
काठमाडौं,२० मङसिर । अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पामाथि सरकारले अनुसन्धान थालेको छ । मानव तस्करीमा गम्भीर आरोप लागेकी राजदूत शेर्पामाथि परराष्ट्र मन्त्रालयले अनुसन्धान थालेको हो ।
आफ्नै सवारी चालकले मानवतस्करीमा संलग्न रहेको आरोप लगाएपछि शेर्पालाई राजदूतबाट फिर्ता बोलाउने तयारी भएको छ । परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले सरकारले राजदूतमाथि अनुसन्धान थालेको बताएका छन् ।
ज्ञवालीले भने, अहिले हामी अनुसन्धानमै छौं । राजदूतसँग सोधपुछ गर्ने तयारी गरेका छौं ।’छानबिनको निष्कर्ष आएपछि मात्रै यसबारे सरकार बोल्ने उनले बताएका छन।
यसबारेमा प्रमुख प्रतिपक्षी दलले सरकारसँग जवाफ मागेको छ । कांग्रेसले बुधबार विज्ञप्ति नै जारी गरेर राजदूत शेर्पाको सम्बन्धमा प्रकाशित समाचारबारे सरकारको धारणा माग गरेको हो।
नेपाली दूतावास अष्ट्रेलियामा चालकका रुपमा कार्यरत शेर्पाका सवारी चालक ओङ्छु शेर्पाबाटसमेत लक्कीले मोटो रकम असुलेर त्यहाँ लगेको खुलासा भएको थियो ।



















प्रतिक्रिया दिनुहोस्