ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरासँग उत्तरकोरियाली राजदूत किमको भेट,के भयो कुराकानी ?


admin
मंसिर १०, २०७५ सोमबार  ५ : २२ बजे


काठमाडौं,१० मङ्सिर । सभामुख कृष्णबहादुर महरासँग नेपालस्थित उत्तरकोरियाली राजदूत किम योङ हाकले बिदाई भेट गर्नुभएको छ ।

आफ्नो ४ वर्षे कार्यकाल पूरा गरी उत्तरकोरिया फर्किन थाल्नुभएका राजदूत हाकले आज (सोमबार) सभामुखको कार्यकक्ष सिंहदरबारमा बिदाई भेट गर्नुभएको हो ।
भेटमा दुई देशबीचको सम्बन्ध, नेपाल बसाइको क्रममा भएका उपलब्धि, आफ्नो आपसी सहयोग, सहकार्य र संसदीय मैत्री समूह गठनलगायतका विषयमा छलफल भएको थियो ।

सो अवसरमा सभामुख महराले नेपालको चार वर्षे कार्यकाल सफल रुपमा बिताएकोमा राजदूत हाकको प्रशंसा गर्नुभएको थियो । कोरियाली प्रायद्वीपमा पछिल्लो चरण भएको शान्तिपूर्ण कदमको प्रशंसा गर्नुहुँदै सभामुख महराले विश्वशान्तिका लागि उक्त परिघटना ठूलो भएको बताउनुभयो ।

सभामुख महराले नेपाल–कोरिया संसदीय मैत्री समूह छिट्टै गठन गर्ने बताउनुहुँदै मैत्री समूह गठनले दुई देशको सम्बन्ध बिस्तारका थप योगदान हुनुका साथै एक–अर्काको अनुभव आदानप्रदानमा पनि महत्वपूर्ण भूमिका हुने विश्वास व्यक्त गर्नुभयो ।

भेटका क्रममा राजदूत हाकले आफू नेपालमा ४ वर्ष ९ महिना पूर्णतः सफलतापूर्वक बिताएको बताउँदै आफ्नो कार्यकाल सफल बनाउन सहयोग गरेकोमा सभामुखसहित सबै नेपालीलाई धन्यवाद व्यक्त गर्नुभयो ।
‘

मैले यहाँ ४ वर्ष ९ महिना बिताएँ, राजदूत हाकले सभामुख महरालाई उत्तरकोरिया आउन आग्रह गर्दै भन्नुभयो, ‘म सन्तुष्ट भएर फर्किदैछु, अर्को भेटमा तपाईंलाई म कोरियामा स्वागत गर्न पाउँछु भन्ने आशा लिएको छु ।’

उत्तरकोरियाले कोरिया–नेपाल संसदीय मैत्री समूह गठन गरिसकेको जानकारी गराउनुहुँदै नेपालले पनि छिट्टै संसदीय मैत्री गठन गर्ने आशा व्यक्त गर्नुभयो ।

राजदूत हाकले कोरियाले सो अवसरमा सभामुख महराले नेपाल र अमेरिकाबीचको सम्बन्ध पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्य निरन्तर भइरहनेमा विश्वास व्यक्त गर्नुभयो ।

भेटवार्तामा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगी, संघीय सचिवालयका सचिव डा. भरतराज गौतमलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कांग्रेस र एमाले हिजोका सहयात्री हुन्, देश जलाउनेविरुद्ध सहकार्यका लागि संवाद गर्छौँः प्रचण्ड

फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिएसम्म सवारीसाधन चलाउन नपाइने

गण्डकी, बागमती र कोशी प्रदेशका केही ठाउँमा हल्का वर्षा र हिमपात

बैतडीमा एमाले–रास्वपा कार्यकर्ताबीच झडप, एमालेका दुई कार्यकर्ता घाइते

लुटिएका हतियार र सामाजिक सञ्जालको दुरुपयोग निर्वाचनमा मुख्य ‘थ्रेट’

अमेरिकी राष्ट्रपतिले कति झुठो वक्तव्वाजी गर्छन् ? टाइम्स रिपोर्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com