
लुम्बिनी ६ मंसीर । राज्यले महामानव बुद्धजन्म थलो लुम्बिनीलाई स्मार्टसिटीको रुपमा अवधारणा अघि सारेको बेला पूर्व अर्थ तथा परराष्ट्रमन्त्री प्रकाशचन्द लोहनीले रुपन्देही,कपिलबस्तु , र परासी समेटेर अन्र्तराष्ट्रिय शान्ति शहर बनाउनु पर्ने बताएका छन ।
सो कुरा उनले राजकीय बौद्धबिहार लुम्बिनीको आयोजनामा भिक्षु सागरधम्मको बर्षाबास पछि कठिनदान समारोहलाई सम्बोद्धन गर्दै बताएका हुन ।

उनले बुद्धजन्म स्थल लुम्बिनीमा सँसार भरिका आधा जति जनसँख्या शान्तिको खोज गर्न लुम्बिनी आईरहेको कुरा लाई मध्य नजर राखी स्मार्टसिटी ब्यापारिक कन्द्र बनाउनु भन्दा अन्र्तराष्ट्रिय शान्तिशहरको रुपमा बिकास गर्नुपर्ने सुझाव स्वरुप भने ।
पूर्वमन्त्री लोहनीले लुम्बिनी नेपालको मात्र नभई संसार भरिका शान्तिपक्षधर मानिसहरुको साझा सम्पत्ती भएको हुदा संयुक्तराष्ट्र सँग परामर्श गरि निर्माणकार्य अगाडी बढाउनु पर्ने बताए ।
कार्यक्रममा अखिल नेपाल बौद्धभिक्षु महासंघ महासचिव भिक्षु कौडिन्यले २१ औं शताब्दी प्राबिधिक युगमा पनि बुद्ध उपदेश गृहण गर्न लुम्बिनी आउने तीर्थालुहरुको ईच्छा आकांक्षा लाई समेटेर लुम्बिनीलाई बिश्वकै आध्यात्मिक केन्द्रको रुपमा बिकास गर्न जरुरी भएको स्पष्ट पारे ।
कठिनदान समारोहमा लुम्बिनी बिकास कोष उपाध्यक्ष भिक्षु मेत्तेईय, लुम्बिनी धर्मोदय सभाका अध्यक्ष पदमज्योति साक्य , राष्ट्रियसभा सदस्य दुर्गा प्रसाद उपाध्याय,बिधायक फकरुद्दीन मुसलमान लगायतले मनतव्य व्यक्त गरेका थिए ।
कठिनदान पूव अखण्ड शान्तिद्वीप देखि गजराज सजाई भिक्षुभिक्षुणी नागरिक अनागरिका ,उपासक तथा उपासिकाहरुको र्यालीले बाजागाजा सहित मायादेबी मन्दिर सम्म शान्ति पदयात्रा समेत निकालिएको थियो ।



















प्रतिक्रिया दिनुहोस्