ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निगमको वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने


admin

 काठमाडौं,१०मङसिर । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा पाइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ ।
जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले तालुकदार मन्त्रालय र निगम पदाधिकारीसँग छलफल गरिसकेको छ ।

महालेखा परीक्षकको ५५ वार्षिक प्रतिवेदनले जहाज खरीद प्रक्रियामा त्रुटी औंल्याएपछि पछिल्लो समय यो विषय सडकदेखि संसदीय समितिमा पुगेको छ । जहाज खरीद प्रक्रियामा कुनै खोट नभएको निगमका अधिकारीले स्पष्टीकरण दिएका छन् ।

झण्डै एक महीनादेखि सञ्चार माध्यमले निगमको जहाजबारे विभिन्न समाचार सम्प्रेषण गर्दै आएका छन् । निगमले हालै श्वेतपत्र जारी गरी उच्च वित्तीय जोखिममा परेको जनाएको थियो ।

निगमको कूल कर्जा रु ३९ अर्ब ३८ करोड र सम्पत्ति करीब रु ५० अर्ब रहेको छ । निगमले जहाज खरीद गरेबापत रु एक अर्ब १३ करोड त्रैमासिकरुपमा ब्याज तिर्दै आएको छ ।

जहाज खरीद प्रक्रियामा अनियमतताको आशङ्का, व्यावसायिक योजनाको अभाव, जहाज ‘ग्राउण्डेड’ गरेको आदि विषयमा निगमको चर्को आलोचना भइरहेको छ । यता दुई वाइड बडी ए ३३०–२०० जहाजको नयाँ गन्तव्य विस्तार तथा प्रभावकारी बजारीकरणका लागि योजनाबद्ध कार्यक्रम बनाइएको निगमका पदाधिकारीले जनाएका छन् ।

वाइड बडी जहाजलाई जापान चीनका साथै केही महीनाको अन्तरालमा दक्षिण कोरियाको सियोल र साउदी अरबको रियादमा उडान भर्ने तयारी गरेको हो । निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आगामी फेब्रुअरीसम्म जापानको ओसाका र मार्च महीनामा चीनको ग्वाञ्झाओ उडाउने गरी आवश्यक प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो ।

वाइड बडी जहाजलाई चीन जापानलगायत गन्तव्यमा उडान भर्न निगमले धमाधम तयारी गरिहरेको छ । निगमका अध्यक्ष खरेलका अनुसार वाइड बडी जहाजले फेब्रुअरीको पहिलो सातादेखि ओसाका सातामा तीन उडान गरिनेछ भने त्यसको एक महीनापछि ग्वाञ्झाओमा पनि सातामा तीन उडान भर्ने तयारी छ । जापान उडानका लागि १५ दिनभित्र कर्मचारीको व्यवस्था गरिनेछ ।

व्यावसायिक हिसाबले जापानको राजधानी टोकियो नजिकको नारिता अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थलमा आगामी छ महीनाभित्र वाइड बडी उडाउने निगमले जनाएको छ । जापानलगायत लामो गन्तव्यमा दैनिक १५ देखि १६ घण्टा वाइड बडी उडाउने तयारी गरिरहेको निगमका अध्यक्ष खरेलको भनाइ छ ।

बजारमा जे जस्तो हल्ला आएपनि निगमको आर्थिक अवस्था सन्तोषजनक रहेको दाबी गर्दै उहाँले पहिला रु २५ अर्बको व्यापार गर्दै आएको निगमलाई दुई वाइड बडी जहाज खरीदपछि थप रु २५ अर्ब व्यापार थपिएकाले आर्थिक असन्तुलन देखिएको बताउनुभयो ।

“वाइड बडी नयाँ गन्तव्यमा चलाउन नसक्दा आर्थिक समस्या परेको हो । नयाँ गन्तव्य जाने प्रक्रियामा रहेकाले छ महीनाभित्र निगम सुधारको अवस्थामा आउनेमा हामी विश्वस्त छौँ । अहिले नै आत्तिनुपर्ने अवस्था छैन,” उहाँले भन्नुभयो ।

निगम सञ्चालक समितिका सदस्यसमेत रहनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वाइड बडी जहाजले लामो गन्तव्यमा उडानका लागि व्यावसायिक योजनाका साथ अघि बढेको उल्लेख गर्नुभयो ।

उहाँले हाल भारतको नयाँदिल्ली, कतारको दोहा, थाइल्याण्डको बैंकक र हङ्कङ उडान भर्दै आएको वाइड बडी जहाजले छिट्टै जापान, चीन, दक्षिण कोरिया, रियादलगायत गन्तव्यमा उडान भर्ने र क्रमशः युरोप गन्तव्यमा पु¥याइने बताउनुभयो ।

सचिव देवकोटाका अनुसार वाइड बडीले हालका गन्तव्यमा छदेखि आठ घण्टा उडान गरिरहेका छन् । सातामा क्रमशः हङकङ र बैंककमा तीन दिन, चार दिन र दिल्लीमा दुई दिन उडान हुँदै आएको छ । यात्रुको चाप हेरेर धेरै यात्रु भए वाइड बडी र कम भएमा न्यारो बडी जहाजबाट उडान गरिँदै आएको सचिव देवकोटाले जानकरी दिनुभयो ।

निगमले सन् २०१४ देखि न्यारो बडी जहाजबाट अन्तर्राष्ट्रिय गन्तव्यमा उडान भर्दै आएको छ । न्यारो बडी औसत दैनिक १४ घण्टा उड्छ । नयाँ दिल्लीमा दैनिक दुई, बैंग्लोरमा सातामा तीन, मुम्बईमा तीन र मलेशियामा सातामा चार उडान हुँदै आएको छ ।

सचिव देवकोटाले अहिलेसम्मको योजनाअनुसार जापान र चीनमा उडान भर्न सके वाइड बडीबाट १२ घण्टा र पछि रियाद र दक्षिण कोरियाको सिओल जान सकिए बढीमा १६ घण्टासम्म उडान गर्न सकिने बताउनुभयो । अहिले वाइड बडीको अकुपेन्सी ७० र न्यारो बडीको ८५ प्रतिशतभन्दा बढी रहेको छ ।

निगमसँग अन्तर्राष्ट्रिय उडानलाई दुई थान वाइड बडी ए ३३० जहाज, दुई वटा न्यारो वडी ‘ए’ ३२० जहाज र एक वटा बोइङ जहाज रहेका छन् । आन्तरिक उडानका लागि तीन वटा टुइनटर, दुई वटा एमए–६०, चार वटा वाई–१२ इ विमान छन् । निगमले अन्तर्राष्ट्रियतर्फ आठ र आन्तरिकतर्फ २२ गन्तव्यमा उडान भर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com