ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्री विश्वकर्मा भन्छन, खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य हुन्छ


admin
मंसिर १७, २०७५ सोमबार  १० : ४७ बजे

काठमाडौं,१७ मङसिर ।  युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले खेल सङ्घमा देखिएको विवाद चाँडै अन्त्य गर्ने बताउनुभएको छ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप) ले आइतबार आठौँ राष्ट्रिय खेलकूद र १३ औँ दक्षिण एशियाली खेलकूदको तयारी तथा १८ औँ एशियाली खेलकूदको समीक्षा गर्न आयोजना गरेको समीक्षा तथा अन्तक्र्रिया कार्यक्रममा उहाँले विगतका कमी कमजोरीबाट पाठ सिकेर त्यसलाई सच्याउँदै अगाडि बढ्नुपर्ने पर्ने बताउनुभयो ।

राखेपका उपाध्यक्ष पीताम्बर तिम्सिनाले खेलकूदको विकास चाहने सबैसँग मिलेर अगाडि बढ्ने बताउँदै खेलकूद सङ्घमा रहेको विवादको अन्त्य गर्न जरुरी छ भन्नुभयो ।

राखेपका सदस्य–सचिव केशवकुमार विष्टले दुई–दुई वर्षमा आयोजना गर्नुपर्ने बृहत् राष्ट्रिय खेलकूदको आठौँ संस्करण समयमै हुने बताउँदै पूर्वाधार निर्माण तीव्र गतिमा तयार हुँदै गरेकाले आठौँ राष्ट्रिय खेलकूद समयमा हुँदैन कि भन्नेमा आशङ्का नरहेको बताउनुभयो ।

सदस्य–सचिव विष्टले १३ औँ दक्षिण एशियाली खेलकूद गर्न नेपाल सक्षम छ भन्ने सन्देश दिने हिसाबले सागको तयारी अगाडि बढाइरहेको जानकारी दिनुभयो । खेलकूद मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले खेलाडीको प्रोत्साहन, स्तरीय तालिम र सामाजिक सुरक्षाका विषयमा अझ वृद्धि गर्ने विषयमा मन्त्रालयले ध्यान दिइरहेको बताउनुभयो ।

सो अवसरमा राखेप तालीम तथा प्रशिक्षण विभागका निर्देशक रिमबहादुर रानाभाटले १८ औँ एशियाली खेलकूदको समीक्षा प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने आठौँ राष्ट्रिय खेलकूद–२०७५ तयारी सचिवालयका प्रमुख इन्द्र कार्कीले आठौँ राष्ट्रिय खेलकूदको हालसम्मको तयारीबारे प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

टिकट खोसिएपछि संविधान संशोधनको बहस: योगेशकुमार भट्टराईको ‘कम्ब्याक’ रणनीति?

‘केरल’ अब ‘केरलम’ : भाषिक पहिचानलाई संवैधानिक मान्यता

शुल्क तिर्न नसक्ने विपन्नको पक्षमा सर्वोच्चको ऐतिहासिक आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com