ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने


एबीसी न्यूज
मंसिर १७, २०७५ सोमबार  ६ : ५१ बजे

ब्युनस आयर्स, अर्जेन्टिना, १७ मङ्सिर ।भारतले आफ्नो ७५ औँ स्वतन्त्रता दिवसका अवसरमा सन् २०२२ को जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीले बताउनुभएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले अर्जेन्टिनामा भएको घोषणा जी–ट्वान्टी शिखर सम्मेलनको तेस्रो दिनको समापन समारोहमा घोषणा गर्नुभएको हो । खासगरी उक्त सम्मेलनका लागि भारतको पालो सन् २०२१ मा पर्ने भएपनि एक बर्षपछि आफ्नो ७५औँ स्वतन्त्रता दिवस परेकोले उक्त निर्णय लिएको हो ।
भारतको पालोमा इटालीले सम्मेलन गर्न सहमति जनाएको भन्दै प्रधानमन्त्री नरेन्द्र मोदीले इटालीप्रति कृतज्ञता जनाउनु भएको छ ।

प्रधानमन्त्री मोदीले आफ्नो ट्वीटर एकाउन्टमा उल्लेख गर्नुभएको छ, “सन् २०२२ मा भारतको ७५ औँ स्वतन्त्रता दिवस परेकोले इटालीलाई सन् २०२२ को सट्टा सन् २०२१ मा जी–ट्वान्टी सम्मेलनको आयोजना गर्न अनुरोध गरिएको र इटाली लगायत सदस्य राष्ट्रहरूले भारतको आग्रहलाई स्वीकार गरेका छन् । यसका लागि भारत आभार प्रकट गर्दै सबै विश्व नेतालाई सन् २०२२ मा भारत आउन निमन्त्रणा दिन चाहन्छु ।”

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रभिस कुमारले पनि ट्वीटरमार्फत भारतले सन् २०२२ मा जी–ट्वान्टी शिखर सम्मेलनको आयोजना गर्ने भएको पुष्टि गर्नुभयो ।

जी–ट्वान्टी सम्मेलन विश्वका उदाउँदा अर्थतन्त्रलाई एक ठाउँमा जम्मा गर्ने अन्तर्राष्ट्रिय फोरम हो । जी–ट्वान्टीका सदस्य राष्ट्रहरूसँग विश्वको ८५ प्रतिशत अर्थतन्त्र रहेको छ भने विश्वको दुई तिहाइ जनसङ्ख्या रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

क्रान्तिको आधारभूमिलाई अब विकासको नमूना बनाउँछौँ : प्रचण्ड

निर्वाचनमा खटिएको सेना सवार बस दुर्घटना हुँदा २४ जना घाइते

सम्बन्धित

तारिक रहमान बने बंगलादेशका ११औं प्रधानमन्त्री, राष्ट्रपतिबाट लिए सपथ

बंगलादेशमा तरिक रहमान बने नयाँ प्रधानमन्त्री

राजस्थानको एउटा केमिकल कारखानामा आगलागी, ७ जनाको मृत्यु

ओपनएआईले फेसबुकले गरेका गल्तीहरू दोहोर्‍याउँदैछ

बंगलादेशका भावी प्रधानमन्त्री रहमानको शपथमा नेपाल र भारतसहित १३ देशलाई बोलाइयो

विश्वको सबैभन्दा ठूलो युद्धपोत मध्यपूर्वमा तैनाथ गर्न ट्रम्पको आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com