी जेसिजले प्रकाशन गरेको रजत वर्ष स्मारिका र सिक्का विमोचन गर्नुभएको थियो ।

प्रदेश नं ३ का सांसद डा राजेन्द्रमान श्रेष्ठले ठिमी जेसिजले मध्यपुर ठिमी क्षेत्रको सामाजिक विकासमा पु¥याएको योगदानको चर्चा गर्दै जेसिज सामाजिक विकासको अभियन्ताको रुपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

त्यस अवसरमा ३ नं प्रदेशका अर्का सांसद प्रतिमा श्रेष्ठले सामाजिक क्षेत्रको विकासमा जेसिजले अझै फराकिलो भएर अगाडि बढ्नुपर्ने औँल्याउनुभयो ।

मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुरथिमि नगरपालिका घोषणा हुनुअघिदेखि ठिमीको विकासमा सक्रिय रहँदै आएको ठिमी जेसिजसँग विकासको क्षेत्रमा नगरपालिका हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल जेसिज वर्ष २०१८ का राष्ट्रिय अध्यक्ष जेसीआई सिनेटर श्रीधर बस्याल, उपाध्यक्षद्वय रबिन पोखरेल, पदमविक्रम सिंह, ठिमी जेसिजका अध्यक्ष ओमकिशोर श्रेष्ठ, जेसी डिल्लीराम श्रेष्ठ, नवीन श्रेष्ठ लगायतले जेसिजले सामाजिक परिवर्तनको संवाहक बन्दै गरेको भूमिकाको चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

झापा-५ : ओलीको विरासत जोगाउने लडाइँ कि बालेनको उभार? ‘म्याच फिक्सिङ’ आरोपबीच पेचिलो बन्दै चुनाव

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com