काठमाडौं,२० मङसिर । सरकारले विद्यालय तहको शिक्षामा चिनिया भाषा समावेश गर्ने निर्णय गरेको छ ।
शिक्षा,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विद्यालय तहको शिक्षामा चिनिया“ भाषा पठनपाठन गराउने निर्णय गरिएको जानकारी दिनु भएको हो ।
चीनमा अध्ययन गरेका नेपाली विद्यार्थीहरुले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाले नेपालको समृद्धिमा चिनिया“ सहयोग वृद्धि गर्न त्यहा अध्ययन गर्न गएका नेपाली विद्यार्थीहरु सक्षम हुने विश्वास व्यक्त गर्नुभयो ।
मन्त्री पोखरेलले नेपालको समृद्धिमा चीनको सहयोग अझै वृद्धि भएर जाने अपेक्षा गर्नुभयो । उहाले चीनमा उच्च शिक्षा हासिल गरेका नेपाली विद्यार्थीहरुलाई आफूले लिएका ज्ञानको सदुपयोग गरेर मुलुकको समृद्धिको अभियानमा योगदान दिन आह्वान गर्नुभयो ।
मन्त्री पोखरेलले राष्ट्रको आवश्यक्तालाई धान्ने गरी शैक्षिक जनशक्ति निर्माण गर्ने कार्यमा सरकार केन्द्रित रहेको दावी समेत गर्नुभयो । त्यस अवसरमा उहाले चीनलाई दुःखको बेला साथ दिने मित्र राष्ट्रको रुपमा चित्रण गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्