
काठमाडौं,२२ मङसिर । समयमै सचिवालय बैठक सुरु हुन नसकेको भन्दै चार शीर्ष नेताहरु बाहिरिएका छन । दिउँसो ३ बजे बस्ने भनिएको बैठक २० मिनेट ढिलो भएको भन्दै सचिवालयका सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र बामदेव गौतम बाहिरिएका हुन।
तर ,पनि नेकपा सचिवालय बैठक सुरु भएको छ। दुई अध्यक्ष केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल र रामबहादुर थापा सहितको बैठक बालुवाटारमा बसिररहेको छ।
क्यान्सरपीडितका तर्फबाट प्रधानमन्त्रीलाई भेट्न आएको एक समूहसँग दुई अध्यक्षले वार्ता गरिरहँदा उता बैठक बहिस्कार गर्दै उनीहरु निस्किएका थिए।



















प्रतिक्रिया दिनुहोस्