
काठमाडौं,१९ मङ्सिर । सरकारले दक्षिण कोरियामा पनि विमान सेवा संचालन गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले सरकारले दक्षिण कोरियामा पनि नेपाल एयरलाइन्सको विमान संचालन गर्ने तयारी गरिरहेको जानकारी दिनु भएको हो ।
बुधबार नेपाल चेम्बर अफ कमर्सले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले नेपालमा बाह्य पर्यटकहरुको संख्या बढाउन सरकारले नेपाल एयरलाइन्सको विमान विभिन्न मुलुकमा संचालन गर्ने संकल्प लिएको पनि स्पष्ट पार्नु भयो ।
मन्त्री अधिकारीले नेपाल पर्यटकका लागि उपयुक्त गन्तव्य भएको उल्लेख सरकार त्यसको पूर्वाधार निर्माणको काममा जुटिरहेको दावी पनि गर्नु भयो । नेपालको पर्यटक क्षेत्रको विकासका लागि छिट्टै बुद्ध सर्किट स्थापना गर्ने मन्त्री अधिकारीको योजना छ ।
मन्त्री अधिकारीले मुलुकमा बढ्दो व्यापार घाटा कम गर्न सघाउ पु¥याउने गरी पर्यटन क्षेत्रको विकास गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो ।



















प्रतिक्रिया दिनुहोस्