
काठमाडौं, २२ मङसिर । नेपालकी शृङ्खला खतिवडा चीनमा भइरहेकाे मिस वर्ल्ड २०१८ को टप १२ मा परेकी छन् ।
मिसवर्ल्ड फाइनल चीनमा जारी छ । एसियाबाट श्रृखलासँगै न्यूजिल्याण्ड र थाइल्याण्डकी सुन्दरी परेकी छन् । भारत र चीनकी सुन्दरी भने टप १२ मा परिनन् ।मिस वर्ल्डमा उनले गुन्यु चोलो लगाएकी थिइन् ।
टप १२ मा परेपछि श्रृखलाले आफूलाई समर्थन गरेकोमा सबै नेपालीलाई धन्यवाद दिएकी छन् । मिस वर्ल्डको फाइनल मिस वर्ल्डको आधिकारिक युट्यूब च्यानलबाट प्रसारण भैरहेको छ ।



















प्रतिक्रिया दिनुहोस्