
चितवन,१७ मङसिर । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले डिस्कोमा नाचेर अरुलाई डिस्टर्ब गर्न नपाइने बताएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत आयोजित अन्तरक्रिया कार्यक्रममा खनालले उक्त कुरा बताएका हुन ।
रातीको समयमा डिस्को सञ्चालन हुने गरेको भन्दै सामाजिक परिवेशअनुरुप व्यवसाय सञ्चालन गर्न उनले आग्रह गरेका छन ।
कार्यक्रममा उनले रातको समयमा डिस्को नाचेर डिस्टर्व गर्न नपाइने बताएका छन ।
पर्यटकीय क्षेत्रमा कार्यक्रमको प्रकृति हेरेर समय उपलब्ध गराउन सकिने भन्दै उनले अभद्र र अनैतिक गतिविधि सञ्चालन हुन नदिने समेत प्रष्ट पारेका छन ।
अभद्र, अशिष्ट र छाडा कामले नेपालकै इज्जतमा धक्का लाग्ने भएकाले देशको इज्जत उचो हुनेगरी पर्यटन व्यवसाय चलाउन’ खनालले पर्यटन व्यवसायीहरुलाई सुझाव दिएका छन ।
सौराहा देशकै पर्यटकीय केन्द्र भएकाले यसको सुरक्षाका लागि नेपाल प्रहरीले योजनावद्ध ढंगले काम गर्ने प्रतिबद्धता पनि खनालले उक्त अवसरमा जनाए ।
सौराहामा प्रहरी पेट्रोलिङका लागि खनालले ७ वटा मोटरसाइकल समेत उक्त अवसरमा हस्तान्तरण गरेका छन् ।



















प्रतिक्रिया दिनुहोस्